विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल महानगर कमिटी विराटनगरले ११३ औँ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसर पारेर दुई जना ब्यूटिसियनलाई सम्मान गरेको छ ।
राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल विराटनगरका निवर्तमान अध्यक्ष अमिता पोखरेल र निवर्तमान उपाध्यक्ष गीता भट्टराईलाई सम्मान गरिएको हो । सम्मानित व्यक्तिहरूलाई कदर र पत्र र दोसल्ला ओढाएर कार्यक्रमको प्रमुख अतिथि पूर्व सांसद योसदा अधिकारी र सौन्दर्यकर्मी युनियन नेपाल विराटनगरकी अध्यक्ष भली सुब्बा गुरूङ्गले सम्मान गरेकी थिइन् ।
सौन्दर्यकर्मी युनियन नेपाल विराटनगरले होली मिलन कार्यक्रम पनि आयोजना गरेको छ । कार्यक्रम सञ्चालन सौन्दर्यकर्मी युनियन नेपाल विराटनगर महानगरकी सचिव बसन्ती गुरूङ्गले गरेकी थिइन् ।
कार्यक्रमको प्रमुख अतिथि पूर्व सांसद यशोदा अधिकारीले हरेक क्षेत्रमा महिलाको सहभागिता सुनिश्चित गर्दै निर्णायक तहमा महिलाको स्थान सुरक्षित हुनुपर्ने बताइन् । समाजमा जरो गाडेको पुरातन वादी सोचमा परिवर्तन र पुरुषवादी मानसिकतामा शुद्धीकरण भई समानताको व्यवहार देखिनुपर्ने बताइन् ।
सौन्दर्यकर्मी युनियन नेपाल विराटनगरकी अध्यक्ष भली सुब्बा गुरूङ्गले सौन्दर्यकर्मी पेशाले महिलाहरूलाई आत्मनिर्भरमा ठुलो सहयोग पुगेको बताइन् । उनले ब्यूटिसियन सम्मानित पेशाको रूपमा हेरेर यसलाई मर्यादित र व्यवसायीक रूपमा अगाडी बढुनपर्नेमा जोड दिइन् ।
कार्यक्रममा एसबी नेपालकी अध्यक्ष विष्णु शर्माले महिला भएकै कारण सांस्कृतिक, आर्थिक, शारीरिक एवं मानसिक रूपमा हुने विभेद अन्त्य गरिनुपर्ने बताइन् । महिला हिंसा र विभेदको अन्त्य गरी पीडित महिलालाई क्षतिपूर्ति सहितको न्याय दिलाई महिलाको हक अधिकारको संरक्षण गर्दै नीतिगत कानुनी एवं व्यवहारगत सुधार गरिनुपर्ने उनको भनाई छ ।
कार्यक्रममा राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपालको केन्द्रीय कमिटीकी उपमहासचिव ममता प्रधान, नेपाल ट्रेड युनियन महासङ्घ महिला कमिटी कोसी प्रदेशकी अध्यक्ष डोमा गिरी राई, नेपाल घरेलु तथा साना उद्योग महासङ्घ मोरङ महिला उद्यम समितिका अध्यक्ष सुनिता छाराङ्गगायतको उपस्थिति रहेको थियो ।
पोखरा, फागुन ११–पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गरेको स्नातकोत्तर प्रवेश तहको परीक्षा रद्द भएको छ । परीक्षा समितिले आइतबार सूचना निकालेर एमडी र एमएस (स्नातकोत्तर) तहको प्रवेश परीक्षा रद्द भएको जनाएको हो । शनिबार भएको...
विराटनगर, पुस १६=प्रदेश १ मा भ्रमण वर्ष २०२० को औपचारिकरुपमा बुधबार उद्घाटन गरिएको छ । प्रदेश राजधानी विराटनगरको शहीद रंगशालामा एक कार्यक्रमका बीच मुख्यमन्त्री शेरधन राईले भ्रमण वर्षको उद्घाटन गरे । नौमति बाजा बजाएर विभिन्न जातजाति...
विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा (२) अनुसार संयुक्त सरकारको नेतृत्व गर्ने गरी कार्कीलाई आइतबार साझ मुख्यमन्त्री पदमा नियुक्त गरेका...
विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशमा नामकरणको विषयमा देखिएको असन्तुष्टि संवाद र छलफलको माध्यमबाटै समाधान गर्नुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा बिहीबार साझ संचारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । ‘यो विषय...
विराटनगर, ७ माघ । विराटनगरमा फेरी कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । आइतबारदेखि माघ १४ गतेसम्म विराटनगरका सवै वडाहरुमा कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन हुने भएको हो । यस अघि कोरोना भाइरसविरुद्धको...
काठमाडौं, १४ साउन-वीरगञ्जमा एकै दिन २ कोरोना संक्रमितको मृत्यु भएको छ । छुट्टाछुट्टै अस्पतालमा बुधबार २ कोरोना संक्रमितको मृत्यु भएको हो । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनुसार नेशनल मेडिकल कलेज तथा शिक्षण...
गत २४ घण्टामा १ हजार ७ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसहित संक्रमितको कुल संख्या २ लाख २९ हजार ३ सय ४३ जना पुगेको छ । त्यस्तै, आज १ हजार २...
विराटनगर । कोशी प्रदेशको स्टार्टअप नीति तर्जुमाका विराटनगरमा सरोकारवालाहरु बीचको सम्वाद कार्यक्रम भएको छ ।नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेश र उद्योग, कृषि तथा सहकारी मन्त्रालयको आयोजनामा विराटनगरमा बिहीबार सम्वाद कार्यक्रम भएको हो । प्रादेशिक...