पूर्व प्रहरी संगठन विराटनगरको अध्यक्षमा कार्की

 न्यूज विराट
पूर्व प्रहरी संगठन विराटनगरको अध्यक्षमा कार्की

विराटनगर । नेपाल पूर्व प्रहरी संगठन परिवार विराटनगरको अध्यक्षमा पूर्व डिएपी कविन्द्र कुमार कार्की चयन भएका छन् । विराटनगरमा शनिबार भएको प्रथम नगर साधरणसभाबाट कार्की सर्वसम्मत चयन भएका हुन् ।

उपाध्यक्षमा पूर्व प्रहरी निरीक्षक मोहन रायमाझी, सचिबमा पूर्व प्रहरी निरीक्षक राधेश्याम घिमिरे र कोषाध्यक्षमा प्रर्वप्रहरी सम्पन्नलाल चौधरी रहेका छन् । सदस्यहरुमा यादव खड्का, पेशल भट्टराई, प्रकाश गुप्ता, टिका ठकुरी, छवि अधिकारी, सुर्य नारयण मण्डल, राजेन्द्र यादव, सुर्य बहादुर नेपाली, संगीता बोगटी र पदम श्रेष्ठ रहेका छन् ।

कार्यक्रममको प्रमुख अतिथि पुर्व डिआइजी भक्तिनाथ माझी र विशेष अतिथि मोरङ प्रहरी प्रमुख एसपी दिपक पोखरेल रहेका थिए । कार्यक्रममा बोल्दै पूर्व डिआइजी माझीले देशमा पुर्व प्रहरिहरुको संगठन हुदा हुँदै संगठनका वर्तमान केन्द्रय अध्यक्ष वसन्त कुंवरले आफू सधै पदमा रहि रहने निकृष्ठ अभिप्रायले आफू अनुकुलको गैर सम्वैधानिक केन्द्रीकृत विधान बनाएको आरोप लगाए । उनले प्रदेश भरि १४ जिल्लाको पुर्व प्रहरिहरुको महाभेलाले संगठनमा तत्काल केन्द्रिय उपाध्यक्ष एआईजि कल्यान कुमार तिमिल्सिनाको संयोजनमा गठन भएको १ नं प्रदेश कमिटिलाई आफुअनुकुल नभएको भन्दै मान्यता नदिई आफू अनुकुल व्यक्तिलाई मनोनित गरेको बताए ।

उनले यस प्रदेशको सम्पुर्ण पुर्व प्रहरिहरुको भावना माथि खेलवाड गरि सवैलाई अपमानित हुने कृयाकलाप गरेकोले १ नं प्रदेशका सवै पुर्व प्रहरिहरुको मर्म र भावनालाई कदर गर्दै पुर्व प्रहरी,अमर प्रहरि तथा निजहरुको आश्रीत परिवारहरुको हकहितको पक्षमा कामगर्नको लागि यो नेपाल पुर्व प्रहरी परिवारको गठन भएको बताए ।
कार्यक्रममा मोरङ प्रहरी प्रमुख एसपी दिपक पोखरेल र विराटनगर ४ का वडाअध्यक्ष जितन थापाले बोलेका थिए । नेपाल पूर्व प्रहरी संगठन परिवार विराटनगरले आफ्नै भवन बनाउँदैछ । विराटनगर महानगरपालिकाले विराटनगर ४ मा जग्गा दिएपछि पुर्व प्रहरीहरुले दुई तलाको भवन निर्माण भइरहेको नेपाल पूर्व प्रहरी संगठन परिवारको सल्लाहकार रामकुमार श्रेष्ठले बताए ।

सम्बन्धित समाचार

जलेर चार बर्षीया बालिकाको मृत्यु

सिन्धुली फिक्कल-५ बस्ने समिता राई खड्काको ४ बर्षीया छोरी धन कुमारी खड्काको जलेर मृत्यु भएको छ । ओखलढुङगा मानेभञ्ज्याङ-६ स्थितमा रहेको मामा घरमा आएको अवस्थामा मामा घरकै गाईगोठमा आज दिउसो १ बजे हातमा लाइटर बोकी...

