सप्तकोसी बैंक घोटाला प्रकरण : उच्चले थुनामा पठाउने आदेश सर्वोच्चबाट पनि सदर

 न्यूज विराट
सप्तकोसी बैंक घोटाला प्रकरण  : उच्चले थुनामा पठाउने आदेश सर्वोच्चबाट पनि सदर

विराटनगर । विराटनगरमा मुख्य कार्यालय रहेको सप्तकोसी विकास बैंक घोटाला प्रकरणमा बैंकका तत्कालीन सीईओ नवीन सुवेदीसहित ३ जनालाई थुनामा राख्न उच्च अदालत विराटनगरले दिएको आदेश सर्वोच्च अदालतले पनि सदर गरेको छ ।
सुवेदीसहित बैंकका तत्कालीन लेखा प्रमुख देवीप्रसाद भण्डारी र जनरल सर्भिस डिपार्टमेन्ट प्रमुख हिमाल भट्टराईलाई पुर्पक्षका लागि थुनामा राख्न उच्चले दिएको आदेश सर्वोच्चले शुक्रबार सदर गरेको हो ।

उच्चले थुनामा राख्न दिएको आदेश विरुद्ध अभियुक्तहरुले सर्वोच्चमा पुनरावेदन गरेका थिए । उनीहरुको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासले उच्चको आदेश सदर गरेको हो ।

उच्चका तत्कालीन मुख्यन्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश मुरारीबावु श्रेष्ठको संयुक्त वाणिज्य इजलासले सुवेदी, भण्डारी र भट्टराईलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न २०७८ साल फागुन १३ गते आदेश दिएको थियो । उच्चले बैंकका अपरेसन प्रमुख अमित थापामगरलाई भने २ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश भएको थियो ।

सो मुद्दामा रकमको कारोबार भएको खाता सञ्चालक बबिता सुवेदीलाई पनि उच्चले थुनामा राख्न आदेश दिएको थियो । सर्वोच्चले सुवेदी, भण्डारी र भट्टराईको हकमा उच्चको आदेशलाई सदर गरेको सह–रजिष्ट्रार नारायण रेग्मीले जानकारी दिए । अब उनीहरुले थुनामा रहेरै मुद्दाको पुर्पक्ष गर्नुपर्ने भएको छ । खातावाल बबिता सुवेदीलाई भने धरौटीमा छाड्न सर्वोच्चले आदेश दिएको छ ।

बैंकको कर्पोरेट कार्यालय विराटनगरबाट १५ करोड रुपैयाँ बढी अपचलन गरेको खुलेपछि बैंकका सिईओ सुवेदीसहित ५ जना कर्मचारीलाई पक्राउ गरेर प्रहरीले घटनाको अनुसन्धान थालेको थियो । राष्ट्र बैंक र सप्तकोसी डेभलपमेन्ट बैंकले दिएको जाहेरीका आधारमा रकम घोटालामा संलग्नविरुद्ध प्रहरीले बैंकिङ कसूरको मुद्दामा अनुसन्धान गरि मुद्दा दर्ता गरेको हो ।

अनुसन्धानबाट सीईओ सुवेदीको योजनामा २०७२ साल चैतदेखि २०७८ मंसिरसम्म लगातार भुक्तानी लिएर बैंकको १५ करोड ७५ लाख ४० हजार ५ सय ७५ रुपैयाँ घोटाला गरिएको खुलेको थियो । सुवेदीले बैंकका महत्वपूर्ण निकायमा आफन्तलाई भर्ती गरेर रकम घोटाला गरेको पाइएको छ ।

सो प्रकरणमा बैंकका ९ जना कर्मचारी र ३ जना खातावालासहित १२ जनालाई प्रतिवादी बनाएर उच्च अदालत विराटनगरमा २०७८ फागुनमा मुद्दा दर्ता भएकोमा बैंकका सहायक होमप्रसाद पौडेल हाजिर जमानीमा छुटेका थिए । यस्तै कार्यालय सहयोगी चूँडाबहादुर निरौला, सहायक पदबाट राजीनामा दिएका निश्चल सुवेदी, कनिष्ठ सहायक पदबाट राजीनामा दिएकी समीक्षा अधिकारी, वरिष्ठ सहायक शुभेच्छा निरौला, खातावाला कमल दाहाल र मनोज भट्टरार्ई धरौटीमा छुटेका थिए ।

सम्बन्धित समाचार

सौराहाका व्यवसायी भन्छन-एमाले प्रतिनिधिको हार्दिकता र व्यवहार गजब लाग्यो

राधेश्याम खतिवडा, चितवन । नेकपा एमालेको दशौँ महाधिवेशनका क्रममा चितवनको सौराहामा लगातार तीन दिनसम्म झन्डै आठ हजारको सङ्ख्यामा भिड थियो । महाधिवेशन प्रतिनिधिसँगै चासो राख्ने एमालेका हजारौँ कार्यकर्ताले सौराहा भरिएको थियो । मङ्सिर १०, ११, १२...

विद्यालयमा सिकाई सञ्चालनका लागि सुझाव संकलन

विराटनगर १२ भदौ–विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाईरसका कारण ५ महिनादेखि विद्यालय बन्द छन् । शैक्षिक गतिविधि ठप्प छ । लामो समय देखि विद्यालय बन्द भएपछि प्रदेश १ सरकारले विद्यालयमा सिकाई सञ्चालनका लागि तयारी सुुरु...

नेपालमा थप २७१४ जनामा कोरोना पुष्टि, २४ जनाको मृत्यु

नेपालमा थप २ हजार ७ सय १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा....

चीन र दक्षिण कोरियाका राष्ट्रपतिबीच भेटवार्ता

एजेन्सी, पुस ७–चीनका राष्ट्रपति सि चिनफिङले सोमबार दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनसँग भेटवार्ता गरेका छन् । बेइजिङस्थित ग्रेट हल अफ पिपुलमा उनीहरूबीच भेटवार्ता भएको अधिकारीहरूले जानकारी दिएका छन् । आफूहरूका बीचमा रणनीतिक साझेदारिता, ठोस...

मेरिल्याण्डमा ह्याण्डराइटिङ्ग प्रतियोगिता, सुवेक्षा र प्रतिभा भए प्रथम

विराटनगर । विराटनगर–७ स्थित मेरिल्याण्ड कलेजले शुक्रबार ह्याण्डराइटिङ्ग प्रतियोगिता सम्पन्न गरेको छ । कक्षा– ११ र १२ का विद्यार्थीहरुविच उक्त प्रतियोगिता आयोजना गरिएको हो । विद्यार्थीहरुलाई उनिहरुभित्र भएको कलाको प्रस्फुटन गर्नका लागि उक्त प्रतियोगिता आयोजना...

एकता दिवसलाई राष्ट्रव्यापी बनाउन दवाव दिनुपर्छः लिङदेन

विराटनगर, २७ पुस-राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र लिङदेनले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई राष्ट्रव्यापी बनाउनका लागि जनस्तरबाट सरकारलाई व्यापक दबाब दिनुपर्ने आवश्यकता भएको बताएका छन् । सोमबार झापाको बिर्तामोडमा आयोजित २९९ औं पृथ्वी जयन्ती...

विश्व मुटु दिवसको अवसरमा विराटेश्वर वृद्धाश्रममा स्वास्थ्य शिविर

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विराटनगरस्थित विराटेश्वर वृद्धाश्रममा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।  विश्व मुटु दिवसको अवसरमा स्वास्थ्य कार्यक्रम अन्तर्गत क्लबले शिविर आयोजना गरेको हो । नोबेल मेडिकल कलेजका डाक्टर र...

औषधी व्यवसायी संघद्धारा सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री प्रदान

विराटनगर, बैशाख २२ नेपाल औषधी व्यवसायी संघ मोरङले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) संक्रमणको क्रममा अग्रपंक्तिमा खटिएको दक्षिण पूर्वि मोरङका सुरक्षाकर्मीलाई आइतबार स्वास्थ्य सामाग्री प्रदान गरेको छ । करिब ६ हप्तादेखि मुलुक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्