सकियो मोर्डन एराको अभिभावक दिवस, चार विद्यार्थी भए ‘मोर्डन एरा लिटल च्याम्स’

 न्यूज विराट
सकियो मोर्डन एराको अभिभावक दिवस, चार विद्यार्थी भए ‘मोर्डन एरा लिटल च्याम्स’

विराटनगर । विराटनगर – ३ आयल निगम पुर्व रहेको मोर्डन ऐरा स्कुलले भव्य कार्यक्रम आयोजना गरी अभिभावक दिवस मनाएको छ । स्कुल परिसरमा दुई दिनसम्म विभिन्न कार्यक्रम आयोजना गरी अभिभावक दिवस मनाएको हो ।

स्कुलले शनिबार र आइतबार दिनभरी विभिन्न कार्यक्रम गरी अभिभावक दिवस मनाएको थियो । आइतबार अभिभावक दिवस सम्पन्न भयो ।अभिभावक दिवसको समापन कार्यक्रममा बोल्दै स्कुलका प्रिन्सिपल ईन्द्र राईले सिप, संस्कारसहितको गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले मोर्डन एराबाट उत्पादन भएको विद्यार्थीहरु राष्ट्रको विभिन्न ओदामा पुग्न सफल भएको बताए । उनले गुणस्तरीय शिक्षा प्रदान गर्न स्कुलले कुनै पनि सम्झौता नगरेको बताए । सिप, संस्कारसहितको गुणस्तरीय शिक्षा प्रदान गर्न कठिबद्ध भएर लागि परेको बताए । गुणस्तरीय शिक्षा प्रदान गरेको कारणले विद्यालयमा अभिभावक र विद्यार्थीको आकर्षण पनि बढेको उनले सुनाए । प्रिन्सिपल राईका अनुसार हाल कक्षा १२ सम्म मोर्डन ऐरामा १ हजार ३ सय ११ जना विद्यार्थी अध्ययरत रहेको जानकारी गराए ।

कार्यक्रममा बोल्दै स्कुलका प्रिन्सिपल ईन्द्र राई


मोर्डन ऐरा स्कुलले अभिभावक दिवसमा दिुई दिनसम्म कार्यक्रम गरी मनाएको हो । शनिबार पहिलो दिन पिजिदेखि कक्षा २ सम्म अध्ययरत विद्यार्थीहरूले नृत्य, गायन, स्पिजलगायतका प्रतिभा देखाए । आइतबार ३ देखि कक्षा १२ सम्म अध्ययरत विद्यार्थीहरूले आ–आफ्नो प्रतिभा प्रस्तुत गरी दिनभरी रमाइलो गरे ।

हिमानी, युनिका, प्रजिना र भुमिका भइन् मोर्डन एरा लिटल च्याम्स

आयोजना गरेको ‘मोर्डन एरा लिटल च्याम्स’ चार जना विद्यार्थी च्याम्पियन भएका छन् । अभिभाव दिवसको अवसर पारेर आयोजना गरीएको उक्त प्रतियोगिता अन्र्तगत गायन विद्या तर्फको मोर्डन एरा लिटल च्याम्स हिमानी घिमिरे, नृत्य जुनियरतर्फमा युनिका घिमिरे, सिनियर तर्फ प्रजिना राई र मोडलिङ तर्फ भुमिका थापा मगर घोषित भएकी हुन् ।
यस्तै मोडलिङ तर्फ रक्षा ओझा फस्ट रनरअप र निर्जला आचार्य सेकेन्ड रनरअप भइन् । विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्नका लागी मोर्डन एरा लिटल च्याम्सको आयोजना गरेको हो ।

मोर्डन एरा लिटल च्याम्स स्कुलमा अध्ययनरत ५४३ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । पहिलो शृङखलामा २०२ विद्यार्थीहरु छनोट भएका थिए । कार्यक्रम पहिलो, दोस्रो, तेस्रो र फाइनल गरि चार चरणमा सम्पन्न गरिएको हो । फाइनलमा ३० जना विद्यार्थी पुगेका थिए ।

