किड्स भिलेजमा खेलकुद सप्ताह सम्पन्न

 न्यूज विराट
किड्स भिलेजमा खेलकुद सप्ताह सम्पन्न

विराटनगर । बिराटनगर – ५ स्थित किड्स भिलेज स्कुलमा खेलकुद सप्ताह सम्पन्न गरेको छ। उक्त कार्यक्रममा नानीबाबूहरुलाई १२ वटा बिधामा विभिन्न प्रकारका खेलकुदहरू खेलाईएको थियो।

ऊक्त खेलमा प्ले ग्रुपका र सो भन्दा माथिका सबै विद्यार्थीहरूले सहभागीता जनाएका थिए। यस्तो कार्यक्रमले विद्यार्थीहरूलाई मनोरञ्जन प्रदान गर्नुका साथै ऊनीहरूलाई आत्मविश्वासी र प्रतिस्पर्धी बनाऊन महत्वपूर्ण भुमिका खेल्ने स्कुलका शैक्षिक निर्देशक निरू पौडेलले बताइन् ।
खेलकुदका साथै बर्षदिन भरी अन्य धेरै बिधामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई मेडल र पुरस्कार प्रदान गर्दा विद्यार्थीहरु अत्याधिक धेरै हौसिएका थिए । जसले आगामी दिनमा उनीहरूको अध्यनलाई अझै बढी उत्साहित गर्ने स्कुलका म्यानेजिङ डाईरेक्टर पंकज जैनले बताए ।

सम्बन्धित समाचार

कोरोनाविरुद्धको लडाईमा प्रतिपक्षी कांग्रेसका सुझाव उपयोगी : पोखरेल

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले प्रमख प्रतिपक्षी दल नेपाली कांग्रेसको साथ र सहयोगले सरकारलाई कोरोना भाइरसविरुद्धको लडाईमा ऊर्जा मिलेको बताएका छन् । कांग्रेस संसदीय दलका तर्फबाट प्रमुख सचेतक बालकृष्ण खाणले सरकारलाई बुझाएको १७ बुँदे सुझाव...

मोरङमा ‘लकडाउन’ उल्लंघन गर्ने १२ सय बढी सवारीसाधन कारबाहीमा

मोरङमा ‘लकडाउन’ उल्लंघन गर्ने साढे १२ सय सवारीसाधनलाई कारबाही गरेको छ । विभिन्न बहाना बनाएर बिनाकारण सडकमा निस्किएका सर्वसाधारण र सवारीधनीलाई कारबाही गरिएको हो । ‘लकडाउन’ उल्लंघन गरेको भन्दै प्रहरीले शुक्रबार विहानसम्म मोरङबाट ६ जनालाई...

प्रथम अन्तर विद्यालय टेबल टेनिस प्रतियोगिता सुरु, एभरेष्ट र बुढानिलकण्ठ स्कुल फाइनलमा

विराटनगर । प्रथम अन्तर विद्यालय स्तरीय टेबल टेनिस प्रतियोगीता सुरू भएको छ । मिल्स फार्क क्लबको आयोजनामा विराटनगर १५ रानी मिल्स क्लबमा बिहीबारदेखि प्रतियोगिता सुरु भएको हो । उद्घाटन खेलमा जुनियर एकल छात्र र जुनियर...

विराटनगरमा फागुन १८ गतेदेखि मिस एण्ड मिस्टर आइकोनिक मोडल–२०२१ प्रतियोगिता हुँदै

विराटनगर, १५ फागुन । एएचपी इन्टरटेन्मेन्टको आयोजनामा विराटनगरमा मिस एण्ड मिस्टर आइकोनिक मोडल–२०२१ प्रतियोगिता सञ्चालन हुने भएको छ । आगामी फागुन १८ गतेदेखि मिस एण्ड मिस्टर आइकोनिक मोडल–२०२१ प्रतियोगिता सञ्चालन हने भएको हो । प्रतियोगिताका...

अनुमतिबिना सञ्चालन विराटनगरको १५ शैय्याको बिग हस्पिटल सिल

विराटनगर । विराटनगर महानगरपालिकाबाट अनुमतिबिना सञ्चालन भएको विराटनगर स्थित बिग हस्पिटल सिलबन्दी गरिएको छ । विराटनगर महानगरपालिकाले अनुगमन गरेर बिना दर्ता सञ्चालनमा रहेको हस्पिटल आज सिलबन्दी गरेको हो । विराटनगरको हस्पिटल चोकमा एक वर्षदेखि १५...

मिस्टर एण्ड मिस लिटल कोशीको फाइनल सर्यो, अर्को शनिबार भव्य हुने

विराटनगर । छैठौं संस्करणको मिस्टर एण्ड मिस लिटल कोशीको भदौ १६ गते शनिबार हुने भनिएको फाइनल सरेको छ । उक्त प्रतियोगिताको फाइनल अर्को शनिबार हुने आयोजकले जनाएको छ । भदौ १६ गते हुने भनिएको फाइनल...

प्रधानन्यायाधीशले बाेलाए फुलकोर्ट

काठमाडौं, २ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक (फुलकोर्ट) बोलाएका छन् । आज दिउँसो २ बजे बस्नेगरि फुलकोर्ट बोलाइएको हो । बैठकमा प्रधानन्यायाधीशसहित २० जना बस्ने छन् । यसअघि बुधबार...

लर्डबुद्ध कलेजको शिविरमा विद्यार्थीको भिड, पहिलो दिन दुई सयले गराए स्वास्थ्य जाँच

विराटनगर । विराटनगर १० मा रहेको लर्डबुद्ध कलेजले ४ दिन सम्म निः शुल्क स्वास्थ्य शिविर सुरु गरेको छ । लर्ड बुद्ध कलेजको आयोजना तथा न्युरो हस्पिटलको प्राविधीक सहयोगमा एसइइ दिएका विद्यार्थी र उनीहरुका अभिभावकलाई कलेजले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्