जबरजस्ती करणी गरेको अभियोगमा होटल संचालक सहित ३ जना पक्राउ

विराटनगर, १४ माघ । मोरङको बेलबारी बस्ने एक महिलालाई सुन्दरहरैचा नगरपालिका ४ बलिया स्थितमा रहेको श्रेष्ठ होटल एण्ड फेमेली होटलमा जवरजस्ती करणी गरेको अभियोगमा सोही होटल संचालक सहित ३ जनालाई पक्राउ गरिएको छ । पक्राउ...

राष्ट्रपतिको कदम गैरसंवैधानिक भन्दै जसपा सडकमा

विराटनगर । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेको विरोधमा जनता समाजवादी पार्टी (जसपा) मोरङले विराटनगरमा विरोध जनाएको छ । संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पुगेको नागरिकता विधेयक मंगलबार राष्ट्रपतिले प्रमाणीकरण...

विराटनगरमा सयौँ मारवाडी समुदाय एमालेमा प्रवेश

विराटनगर, १६ पुस । विभिन्न पेशा व्यवसायमा क्रियाशील रही राजनीतिक दलहरुमा असंलग्न रहँदै आएका मारवाडी समुदायका सयौँ अगुवाहरु नेकपा (एमाले) मा प्रवेश गरेका छन् । नेपाल वामपन्थी मारवाडी युवा संगठनको अगुवाईमा सयाँ मारवाडी समुदायका अगुवाहरु...

घाइते बनाउनेलाई सांघातिक आक्रमण गर्ने सांसदको चेतावनी

काठमाडौँ, माघ १९–सत्तारुढ नेकपाका सांसद चक्रप्रसाद स्नेहीले डडेल्धुरा जिल्लास्थित नेकपाका आलिताल गाउँपालिका कमिटी अध्यक्ष ज्ञानेन्द्रप्रसाद जोशीलाई कुटपिट गरी घाइते बनाउनेमाथि सांघातिक आक्रमण गर्ने चेतावनी दिएका छन् । राष्ट्रियसभाको आइतबारको बैठकमा विशेष समयमा बोल्दै सांसद स्नेहीले...

नदीजन्य पदार्थको अवैध उत्खनन

मुलुकमा जारी बन्दाबन्दीको मौका छोपेर बाँकेको राप्तीसोनारी गाउँपालिकाअन्तर्गत पर्ने खोलाबाट नदीजन्य पदार्थको अवैध उत्खनन भइरहेको छ । राप्तीसोनारी ३ खैरेनी र साइपुर नाका, वडा नं ४ को लालपुर तथा वडा नं ५ का आलिनगर र...

मोरङ केराबारीमा लोड गरिएको भरुवा बन्दुकसहित तीन जना पक्राउ

विराटनगर । मोरङको केराबारी गाँउपालिका ८ स्थित आमजुङगी सामुदायिक वन जंगलको एरियामा तीन जना व्यक्तिहरूलाई अवैध रूपमा लोड गरिएको भरुवा बन्दुकसहित पक्राउ गरिएको छ। विशेष सुचनाका आधारमा प्रहरीले तीन जना व्यक्तिहरूलाई अवैध बन्दुक सहित आइतबार...

चिकित्सकको लापरवाहीले विरामी मृत्यु भएको आरोप, सिटी हस्पिटलमा तनावग्रस्त

विराटनगर । चिकित्सकको लापरवाहीले विरामीको मृत्यु भएको आरोप लगाउँदै विराटनगरस्थित विराटनगर सिटी अस्पताल सोमबार तनावग्रस्त बनेको छ ।मोरङको जहदा गाँउपालिका – ४ की ३९ वर्षीया सन्जु मेहेताको शल्यक्रियाको क्रममा मृत्यु भएपछि अस्पताल आज दिनभरी तनावग्रस्त...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्