विद्यार्थीहरुलाइ विभिन्न क्षेत्रमा अग्रसर गराउन साथै उनिहरुका प्रतिभा प्रस्फुटन गराउनका लागि मोर्डन एराले यस्ताखाले कार्यक्रमको आयोजना गर्दै आइरहेको प्रिन्सिपल इन्द्र राइले बताए । मोर्डन एरा लिटल च्याम्सले मोर्डन एरा विद्यालयका विद्यार्थीहरुलाइ हरेक क्षेत्रमा अव्बल रहन सहयोग गर्ने समेत राइले बताए । गुणस्तरिय शिक्षा संगै अतिरिक्त क्रियाकलापहरुमा प्राइभेट विद्यालयहरु संधै अगाडी रहेको र मोर्डन एरा विद्यालयले प्रदेश १ को शिक्षाका क्षेत्रमा महत्वपुर्ण भुमिका निर्वाह गरेको उनले बताए ।

सम्बन्धित समाचार

कोशी प्रदेश टी– १० क्रिकेट : तीन खेलमा एनबीएससीको दुई जित, एक हार

विराटनगर । प्रथम कोशी प्रदेश दिवा रात्रीकालीन टी–१० क्रिकेट प्रतियोगितामा एनबीएससी लायन्स क्रिकेट क्लबले तीन खेलमा लगातार दुई जित हात पारेको छ । विराटनगर – ६ स्थित एमबिजे क्रिकेट मैदानमा बुधबार भएको पहिलो खेलमा पूर्वाञ्चल...

हातेमालोको सहयोगमा ५ वर्षिया बालिकाको ‘डिस्चार्ज’

विराटनगर, फागुन ३०–विभिन्न सामाजिक क्षेत्रमा निरन्तर काम गर्दै आइरहेको परिवर्तनका लागि हातेमालो विराटनगरले आफ्नै शरिरमा लगाएको लुगाबाट सल्किएको आलो लागेर घाईते ५ वर्षिया दलित बालिकाको उपचारमा सहयोग गरेको छ । हातेमालोले शरिरमा आगो लागेर घाइते...

बरिष्ठ न्यूरोलोजिष्ट डाक्टर बिरेन्द्र कुमार विष्ट सम्मानित

विराटनगर । विराटनगरस्थित न्युरो अस्पतालका अध्यक्ष तथा बरिष्ठ न्युरोलोजिष्ट डा. बिरेन्द्र कुमार बिष्ट सम्मानित भएका छन् । नेपाल स्नायु विज्ञान प्रतिष्ठान ( एनएएन) आयोजनामा अन्र्तराष्ट्रिय सम्मेलनमा डा. विष्टलाई न्युरोलोजीको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनलाई...

चौरजहारी घटनाको छानबिन गर्न सहसचिवको नेतृत्वमा पाँच सदस्यीय समिति

काठमाडौं, १३ जेठ-सरकारले चौरजहारी घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति बनाएको छ । रूकुम पश्चिमको चौरजहारी नगरपालिका-८ मा गत शनिबार भएको घटनामाथि छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको गृहमन्त्री रामबहादुर थापाले बताएका हुन् ।...

आगामी एपिसोडदेखि ‘मुन्द्रेको कमेडी क्लब’ बन्द हुदै

काठमाडौं, १६ कात्तिक । कलाकार जितु नेपालले निर्माण निर्देशन र सञ्चालन गर्दै आएको हाँस्य रियालिटी सो ‘मुन्द्रेको कमेडी क्लब’ बन्द हुने भएको छ । आगामी साताको एपिसोडसँगै उक्त सो बन्द हुन लागेको हो । कार्यक्रममा...

नेपाल मेडिकल कलेज तोडफोड प्रकरण : छानविन गरी दोषीलाई कारवाही गर्न प्राइभेट मेडिकल कलेजको माग

विराटनगर । नेपाल मेडिकल कलेज अत्तरखेल जोरपाटीमा अस्पताल तोडफोड गर्ने र चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई गालीगलौज गरि अभद्र व्यवहार गरिएको घटनाको निन्दा गर्दै प्रशासनले घटनाको अनुसन्धान गरी दाषीलाई कारवाही गर्न एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल...

भ्याक्सिन सम्झौता प्रकरण : सरकारले सहमति नदिए रद्द हुन्छ

काठमाडौं, १४ असोज-रूस र नेपालबीच कोरोना भाइरसविरुद्धको  भ्याक्सिन ल्याउने सहमति भएको समाचार  मंगलबार राति सार्वजनिक भयो । रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड र नेपाली औषधि उत्पादक कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सबीच स्पुतनिक–५ भ्याक्सिनको २ करोड ५० लाख डोज...

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं, ३० वैशाख-सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । २ जेठमा संसदमा पेश हुने नीति तथा कार्यक्रमबारे छलफल गर्न मन्त्रिपरिषदको बैठक सुरू भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको बैठकमा नीति...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्