एसबीएससी चित्रकला प्रतियोगिताको उपाधि पोलस्टार र माउण्ड मकालु स्कुललाई
आइतबार, ०७ फागुन, २०७९,
न्यूज विराट
विराटनगर । मोरङ जिल्ला स्तरीय एसबीएससी चित्रकला प्रतियोगिताको उपाधि विराटनगरको पोलस्टार स्कुल र रंगेलीको माउण्ट मकालु सेकेण्डरी स्कुलले जितेको छ । संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था मारङको आयोजनामा प्रजातन्त्र दिवसको अवसर पारेर आइतबार विराटनगरमा आयोजना गरिएको प्रतियोगितामा जुनियरतर्फ पोलस्टार स्कुलका रिदम दाहाल र सिनियरतर्फ माउण्ट मकालु स्कुलका चञ्चल मण्डलले चित्रकाला प्रतियोगिताको उपाधि जितेको हो । यस्तै कक्षा १ देखि पाँच कक्षासम्म अध्ययरत जुनियर विद्यार्थीहरुबिच आयोजना गरिएको प्रतियोगिताको द्धितीय विराटनगरको डिपिएस स्कुलका क्रिति राय, तृतीय उर्लाबारीको नेपाल आर्दश स्कुलका सुमन तामाङ्ग र सान्तवना विराटनगरको बुढानिलकण्ड स्कुलका रोनिशा दास भइन् । यसैगरी कक्षा ६ देखि १० कक्षासम्मको सिनियर विद्यार्थीहरुबीच भएको प्रतियोगिताको द्धितीय विराटनगरको बुढानिलकण्ड स्कुलकी वर्षा शर्मा, तृतीय विराटनगरको ग्रेडेड स्कुलका कृतिका यादव र सान्तवना विराटनगरकै मदरल्याण्ड एकाडेमीका निशान्त साह भए ।
प्रथम, द्धितीय, तृतीय सान्तवना हुने विद्यार्थीहरुले क्रमश : पाँच, तीन, दुई र १ हजार रुपैयाँ र ट्रफि पाए । प्रतियोगितामा जिल्लाभरीका सिनियरतर्फ ३४ र जुनियरतर्फ ३० वटा विद्यालयका १४३ जना विद्यार्थीहरुले प्रतियोगितामा भाग लिएको संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था लि. मोरङका अध्यक्ष मोहन बुढाथोकीले जानकारी दिए । विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले जिल्लाभरीको निजी विद्यालयहरुबीच प्रत्येक वर्षको प्रजातन्त्र दिवसको अवसर पारेर चित्रकाला प्रतयोगिता गर्दै आएको उनले बताए । यस्ता प्रतियोगिताले विद्यार्थीहरुको प्रतिभा देखा पर्ने उनले बताए ।
प्रतियोगिताको निर्णायकहरुमा ललित संगम कला केन्द्रका अध्यक्ष जेपी चौधरी र श्री निवास पोखरेल रहेका थिए । प्रतियोगिताको बिजेता हुने खेलाडीहरुलाई कार्यक्रमको प्रमुख अतिथि विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा प्याब्सन मोरङको कोषाध्यक्ष विष्णु डंगोल, कार्यक्रम संयोजक रीना थापालगायतको सहभागिता रहेको थियो ।
काठमाडौं, १९ जेठ-गृहमन्त्रालयले ४४ जना उपसचिव, प्रमुख जिल्ला अधिकारी र सहायक प्रमखु जिल्ला अधिकारी र सरुवा तथा पदस्थापन गरेको छ । नेपाल सरकार गृहमन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट उनीहरुको सरुवा तथा पदस्थापन गरिएको हो । जसअनुसार सुर्खेतका...
विराटनगर । विराटनगरको बिकेभीए स्कुलका तीन जनाले विद्याथीले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जीपए ल्याएका छन् । बिहीबार प्रकाशित भएको नतिजा अनुसार बिकेभीए स्कुलका दुग्रेस खड्का, प्रियसु राउत र स्र्पश पोखरेलले चार जिपीए ल्याएका...
विराटनगर । मोरङको कटहरी गाउँपालिकाले पालिका भित्र कुपोषण रोकथाम र नियन्त्रणको लागि पोषण वितरण गर्दै आएको छ । पालिका भित्र बालवालिकाहरुमा कुपोषण देखिन थालेपछि पोषणमैत्री स्थानीय शासन अन्र्तगत पोषण विशेष कार्यक्रमको संचालन गरेर पोषण सामाग्री...
विराटनगर । विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कुलमा नृत्य प्रतियोगिताको फाइनलमा १० जना छनौट भएका छन् । स्कुल परिसरमा बुधबार भएको छनौट चरणमा सहभागि भएका ७८ जनाबाट १० जना विद्यार्थी फाइनलमा छनौट भएका हुन् । प्रतियोगिताको फाइनल...
विराटनगर । विराटनगर–८ स्थित नमुना विद्या मन्दिर आवासीय माध्यमिक विद्यालयले ३१ औं अभिभावक दिवस मनाएको छ । शनिबार हाटखोला स्थित आरोहण गुरुकुलमा नमुना विद्या मन्दिरले ३१ औं अभिभावक दिवस मनाएको हो । अभिभावक दिवसको अवसरमा...
काठमाडौं, ६ जेठ-कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले कृषि क्षेत्र उठाउन सामान्य मिहिनेतबाट उठाउन सम्भव नहुने बताएका छन् । नेपाल उद्योग परिसंघले सोमबार गरेको वेबिनारमा मन्त्री भुसालले कोभिड–१९ को महामारीका कारण संकटमा परेको कृषि...
विराटनगर । विराटनगरको उत्तरी क्षेत्रको लिडिङ स्कुलको रुपमा रहेको विराटनगर–३ मा स्थित मोडर्न एरा इं. स्कलले ‘मोर्डन एरा लिटिल च्याम्स सिजन ३’ को छनोट चरण कार्यक्रम आयोजना गरेको छ । शुक्रवार छनोट चरणको कार्यक्रमको उदघाटन...
काठमाडौं, चैत ५–आजबाट कायममुकायम गभर्नरका रूपमा डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले पद सम्हाल्ने भएका छन् । डा. चिरञ्जीवी नेपाल आजबाट बिदाइ भएसँगै कामु गभर्नरका रूपमा शिवाकोटीले पद समहाल्ने भएका हुन् । १ महिना अगाडि नै सिफारिस...