रोगको नियन्त्रणका लागि तीनै तहको सरकारवीच समन्वयमा जोड

 न्यूज विराट
रोगको नियन्त्रणका लागि तीनै तहको सरकारवीच समन्वयमा जोड

विराटनगर । उपेक्षित उष्णप्रदेशिय रोगहरुलाई रोकथाम र नियन्त्रण गर्न तीन तहको सरकारले समन्वय गरेर अगाडी बढ्नु पर्ने एक कार्यक्रममा सरोकारवाहरूले जोड दिएका छन् ।
प्रदेश १ स्वास्थ्य निर्देशनालय धनकुटाद्वारा आयोजित चौथो विश्व उपेक्षित उष्णप्रदेशिय रोग दिवश २०७९ को अवसरमा विराटनगरमा सोमबार आयोजित कार्यक्रमका सहभागिहरुले यस्तो बताएका हुन् ।
विशेषगरि गर्मी ठाउँ र सिमान्तकृत समुदायमा देखिने कुष्ठरोग, लुतो, हात्तिपाइले, रेबिज, कालाजार , सर्पदंश, माटोबाट सर्ने जुका , फित्तेजुका, डेंगु र चिकनगुनिया र खस्रे रोग जस्ता १० वटा रोगहरु उपेक्षित रोगमा पर्नेगरेको बताएको छ ।
स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेतले रोग नियन्त्रण र निवारण गर्ने कुरामा तीन तहको सरकारले अपन्तव लिदै सबैको सहभागिता र सहकार्यमा अगाडि बढाउनु पर्नेमा जोड दिए ।
स्वास्थ्य मन्त्री निर्मला लिम्बुले १० वटा रोगहरु प्राथमिकतामा नपरेपनी यी रोगहरु गम्भीर किसिमको भएको बताए । उनले स्वास्थ्य क्षेत्रको लागि संघमा बजेट भए पनि प्रदेश १ जहिले पनि ओझेलमा पर्ने गरेको गुनासो गरे । मन्त्री लिम्बुले रोगलाई रोकथाम र नियन्त्रण गर्न उपचार संगै जनचेतना आवश्यक रहेकोले स्थानीय भाषालाई प्राथमिकतामा राखनु पर्नेमा जोड दिए ।
उनले यस्ता रोगहरुलाई नियन्त्रण र रोकथाम गर्न पर्याप्त बजेट नभेकोले चाहे अनुसार काम गर्न अफ्ट्यारो हुने गरेको बताए । उनले अगामी दिनमा यस्ता रोगहरुको रोकथाम र नियन्त्रणको लागि आवश्यक बजेट र स्रोत साधनको ब्यवस्था गर्ने प्रतिबद्धता गरे ।
प्रदेश १ स्वास्थ्य मन्त्रालयका नीति तथा योजना महाशाखा प्रमुख डा सुरेश मेहताले स्वास्थ्य मन्त्रालयको बजेट न्यून हुने भएकोले त्यही अनुसार काम गर्दा शुक्ष्म तहमा गर्नु पर्दा गाह्रो हुने गरेको बताए । उनले जुन क्षेत्रमा जुन रोग का संक्रमितहरु छन त्यसलाई मध्ये नजर गर्दै प्रभावित क्षेत्र औषधि सेवन संगै जनचेजना फैलाउने काम गर्ने गरेको बताए । सरकारले विभिन्न रोगहरुको लागि बजेट छुटयाए पनि उक्त बजेट पर्याप्त नभएको गुनासो गरे ।
प्रदेश १ नगरपालिका संघका प्रमुख तथा बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईले उपेक्षित यी १० वटा रोगलाई नियन्त्रण र निवारण गर्न ३ तहको सरकार बिच एकीकृत सहकार्यको आवश्यकता रहेको बतए । उनले स्वास्थ्य क्षेत्र जटिल र संवेदनशील क्षेत्र भएकोले यसलाई सुरक्षित राखन ३ तहको सरकारको समन्वय संगै पर्याप्त बजेट आवशयक रहेको बताए ।

प्रदेश पत्रकार महासंघ प्रदेश १ को अध्यक्ष लिला बल्लभ घिमिरेले १० वटा रोग ओझेलमा परेको कुरा आई रहदा राज्य स्वास्थ्य क्षेत्रमा गम्भीर नभएको बताए । उनले सरकारको प्राथमिकतामा शिक्षा र स्वास्थ्य नपरेको आरोप लगाए । उनले सरकारले पत्रकारलाई स्वास्थ्य क्षेत्रमा दक्ष बनाउन अहिले पनि अगाडी नसरेको बताए ।

सम्बन्धित समाचार

विराटनगरमा राष्ट्रिय वैज्ञानिक सम्मेलन सुरु

विराटनगर, माघ २३–‘समृद्धिका लागि एकीकृत जैविक स्रोत’ भन्ने मूल नाराका साथ विराटनगरमा बिहीबारदेखि राष्ट्रिय वैज्ञानिक सम्मेलन सुुरु भएको छ । दुुई दिनसम्म चल्ने सो सम्मेलनमा नेपाल, भारत तथा बंगलादेशका ३ सयभन्दा बढी जीव वैज्ञानिक तथा...

