मीरगञ्ज पुल संचालनमा आयो,  उद्योगी व्यवसायी उत्साहित

 न्यूज विराट
मीरगञ्ज पुल संचालनमा आयो,  उद्योगी व्यवसायी उत्साहित

विराटनगर । भारतको मीरगञ्जको परमान नदीमाथि पक्की मोटरेबल पुल बनेपछि भारतीय पक्षले एक बर्ष पछि आधिकारिक रुपमा शुक्रबार सुचना जारी गर्दै पुलबाट आवतजावत गर्न सकिने अनुमति दिएको छ ।
मोरंग ब्यापार संघको पहलमा दुवै देशका नेता तथा अधिकारीलाई पुल संचालन गर्न दिइएको दवावको कारण दुई महिना अघिबाट नै पुल अनौपचारिक रुपमा संचालनमा आएको थियो ।
यो अनुमतिले भारत लगायत तेश्रो मुलुकबाट आउने कच्चा पदार्थ लगायतको सामाग्री बोकेका मालवाहक ११६ किलोमिटर सुनसरीको भण्टावारी नाकाबाट घुमेर आउनु पर्ने झन्झटबाट मुक्त भएका छन् । अब ४ किलोमिटर दुरी पार गर्नासाथ नेपालको आइसीपी आइपुग्छन् ।

भारतको पटना स्थित कष्टम विभागले सुचना जारी गरी नयाँ मीरगञ्ज पुल संचालनमा आएको र त्यसबाट मालवाहक आवत जावत गर्ने अनुमति दिइएको जनाएको छ । यस अघि भारतका जोगवनी स्थित ल्याण्ड कष्टम र आइसीपी बिच समन्वय हुन नसक्दा आंशिक रुपमा मात्रै मालसामानको कार्गो आयात निर्यात भइरहेको थियो । कष्टम विभागले नै सुचना जारी गरेपछि अब तेश्रो मुलुकबाट आउने र जाने सामानका लागि भण्टावारी नाका पुग्नु नपर्नै जनाउदै आफ्ना मातहतका सबै निकायलाई बोधार्थ दिँदै सुचनालाई तत्काल कार्यान्वयन गराउन निर्देशन दिएको छ ।

सूचनासंगै विराटनगरको आइसीपीबाटै आयात र निर्यात औपचारिक सुरु भएको छ । मोरंग व्यापार संघका अध्यक्ष नवीन रिजालको अगुवाईमा पटक पटक नेपाल र भारतीय अधिकारीलाई पुल संचालनका लागि अनुरोध गरिएपछि अनौपचारिक रुपमा दुई महिना देखी पुल संचालनमा आएको थियो । पुल संचालनमा आएपनि भारत र नेपालका लागि मात्र कार्गो आउने जाने गर्दथे । तेश्रो मुलुकबाट आउने सामानको हकमा सुनसरीको भण्टावारी नाकानै प्रयोग हुँदै आएको थियो । तर अहिले भारतको कमिस्नर अफ कष्टम पटनाका अधिकारी प्रदीप कुमारले सूचना जारी गर्दै मीरगञ्ज पुल हुँदै आवत जावत खुलेको जनाएको हो ।

उनले यस अघिको २०२२ जनवरी ११ को सूचनाले जारी गरी मीरगञ्ज पुल भासिएकाले सम्पूर्ण कार्गोको आवत जावत यो नाकाबाट बन्द गरी भीमनगर नाकाबाट सुचारु गरिएको सुचना जारी गरेको थियो । अहिले उक्त सुचनाले रोकेको आवत जावतको प्रतिबन्ध फुकुवा गर्दै भीमनगर तर्फको रिरुट खारेज गरि पुल निर्माण सम्पन्न भएकाले पहिलेकै अवस्थामा जोगवनी भन्सार र आइसीपीबाट माल आवत जावतका लागि सबैलाई जानकारी दिइएको जनाएका छन् ।
एक बर्षपछि भारतको जोगवनी नाकाबाट चार किलोमिटर नजिक रहेको मीरगञ्ज पुल संचालनमा आएको छ । पुल पूर्ण रुपमा संचालनमा आएपछि अहिले दैनिक दुई सय सम्म मालवाहक सवारी साधान भारतीय कष्टम हँुदै विराटनगर आइसीपीमा आइरहेको विराटनगर भन्सार कार्यालयले जनाएको छ । एउटा मालवाहक सवारी भीमनगर हँुदै ११६ किलोमिटर घुमेर आउँदा १६ हजार रुपैयाँ अतिरिक्त भाडा तिर्नु परिरहेको थियो । मीरगञ्ज पुल भासिँदा एक बर्षमा २२ अर्ब ५० करोडले विराटनगर भन्सारबाट हुने कारोबारमा गिरावट आएको थियो ।

जोगवनी नाकाबाट मालवाहक जान नसकेपछि सुनसरीको भण्टावारी नाकाबाट रिरुट भएर आउँदा एउटा कण्टेनरको १६ हजार अतिरिक्त ढुवानी भाडा व्यवसायीले बुझाउँदै आएका थिए । जसको कारण एक बर्षमा व्यवसायीहरुले ११ करोड ५२ लाखको बराबरको अतिरिक्त ढुवानी भाडा तिरेका छन् ।

