विराटनगर । पुरुषोत्तम धनकुमारी चापागाई स्मृति प्रतिष्ठान विराटनगरले आफनो नवौं बार्षिकोत्सका अवसरमा भाषा साहित्य , धर्म संस्कृति र पत्रकारिता क्षेत्रमा योगदान गर्ने तीन जनालाइ सम्मान गरेको छ ।
विराटनगरमा एक कार्यक्रममा आयोजना गरी तीन जनालाई सम्मान गरिएको हो । यसरी सम्मानित हुनेहरूमा पत्रकारितातर्फ उदघोष दैनिकका प्रवन्ध सम्पादक विजय खतिवडा , भाषा साहित्यतर्फ प्राडा चक्रपाणी खनाल र धर्म संस्कृतितर्फ ब्रम्हकुमारी राजयोग सेवा केन्द्रकी रेनुका उप्रेति रहेका छन् ।
उनीहरुलाइ जनही ११ हजार १ सय ११ रुपैया राशीसहित सम्मान गरिएको हो । बरिष्ठ साहित्यकार दधिराज सुवेदी र प्रतिष्ठानका अध्यक्ष माधव अत्रि लगायतले उनीहरुलाइ सम्मान गरेका हुन ।