प्रदेश १ मा कोरोनाबाट थप ९ जनाको मृत्यु, मृतकको संख्या ३२१ पुग्यो

विराटनगर, ६ कात्तिक-पछिल्लो २४ घण्टामा प्रदेश १ मा मात्र कोरोना भाइरसको संक्रमणबाट थप नौ जनाको मृत्यु भएको छ । संक्रमणका कारण चार महिला र पाँच पुरुषको मृत्यु भएको हो । पछिल्लो २४ घण्टाको अवधिमा कोरोना...

भारतीय सञ्चारमाध्यममा ‘ग्रेटर नेपाल’, भन्छ–सुगौली सन्धिमा नक्सा टुंगो लागेको थिएन

एजेन्सी, जेठ २२-नेपाल र भारतबीच पछिल्लो समयमा सीमा विवाद उत्कर्षमा छ । दक्षिण एसियामा भारत एकैपकट नेपाल, पाकिस्तान र चीनसँग सीमा विवादमा अल्झिएको छ भने बंगलादेशसँग सीमा विवाद पुरानै समस्या हो । यस्तो अवस्थामा भारतका...

पत्रकार विश्वकर्माको उपचारमा लापरवाही गर्ने अस्पताललाई कारबाहीको माग

काठमाडौं, ७ माघ । पत्रकारसँग सम्बन्धित विभिन्न सङ्घसङ्गठनले बिहीबार निधन भएका पत्रकार एलबी विश्वकर्माको उपचारमा लापरवाही गर्ने अस्पताललाई कारबाही गर्नुपर्ने माग गरेका छन् । श्रमजीवी पत्रकार सङ्घ नेपालले नयाँबानेश्वरस्थित निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल)मा उपचारका...

प्रधानमन्त्रीलाई नारायण खड्काको आग्रह : उदयपुर अवस्थाप्रति गम्भीर बनिदिनुहोस्

काठमाडाैं, १४ वैशाख-सांसद एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. नारायण खड्काले उदयपुरमा कोरोना संक्रमण रोकथामका लागि विशेष कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका छन् । आइतबार बालुवाटारमा प्रधानमन्त्री केपी शर्मालाई भेटेर सांसद खड्काले यस्तो आग्रह गरेका...

बस्नेत, श्रेष्ठ र सर्वेन्द्र खनाल विरुद्धको मुद्दा तामेलीमा

काठमाडौं, जेठ ४-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद महेश बस्नेत, किसान श्रेष्ठ र पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनाल विरुद्धको मुद्दा तामेलीमा राख्ने निर्णय गरिएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले प्रहरी प्रतिवेदनका आधारमा तामेलीमा...

गुटको राजनीति छाडेर संगठन सुदृढिकरणमा लाग्न कांग्रेसलाई विज्ञहरुको सुझाव

विराटनगर, फागुन ३–गुटको राजनीति छाडेर संगठन सुदृढीकरणमा लाग्न नेपाली कांग्रेसका नेताहरुलाई विभिन्न क्षेत्रका विज्ञहरूले सुझाव दिएका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिति मोरङले शनिबार विराटनगरमा आयोजना गरेको दीर्घकालीन रणनीति निर्माण सम्बन्धी अन्तक्र्रियात्मक कार्यशाला गोष्ठीमा सहभागिहरूले...

विराटनगरमा खुल्दै १ करोड २५ लाखमा ‘ओएसिस लन्च एण्ड बार’, आम्दानीको १५ प्रतिशत सामाजिक काममा खचिर्ने

विराटनगर । तीन दशकदेखि पर्यटन व्यवसायको क्षेत्रमा रहेका जितेन्द्र श्रेष्ठले विराटनगरमा ओएसिस लन्च एण्ड बार संचालनमा ल्याउने भएका छन् । विराटनगर महानगरपालिका – ५ भृकुटी चौकमा १ करोड २५ लाख रूपैयाँ लगानीमा ओएसिस लन्च एण्ड...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्