बलात्कार गरेर भारत लैजान खोज्ने दुई भारतीय नगरिक पक्राउ

 न्यूज विराट
बलात्कार गरेर भारत लैजान खोज्ने दुई भारतीय नगरिक पक्राउ

विराटनगर । जबरजस्ती करणी गरेर भारत लैजान खोज्ने दुई जना भारतीय नागरिकलाई प्रहरी र साना हातहरू नामक संस्थाले पक्राउ गरेको छ । भारत घर भएका ४० वर्षीय बाबु साहब र मोहम्मद जाहगीरलाई पक्राउ गरेको हो ।

उनीहरूले झापाको २७ वर्षीय महिलालाई विराटनगरको एक होटेलमा माघ १२ गते जबरजस्ती करणी गरेको आरोप लागेको छ । करणी गरेपछि विभिन्न प्रलोभन देखाएर २७ वर्षीय महिला र उनको दिदीको १४ वर्षीय छोरीलाई भारतमा रोजगारी लगाइदिने भन्दै लैजाने क्रममा प्रहरी र साना हातहरू नामक संस्थाले सीमावर्ती क्षेत्रबाट भारतीय नागरिकलाई पक्राउ गरिएको हो । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय रानी विराटनगरले मोरङ अदालतमा आइतबार मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । ‘अहिले घटनाको अनुसन्धान भइरहेको छ,’ डिएसपी श्रेष्ठले भने, ‘अनुसन्धानपछि थप विषय खुल्नेछ ।’
पक्राउ परेका भारतीय नागरिक केही दिनयतादेखि विराटनगरको होटमाल बस्दै आएका थिए । १२ माघ कामको खोजीमा ती महिला र बालिका विराटनगरको रोडशेषचौकदेखि दक्षिणको एक होटेलमा पुगेका थिइन् ।
‘उनीहरूले त्यहाँ होटेलमा काम मागेको रहेछन् । त्यही होटेलमा रहेका भारतीय नागरिक बाबु साहेब र जाहेरीले नियाली रहेका रहेछन् । त्यही बिचमा बाबु साहेब र जाहेरीले तिमीलाई हामी राम्रो काममा लगाइदिन्छौ भन्दै विभिन्न प्रलोभनमा पारे । त्यही नजिकको होटेलमा लगेर जबरजस्ती करणी गरेपछि भोलिपल्ट भारत लैजाने क्रममा पक्राउ गरिएको हो,’ साना हातहरू नेपालका स्टेसन म्यानेजर दिवस श्रेष्ठले भने ।

सम्बन्धित समाचार

राष्ट्रपतिको विज्ञप्ति लगत्तै मन्त्रिपरिषदको आकस्मिक बैठक, संसद विघटन हुन सक्ने

काठमाडौं, ७ जेठ । मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अहिले बस्दैछ । केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका हुन् । साँझ ७ बजे बोलाइएको बैठक स्थगित भएको केही घण्टा नबित्दै राति मन्त्रिपरिषद बैठक बस्न...

चिनियाँ दूतावासले भन्योः कानुनको पालना सबैले गर्नुपर्छ

काठमाडौं, २७ वैशाख-स्वदेश फिर्ता हुन पाउनुपर्ने माग गर्दै सिंहदरबारअगाडि प्रदर्शन गर्न पुगेका चिनियाँ नागरिकबारे चिनियाँ दूतावास बोलेको छ । शुक्रबार दिउँसो स्वदेश फिर्ता हुन पाउनुपर्ने माग गर्दै सिंहदरबार अगाडि प्रदर्शन गर्न पुगेका चिनियाँ नागरिक र...

कोशी अस्पतालाई भेण्टिलेटर सहित ४२ लाख ७४ हजारको स्वास्थ्यसमाग्री निशुल्क प्रदान

विराटनगर–कोभिड १९ को नयाँ भेरिएन्ट अमिक्रोन भाइसर फैलिरहेको बेला लुथरन सामुदायिक कल्याण समाज रंगेलीले भेण्टिलेटर सहित ४२ लाख ७४ हजार १०४ रुपैयाँ बरबरको स्वास्थ्य सामाग्री कोशी अस्पताललाई निशुल्क प्रदान गरेको छ । स्वास्थ्य समाग्री हस्तान्तरण...

बागलुङकी एक महिलामा कोरोना ‘र्‍यापिड टेष्ट’ पोजिटिभ

पोखरा, ३० चैत-गण्डकी प्रदेश सरकारले कोराना भाइरसको द्रुत परीक्षण (र्‍यापिड डाइगोनोस्टिक टेष्ट) लाई तीब्र बनाएपछि बागलुङमा थप एकजना शंकास्पद (पोजेटिभ) लक्षण भएका महिला फेला परेकी छन् । आइतबार बागलुङको काठेखोला गाउँपालिकामा जोखिम मानिएका ५७ जनाको...

प्रदेश २ मा आज मात्रै ४५ जना संक्रमित थपिए

जनकपुरधाम, १४ जेठ-प्रदेश २ मा आज ४५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र हेटौँडा प्रयोगशालामा गरिएको परीक्षणको क्रममा ४५ जनाको रिपोर्ट पोजेटिभ आएको हो । जसमध्ये ३८ जनाको स्वाब...

जिफन्टद्धारा विराटनगर युवा कमिटि गठन : अध्यक्षमा रमेश, उपाध्यक्षमा सृजना

विराटनगर । नेपाल टे«ड युनियन महासंघ जिफन्ट कोशी प्रदेश युवा कमिटिद्धारा युवा भेला आयोजना गरेको छ । विराटनगरस्थित पानचालीमा रहेको पार्टी कार्यालयमा शनिबार प्रथम विराटनगर महानगर कमिटिको युवा भेला आयोजना गरिएको हो । उक्त भेलाले...

अंग्रेजी भाषा मात्र सवैथोक होइनः मन्त्री घिमिरे

विराटनगर, ३ कात्तिक–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रविधिको विकाससँगै नेपाली शब्दावलीहरु हराउँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले नेपाली शब्दावली लोप हुनेतर्फ चिन्ता व्यक्त गरे । सामाजिक विकास मन्त्रालयद्धारा सोमबार...

शुक्रबारदेखी सुरुहुने विराट एक्स्पोको तयारी पुरा, १ अर्वको कारोबार हुने अनुमान

विराटनगर, फागुन २९–आगामी फागुन २ गतेदेखि विराटनगरमा शुरु हुने विराट एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको छ । स्थानीय उत्पादनको प्रवद्र्धन र लगानी मैत्री वातावरण निर्माण गर्ने उद्देश्यले आयोजना हुने लागेको विराट एक्स्पो कृषि तथा औद्योगिक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्