मोरङमा ८ लाखलाई हात्तीपाइले विरुद्धको औषधि खुवाउने, फागुन ११ गतेबाट अभियान सुरु
मङ्गलबार, ०२ फागुन, २०७९,
न्यूज विराट
विराटनगर । मोरङमा १२ औं चरणको हात्तीपाइले विरुद्धको औषधी सुवाउने कार्यक्रम फागुनको दोस्रोसाताबाट सुरु हुने भएको छ । फागुन ११ गतेबाट मोरङमा हात्तीपाइले विरुद्धको औषधी खुवाउने कार्यक्रम सुरु गरिने जनवास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहताले जानकारी दिए ।
‘मोरङमा सुरु हुन लागेको हात्तिपाइले विरुद्धको अभियान १२ औं चरणको हो,’ उनले भने, ‘यो अभियानलाई प्रभावकारी बनाएर ८० प्रतिशतलाई औषधी खुवाउने लक्ष्य रहेको छ ।’ औषधि सेवन प्रभावकारी नभएकै कारण १२ औं पटक अभियान सञ्चालन हुन लागेको उनले बताए । मोरङमा ११ लाख २८ हजार ९ सय ५७ जना हात्तीपाइलेविरुद्धको औषधी खुवाउने उमेर समूहको रहेको डा. मेहताले जानकारी दिए । जसमध्ये ८० प्रतिशत अर्थात ८ लाखलाई खुवाउने तयारी गरिएको उनले बताए । ‘यो पटक प्रभावकारी रुपमा अभियान संचालन गरेर अर्को वर्षदेखि हात्तिपाइलेविरुद्धको औषधी नखुवाउने लक्ष्य लिएका छौं,’ डा. मेतहताले भने, ‘यद्यपी यो अभियानमा सबैले औषधी सेवन गरिनुपर्दछ ।’ हात्तिपाइ रोग निर्मलु पारेर अगाडी बढन सबैको साथसहयोगको खाचो रहेको उनले बताए ।
मोरङमा नियमित पाँच वर्षसम्म हात्तीपाइले विरुद्धको औषध सेवन गर्ने १६.७८ प्रतिशत मात्र रहेको जनस्वास्थ्य कार्यालयको अभिलेखमा देखिन्छ । ‘सहरी क्षेत्रमा बसोवास गर्ने शिक्षित मानिसहरुपनि पनि हात्तीपाइलेविरुद्धको औषधी सेवन नगर्ने परिपाटी रहेको छ,’ उनले भने, ‘ त्यसेले पनि हामीले लक्ष्य हासिल गर्न कठिन भएको छ ।’ अभियानमा २ हजार स्वास्थ्यकर्मी परिचालन हुने कार्यालयले जनाएको छ ।
काठमाडौं, ६ साउन-सरकारले बाढी पहिरोमा परी घाइते भएकाहरूको उपचारको व्यवस्था गर्ने भएको छ । देशमा अविरल वर्षाका कारण आएकाे बाढी पहिरोले ठूलो जनधनको क्षति भएको र त्यसबाट कैयौँ व्यक्ति घाइते भइरहेका छन् । सोमबार बसेको...
हेटौंडा, १४ असार-हेटौंडाकी २२ वर्षीया सुस्मिता केसी (थापा) को हत्या परिवारकै सदस्यबाट भएको जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको छ । १३ दिन लामो अनुसन्धानपछि मकवानपुर प्रहरीले परिवारबाटै उनको हत्या भएको निष्कर्ष निकालेको हो । यद्यपी...
काठमाडौं, १४ मंसिर-पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार २५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कुल संक्रमितको संख्या २ लाख ३१ हजार ९७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ...
विराटनगर । विराटनगरस्थित किड्स भिलेज स्कुलमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । बुद्ध जयन्तीको अवसर पारेर बिहीबार स्कुल परिसरमा विद्यार्थीहरुको लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो ।उक्त शिविरमा विराट नर्सिङ होमको प्राविधिक सहयोगमा...
काठमाडौं, २० जेठ-शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्ने निर्देशिका जारी गरेको छ । कोरोना भाइरसका कारण शैक्षिक क्षेत्र प्रभावित भएपछि सरकारले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्न निर्देशिका बनाएको हो।...
विराटनगर, १२ असोज । झापा बिर्तामोड नगरपालिका १ पन्चकन्या प्लटिङ स्थितबाट प्रहरीले लागूऔषध ब्राउन सुगर १४६ ग्राम सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा कन्काई नगरपालिका ९ का २६ बर्षीय टेकराज साह र २४ बर्षीय बिकाश मर्डी रहेका छन् । हिजो बेलुका...
विराटनगर, १६ कात्तिक । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्री राईलाई पद तथा गोपनीयताको शपथ...
झापा, १८ साउन-झापाको अर्जुनधारा नगरपालिकाले कोरोना भाइरसको थप सङ्क्रमण हुन नदिन नगर क्षेत्र लकडाउन गरेको छ । नगरको कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसीएमसी) को शनिबार बसेको बैठकले आज बिहानदेखि यही साउन २२ गतेसम्म बन्दाबन्दी गर्ने...