बधाइ दिन आउनेको भिडले काम प्रभावित भयो : मुख्यमन्त्री कार्की

 न्यूज विराट
बधाइ दिन आउनेको भिडले काम प्रभावित भयो : मुख्यमन्त्री कार्की

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बधाई तथा शुभकामना दिने आउनेहरुको भिडको कारणले कामकाजमा प्रभावित भएको बताएका छन् ।

प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अवसरमा विराटनगरमा आइतबार आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले मुख्यमन्त्री भएलगत्तै करिब १० दिन सार्वजनिक विदा परेको र अन्य समयमा पनि बधाई दिन आउनेहरुको भिडले काममा असर परेको बताएका हुन् ।

‘बधाई र शुभकामना दिन आउनेलाई भेट्दिन भन्न पनि मिलेन, समय दिनैपरो,’ कार्कीले भने, ‘तर, एकपछि अर्को बधाई दिने टिम आउँदा अन्य काममा पनि असर परेको अनुभूति भएको छ ।’ मुख्यमन्त्री नियुक्त भएको एक महिना पुरा हुन लागेपनि बधाईको क्रम नरोकिएको उनले बताए ।
आफूले विदाको दिन पनि कार्यालय पुगेर बधाई थापिरहेको जानकारीसमेत उनले दिएका छन् ।

‘छिटै बधाई लिनेदिने कार्यक्रम सकियोस् भनेर म दुई दिन जति बिदाको समयमा पनि कार्यालयमा बसँे,’ उनले भने ‘अहिले पनि बधाई दिन आइरहनु भएको छ, तपाईँहरू नआउनुहोस् भन्न पनि आउन सक्दिन ।’ गत पुस २५ गते कार्कीले मुख्यमन्त्रीको सपथ लिएका थिए । मुख्यमन्त्री भएपछि बधाई शुभकामना तथा उद्घाटनमै व्यस्त भएको भनेर आलोचना भएपछि उनले जवाफ दिएका हुन् ।

अर्को प्रशंगमा मुख्यमन्त्री कार्कीले अघिल्लो सरकारले जसरी हैकमवादी शैलीमा राजनीतिक नियुक्ति परिवर्तन नगर्ने बताए । ‘२०१७ साल पुस १ गते राजा महेन्द्रले नेपालका विधानका धाराहरू निलम्बन गरेर बहुदलीय शासन प्रणाली मिचेजसरी नै अघिल्लो सरकारले हैकमवादी शैली अपनाएर केही राजनीतिक नियुक्ति हटाएको थियो,’ उनले भने, ‘तर, म त्यसो गर्दिन । संस्था नै खारेज गर्ने पक्षमा छैन ।’

शेरधन राई नेतृत्वको सकारले गठन आदेशबाट ल्याएको सञ्चार प्रतिष्ठानलाई राजेन्द्र राई नेतृत्वको सरकारले खारेज गरेर कानूनमार्फत संरचना निर्माणको प्रयास गरेको थियो । सरकारले प्रदेश आमसञ्चार सम्बन्धि बिधेयक तयार गरेर प्रदेशसभामा पेश गरेकोमा नेकपा एमालेका सांसद इन्द्रमणि पराजुली सभापति रहेको न्याय प्रशासन तथा विधायन समितिले बिधेयक रोकेर राखेपछि कानून बन्न सकेन ।

पराजुलीले नियतवस् बिधेयकलाई अड्काएर कानून बन्नबाट रोकेको आरोप लाग्दै आएको छ । मुख्यमन्त्री कार्कीले कानूनबाटै प्रदेश सञ्चार प्रतिष्ठान गठन गर्ने बताएका छन् । अघिल्लो सरकारले तयार गरेको बिधेयकमा भने प्रदेश मिडिया काउन्सिल गठन गर्ने प्राबधान रहेको छ ।

हिजो जस्तो एक्लो सरकार नभएकाले काम गर्न ढिलो भएको बताउँदै मुख्यमन्त्री कार्कीले कर्मचारीका कारण पनि काम गर्न सजिलो नभएको उल्लेख गरे । मन्त्रीहरुले सोच्ने तरिका र कर्मचारीले सोच्ने तरिकामा फरक हुने गरेकोले पनि काममा असर परिरहेको उनको भनाइ थियो ।

मुख्यमन्त्री कार्कीले अहिले कायम रहेको ९ वटा मन्त्रालयको संख्या बढ्नसक्ने संकेत गरेका छन । ‘अहिले ९ वटा मन्त्रालय कायम गरिएको छ,यद्यपी संघीय सरकारले अनुसुचिमा भएका अधिकार प्रदेशमा पठायो र कार्यबोझ थपियो भने यो संख्या बढ्नेछ’ उनले भने, ‘तर, त्यसरी बढ्दा पनि १३–१४ पुग्दैन ११ वटासम्म हुनसक्छ ।’

सम्बन्धित समाचार

मिल्स गोल्डकप फुटबल ट्रष्टको अध्यक्षको विष्णु डंगोल चयन

विराटनगर । मिल्स गोल्डकप फुटबल ट्रष्टको अध्यक्षको विष्णु डंगोल अध्यक्षमा चयन भएका छन् । विराटनगरमा शुक्रबार भएको ट्रष्टको आठौं वार्षिक साधरणसभा तथा तेस्रो अधिवेशनबाट डंगोल सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन् । डंगोल खेलकुद क्षेत्रमा...

विराटनगरमा १ साउनबाट सुर्तीजन्य पदार्थ सेवन र विक्री वितरण गर्न नपाइने

विराटनगर । विराटनगर महानगरपालिकाले सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ सेवन र बिक्रीमा थप कडाइ गरेर लैजाने भएको छ । साउन १ गतेदेखिबाट विराटनगरको सार्वजानिक स्थलमा सुर्तीजन्य पदार्थको सेवन र विक्री वितरणमा थप कडाइ गरेर लैजाने विराटनगर...

विराटनगरमा तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगिता हुने

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगिता हुने भएको छ । पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा वैशाख १३ देखि २० गतेसम्म विराटनगरको वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा उक्त...

आगामी एपिसोडदेखि ‘मुन्द्रेको कमेडी क्लब’ बन्द हुदै

काठमाडौं, १६ कात्तिक । कलाकार जितु नेपालले निर्माण निर्देशन र सञ्चालन गर्दै आएको हाँस्य रियालिटी सो ‘मुन्द्रेको कमेडी क्लब’ बन्द हुने भएको छ । आगामी साताको एपिसोडसँगै उक्त सो बन्द हुन लागेको हो । कार्यक्रममा...

व्यवस्थापन संकायमा अब्बल मेरिल्याण्ड, विद्यार्थीको रोजाइमा पर्दै कलेज

विराटनगर । व्यवस्थापन शिक्षामा अब्बल कलेज मध्ये नम्बर वान मा पर्ने एक हो, विराटनगर – ७ रंगेली रोडस्थित मेरिल्याण्ड कलेज । सक्षम नेतृत्व, कुशल व्यवस्थापन र मेहनती प्रध्यापक, शिक्षक शिक्षिकाहरुका कारण यो केलजमा आफ्ना छोराछोरी व्यवस्थापन...

बाहिरियाे विराट-अनुष्का पुत्रीकाे तस्वीर

एजेन्सी, १० माघ । भारतीय क्रिकेट टिमका पूर्व कप्तान विराट कोहलीकी छोरी भमिकाको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ । अभिनेत्री अनुष्का र विराटले छोरीको तस्वीर अहिलेसम्म सार्वजनिक गरेका थिएनन् । तर दक्षिण अफ्रिकासँग गए...

लकडाउन खुकुलो भएसँगै इटलियन सिरी ए फुटबलको प्रशिक्षण सुरु हुने

एजेन्सी, बैशाख १५-कोरोना भाइरसको महामारीसँग ठप्प बनेको युरोपेली फुटबल पुनः सुरु हुने भएका छन् । कोरोना भाइरसका कारण गत फेब्रुअरीदेखि नै प्रभावित बनेको इटलियन सिरी ए का क्लबहरुले लकडाउन खुकुलो भएसँगै प्रशिक्षण सुरु गर्ने भएका...

सप्तरीमा ३ जनाकाे मृत्यु, कोरोना संक्रमणको आशंका

सप्तरी, २१ साउन-सप्तरीमा मृत्यु भएका ३ जनामा कोरोना संक्रमणको आशंका गरिएको छ । कोरोना जस्तै लक्षण देखिएका ३ व्यक्तिको मृत्यु भएको मृतकमध्ये १ जना होम क्वारेन्टाइनमा थिए भने २ जना अस्पतालमा उपचार गराइरहेका थिए ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्