कैलालीको टीकापुरमा कोरोना भाइरसबाट संक्रमित व्यक्ति फेला परेको भन्दै सामाजिक सञ्जाल मार्फत अफवाह फैलाउने एक जनालाई पक्राउ गरिएको छ ।
इलाका प्रहरी कार्यालय टीकापुरले सामाजिक सञ्जाल फेसबुकमा कोरोना संक्रमित ब्यक्ति भेटिएको भन्दै अफवाह फैलाउनले टीकापुर नगरपालिका–२ बस्ने पवन कुमार भट्टराईलाई मंगलबार साँझ पक्राउ गरिएको छ ।
उनले टीकापुर नगरपालिका–१ को ब्लक नम्बर १० संक्रमित भेटिएको भन्दै आफ्नो फेसबुकमा लेखेका थिए ।उनलाई सर्वसाधारणमाझ सन्त्रास एवं अफवाह फैलाएको देखिएकोले आवश्यक कारवाहीको लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।