मोरंग व्यापार संघमा निर्वाचित भएपछि आफूले मीरगञ्ज पुल संचालन गराएर नै छाड्ने प्रतिबद्धता लिएका अध्यक्ष रिजालले आफ्नो कार्य समितिको सम्पूर्ण टिमनै पुल संचालन गर्नका लागि परिचालन गरेका थिए ।

भारतीय पक्षबाट समेत आधिकारिक रुपमा पुलसंगै नाका पनि संचालनमा आएको जानकारी दिएपछि हर्षित देखिएका रिजालले ‘यो सबैको अथक प्रयासको परिणाम भएको’ प्रतिक्रिया दिए । प्रदेश १ को औद्योगिक लाईफलाईनै ध्वस्त भएको बेला आफ्नो कार्यसमितिले निरन्तर रुपमा यो मुद्धालाई उठाएर समस्या समाधानका लागि पहल गरेको र पहलकै कारण एक बर्षमै पुल र नाका पूर्ण संचालनमा आएकोमा आफूले एउटा मिसन पुरा गरेकोमा गर्व लागेको रिजालले बताए ।

सम्बन्धित समाचार

विराटनगर भावीपुस्ताले गर्व गर्न लायक बनाउन सकिन्छ : मेयर कोइराला

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगर बनाउने दायित्व र जिम्मेवारी हरेक महानगरवासीको भएको बताउनुभएको छ ।विराटनगरस्थित सन्सारीमाईस्थान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष एवं समाजसेवी कृष्णप्रसाद मास्केले निर्माण गरेको एकतले भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै...

सर्लाहीमा नेकपा र कांग्रेस कार्यकर्ताको झडपमा गोली चल्यो, १८ जना घाइते

सर्लाही, १५ असार-सर्लाहीको धनकौल गाउँपालिकामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीका अनुसार झडपमा गोली चल्दा १८ जना घाइते भएका छन् । आइतबार राति भएको...

जनवरीदेखि कोरोनाको खोप दिने क्यानडाको तयारी

एजेन्सी, १९ मंसिर-क्यानडा सरकारले आगामी जनवरीदेखि आफ्नो देशमा कारोना विरुद्धको खोप दिने तयारी गरेको छ । क्यानडामा खोप वितरण कार्यको जिम्मेवारी पाएका मेजर जनरल डेनी फोर्टीनले बिहीबार आयोजित पत्रकार सम्मेलनमा खोप वितरण गर्नेगरी तयारी भइरहेको...

सुदूरपश्चिमका सात जिल्ला सञ्चारविहीन

सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला सञ्चारविहीन भएका छन् । अत्तरिया–डडेल्धुरामा रहेको अप्टिकल फाइबरमा समस्या आएपछि मोबाइल, टेलिफोन र इन्टरनेट सेवा बन्द भएको छ । नेपाल टेलिकम बैतडीका प्रमुख विक्रम टमटाका अनुसार बैतडी, दार्चुला, डडेल्धुरा, बझाङ,...

वीगञ्जको कोभिड विशेष अस्पतालमा १ किशोरीको मृत्यु

जनकपुरधाम, ९ साउन-वीरगञ्जको कोभिड-१९ विशेष अस्पतालमा भर्ना भएकी १ किशोरीको मृत्यु भएको छ । बारा परवानीपुर गाउँपालिका–४ घर भएकी १७ वर्षीया किशोरीको वीरगञ्जको गण्डक कोभिड-१९ अस्पतालमा उपचारका क्रममा शुक्रबार अपरान्ह मृत्यु भएको अस्पतालका डा. निरज...

कोरोना संक्रमित फेला परेको भन्दै अफवाह फैलाउने पक्राउ

कैलालीको टीकापुरमा कोरोना भाइरसबाट संक्रमित व्यक्ति फेला परेको भन्दै सामाजिक सञ्जाल मार्फत अफवाह फैलाउने एक जनालाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय टीकापुरले सामाजिक सञ्जाल फेसबुकमा कोरोना संक्रमित ब्यक्ति भेटिएको भन्दै अफवाह फैलाउनले टीकापुर...

स्याङ्जा पहिरोमा ज्यान गुमाएका नौ जनाको सामूहिक दाहसंस्कार

स्याङ्जा, ९ असोज-पहिरोमा पुरिएर ज्यान गुमाएका नौ जनाको रामनदी धाम (राम्दी) मा सामूहिक दाहसंस्कार गरिएको छ । स्याङ्जा र पाल्पाको संगमस्थल रामनदीधामस्थित कालीगण्डकी नदीमा सामूहिक दाहसंस्कार गरिएको हो । नौ जनालाई आठ वटा छुट्टाछुट्टै चिता...

कोरोना त्रासले मोरङ कांग्रेसको बैठक स्थगित

विराटनगर, चैत २–कोरोना संक्रमण त्रासलाई मध्यनजर गर्दै नेपाली कांग्रेस मोरङको बैठक स्थगित भएको छ । पार्टीका जिल्ला सचिव मोदराज घिमिरेका अनुसार चैत ५ गतेको लागि पार्टीको बैठक तय थियो । घिमरेले आइतबार पार्टीले बैठक स्थगनबारे...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्