
काठमाडौं, २० जेठ-शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्ने निर्देशिका जारी गरेको छ । कोरोना भाइरसका कारण शैक्षिक क्षेत्र प्रभावित भएपछि सरकारले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्न निर्देशिका बनाएको हो।
निर्देशिका जारी भएसँगै अनलाइन, अफलाइन, रेडियो, टेलिभिजनबाट विद्यार्थीको पठनपाठन सुरु हुने भएको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले यसअघि नै निर्देशका १ असारबाट लागू गर्न सबैलाई आह्वान गरिसकेका छन् ।