
कर्णालीमा कोरोना भाइरसका कारण १ जनाको मृत्यु
सुर्खेत, ९ असार-कर्णाली प्रदेश अस्पतालमा कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ । दैलख दुल्लु नगरपालिका–३ का ३५ वर्षीय पुरुषको गएराति साढे ९ बजे मृत्यु भएको हो । असार ३ गते सामान्य उपचारका लागि आएका...
विराटनगर । ११ औं संस्करणको हिसान स्पोर्टस् मिट अन्तर्गत विभिन्न खेलहरूमा चार वटा कलेजले उपाधि जितेका छन् । सोमबार राती सम्पन्न भएको फाइनलमा फुटबलमा विराटनगरमा रहेको कोशी क्याम्पस, भलिबल छात्रामा अर्किड, सोही विधाको छात्रमा मोर्डन ऐरा र क्रिकेटमा कान्तिपुर कलेजले उपाधि जितेको हो ।
फुटबलको फाइनलमा कोशी क्याम्पसले मोडन एरा कलेजलाई २–० को गोल अन्तरले पराजित गरि उपाधि जितेको छ । कोशीको जितमा प्रदिप तामाङ र गौरभ धिमालले गोल गरे । फाइनल खेलको म्यान अफ द फाइनल कोशीका प्रदिप तामाङ घोषित भए । त्यस्तै हाइ स्कोर मर्डन एराका नविन चौधरी र कोशीका सुरज लिम्बु भए । दवैले ५–५ गोल गरे । त्यसैगरी उत्कृष्ट किपर कोशीका धिरेन्द्र परियार, प्रतियोगिताकै उत्कृष्ट खेलाडि कोशीका गौरभ धिमाल तथा अनुशाशित टिम पथरिको रेड स्टार कलेज भयो ।
सोमबार विहान भएको भलीबलको छात्राको फाइनलमा अर्किड कलेजले कोशी कलेलाई २–० को सोझो सेटले पराजित गरि उपाधि जितेको छ । उत्कृष्ट स्पाइकर अर्किडका रोशिका बराइली घोषित भइन् भने उत्कृष्ट लिफ्टर अर्किडकी ललिता मगर तथा उत्कृष्ट फिेण्डर कोशीकी सविना माझी घोषित भइन् ।
त्यस्तै भलिबल छात्रको फाइनलमा मर्डन एरा कलेजले कान्तिपुर कलेजलाई २–१ को सेटले पराजित गरेको छ । उत्कृष्ट स्पाइकर मोर्डन एराका अर्जुन विक, उत्कृष्ट लिफ्टर मोर्डन एराका सविन तामाङ र उत्कृष्ट डिफेण्डर कान्तिपुरका सुर्लशन लिम्बु भए ।
अस अघि साविक विजेता कोशी क्याम्पसलाई फराकिलो रन अन्तरले पराजित गर्दै कान्तीपुर कलेज हिसान क्रिकेटको नयाँ च्याम्पियन बनेको छ । वैजनाथपुरको क्रिकेट मैदानमा भएको खेलमा कान्तीपुरले साविक विजेता कोशी क्याम्पसलाई ९८ रनको फराकिलो अन्तरले पराजित गदै हिसान क्रिकेटको च्याम्पियन बनेको हो ।
हिसान स्पोर्टस् मिटको ११ औं संस्करणको फाइनलमा टस जितेर ब्याटिङ गरेको कान्तीपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाई १ सय ३७ रनको विशाल योगफल तयार पारेको थियो । कान्तीपुरका जितमा निशान्त यादवले ४० रन, भोला सेठले २७ रन, कृष्ण गुप्ताले २५ रन र नवराज संग्रौलाले १५ रनको योगदान दिए । कोशीका सुमन पासवान र अमित राँयले १–१ विकेट लिए ।
जवाफमा १ सय ३८ रनको विशाल लक्ष्य पछ्याएको कोशीले कान्तीपुरको बलरसामु घुँडा टेक्दै १३ ओभरमा सवै विकेट गुमाई ३९ रनमा सिमित भयो । कोशीका सुमन पासवानले १० रन बाहेक अरु ब्याटरले कान्तिपुरका बलरसामु टिकेर खेल्ल सकेनन् । कान्तीपुरका म्यान अफ द फाइनल कान्तीपुरमा राज वर्माले ४ ओभरमा ९ रन दिएर ७ विकेट लिँदा अफुदिन रेनले २ विकेट लिए । प्रतियोगिताको उत्कृष्ट खेलाडि कान्तपिुरका राज वर्मा घाषित हुँदा कान्तीपुरकै अविशेक मण्डल उत्कृष्ट बलर भए । त्यस्तै कोशीका अमित राँय उत्कृष्ट ब्याटर घोषित भए ।
विजयी तथा सहभागिलाई हिसानका केन्द्रीय अध्यक्ष रमेश सिलबार, केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, केन्दीय सदसस्यहरु राजेश कार्की,बलराम पन्त र शैकर भट्टराई, प््देश अध्यक्ष जानबहादुर खडका, प्रदेश सचिव दिनेश बास्तोला र जिल्ला अध्यक्ष अमित ढकाललगायतले पुरस्कार तथा प्रमाण पत्र वितरण गरे ।
सुर्खेत, ९ असार-कर्णाली प्रदेश अस्पतालमा कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ । दैलख दुल्लु नगरपालिका–३ का ३५ वर्षीय पुरुषको गएराति साढे ९ बजे मृत्यु भएको हो । असार ३ गते सामान्य उपचारका लागि आएका...
नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १०९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप...
विराटनगर । विराटनगर २ स्थित बुढानीलकण्ठ माध्यमिक विद्यालयमा सोमबार शैक्षिक सत्र २०८१ को वार्षिक परीक्षाफल वितरणको अवसरमा चित्रकला तथा हस्तकला प्रदर्शनीको आयोजना गरिएको छ । विगत ४१ वर्षदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको यस विद्यालयले...
विराटनगर, २५ वैशाख । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले जातजाती नहेरी नेपाली कांग्रेसका उम्मेदवारलाई मतदान गर्न आग्रह गरेका छन् । बुढीगंगा गाउँपालिकामा सोमबार चुनावी सभामा बोल्दै उनले बुढीगंगामा थारुले थारुलाई मात्र मत दिन्छ भन्ने हल्ला...
विराटनगर, ९ जेठ । एलपी ग्यास ग्यास बिक्रेता संघ मोरङ पेट्रोलिम पदार्थमा गरिएको मुल्यबृद्धि तत्काल फिर्ता लिन माग गरेको छ । नेपाल सरकारले नियतबस जनताको ढाड सेक्नेगरी १६०० पर्ने ग्यासको मुल्य बढाएर १८०० कायम गरेको...
विराटनगर । उद्योग संगठन मोरङले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । नेपालीहरूको महान चाड शुभ–दीपावली, नेपाल सम्वत् ११४५ र छठ पर्वको अवसर पारेर संगठनले सोमबार शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेका हो । कार्यक्रममा सबै...
काठमाडौं, २ असोज । कमेडी च्याम्पियन दोस्रो सिजनको उपाधि भरतमणि पौडेलले जितेका छन् । फाइनलमा विक्की अग्रवाल र सन्तोष थापालाई पछि पार्दै ताप्लेजुङका भरतमणिले उपाधि चुमेका हुन् । उपाधि जितेसँगै भरतले २५ लाख र कार...
काठमाडौं, २ माघ । अतिरिक्त शुल्कको विरोधमा आन्दोलनरत विद्यार्थीका अभिभावक र नोबेल मेडिकल कलेजबीच भएको सहमतिप्रति विद्यार्थी संगठनहरूले आपत्ति जनाएका छन् । केही अभिभावकले आर्थिक प्रलोभनमा परेर सहमति गरेको भन्दै नोबेल मेडिकल कलेजविरुद्ध आन्दोलनरत विद्यार्थी...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.