एलपी ग्यासको मुख्य बृद्धि तत्काल फिर्ता लिन माग - News Birat

एलपी ग्यासको मुख्य बृद्धि तत्काल फिर्ता लिन माग

न्यूज विराट

विराटनगर, ९ जेठ । एलपी ग्यास ग्यास बिक्रेता संघ मोरङ पेट्रोलिम पदार्थमा गरिएको मुल्यबृद्धि तत्काल फिर्ता लिन माग गरेको छ । नेपाल सरकारले नियतबस जनताको ढाड सेक्नेगरी १६०० पर्ने ग्यासको मुल्य बढाएर १८०० कायम गरेको भन्दै तत्काल फिर्ता लिन माग गरेको छ ।

एलपी ग्यास विक्रेत संघ मोरङका अध्यक्ष गणेश साहले एक विज्ञप्ती किाल्दै सरकारले ग्यासको मुल्य तत्काल फिर्ता नलिए सम्पूर्ण व्यवसायी आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

ऋाफ्ना मागप्रति वेवास्ता गरिए मंगलबारदेखि व्यापक आन्दोलनमा उत्रने साहले बताए । ‘जनतालाई दुख दिने कार्य अविलम्ब बन्द नभए कडा आन्दोलन गर्न बाध्य हुने छौँ ।’ साहद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ,‘सरकारले जनताको ढाड सेक्ने गरी गरेको मूल्य वृद्धि तुरुन्त फिर्ता लियोस भनी ग्यास बिक्रेता संघ जोडदार माग गर्दछ ।’

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2022 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles