आज थपिए १२५५ संक्रमित, थप २५ जनाको मृत्यु - News Birat

आज थपिए १२५५ संक्रमित, थप २५ जनाको मृत्यु

न्यूज विराट

काठमाडौं, १४ मंसिर-पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार २५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कुल संक्रमितको संख्या २ लाख ३१ हजार ९७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज थप १ हजार ४०४ जना निको भएका छन् । निको हुनेको कुल संख्या २ लाख १२ हजार ५९० जना पुगेको छ । १७ हजार ९०९ जना सक्रिय संक्रमित रहेका छन् ।

आज थप २५ जनाको कोरोना संक्रमणबाट निधन भएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ४७९ पुगेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles