विराटनगरको नोबेल मेडिकल कलेज र अभिभावकबीच भएको सहमतिप्रति विद्यार्थी संगठनको आपत्ति

 न्यूज विराट
विराटनगरको नोबेल मेडिकल कलेज र अभिभावकबीच भएको सहमतिप्रति विद्यार्थी संगठनको आपत्ति

काठमाडौं, २ माघ । अतिरिक्त शुल्कको विरोधमा आन्दोलनरत विद्यार्थीका अभिभावक र नोबेल मेडिकल कलेजबीच भएको सहमतिप्रति विद्यार्थी संगठनहरूले आपत्ति जनाएका छन् । केही अभिभावकले आर्थिक प्रलोभनमा परेर सहमति गरेको भन्दै नोबेल मेडिकल कलेजविरुद्ध आन्दोलनरत विद्यार्थी संगठनहरूले विरोध गरेका हुन् ।

आइतबार अनेरास्ववियु, चिकित्सा शिक्षा संघर्ष समिति, नेपाल विद्यार्थी संघ, नेकपा (एस) निकट अनेरास्ववियु, अखिल (क्रान्तिकारी) र समाजवादी विद्यार्थी युनियनले संयुक्त विज्ञप्ती जारी गर्दै आन्दोलन नरोकिने बताएका छन् ।

‘केहि बिकाउ अभिभावकले ५ बुँदे सहमति गरेको कार्यप्रति हामी संयुक्त विद्यार्थी संगठन र पीडित विद्यार्थीको गम्भीर आपत्ति रहेको छ,’  संयुक्त विज्ञप्तिमा उल्लेख छ, ‘आर्थिक प्रलोभनमा परेर ४ जना बिकाउ अभिभावकले संयुक्त विद्यार्थी संगठन, चिकित्सा शिक्षा संघर्ष समिति, पीडित विद्यार्थी र जिल्ला प्रशासन कार्यालयको प्रतिनिधिको अनुपस्थितिमा गरेको सहमति हामीलाई मान्य छैन ।’

सम्बन्धित समाचार

विराटनगरका पत्रकार कर्ण र पाठक सम्मानित

विराटनगर । विराटनगरका दुई जना पत्रकार सम्मानित भएका छन् । नेपाल क्षयरोग निवारण संस्थाले विराटनगरका नविन कर्ण र सुशिला पाठकलाई सम्मान गरेको हो । शनिवार विराटनगरमा आयोजित संस्थाको ५३ औं जिल्ला सभाकाबीच कर्ण र पाठकलाई...

सुनसरीको रामधुनीमा सवारी दुर्घटना, एकजनाको मृत्यु

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका ७ ईचौलस्थितमा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो पौने २ बजे चतरा कान्छी चोक सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउदै गरेको को. २१ प. ५८१०नम्बरकोस्कुटर र बिपरितदिशाबाट...

ब्राउनसुगर सहित ३ जना पक्राउ

विराटनगर । झापाको दुई छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔँषध नियन्त्रण ब्युरो काँकरभिट्टा बाट संयुक्त रुपमा खटिएको प्रहरी...

प्रहरीलाई कुटपिट गरेको आरोपमा तीन जना पक्राउ

विराटनगर । संखुवासभाको पाँचखपनको बिहीबारेमा प्रहरीमाथि कुटपिट गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बानाबाट ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिट र दुर्व्यवहार गरेको आरोपमा पाँचखपन नगरपालिका ७ बिहीबारेका महेश कटुवाल, वसन्त कटुवाल...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्

Scholarship Shikshadeep College