तेली कल्याण समाजद्धारा निः शुल्क लोकसेवा तयारी कक्षा सुरू

 न्यूज विराट
तेली कल्याण समाजद्धारा निः शुल्क लोकसेवा तयारी कक्षा सुरू

विराटनगर । तेली कल्याण समाज नेपाल मोरङ र नापी पेसाकर्मी समाज मोरङको संयुक्त आयोजनामा निःशुल्क लोक सेवा तयारी कक्षा सुरु भएको छ । विराटनगरमा सोमबार एक कार्यक्रम आयोजना गरी निःशुल्क लोक सेवा तयारी कक्षा सुरु भएको हो ।

एक महिनासम्म संचालन हुने निःशुल्क लोकसेवा तयारी कक्षामा अमिन, सर्वेक्षक र नापी अधिकृतका लागि आवेदन दिएका २० जनाको सहभागि रहेको तेली कल्याण समाज नेपाल मोरङका अध्यक्ष डाक्टर बालकृष्ण साहले जानकारी दिए ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदिप कुमार साहको प्रमुख अतिथिमा समुद्घाटन गरिएको कार्यक्रममा अध्यक्षता दुवै संस्थाका अध्यक्ष डाक्टर बालकृष्ण साह र सियाराम यादवले गरेका थिए । कार्यक्रममा प्रमुख अथिति प्रदिप कुमार साहले दिनदिनै आवेदनको संख्या बढि र आवश्यकता कम भएकाले प्रतिस्पर्धा बढि हुने भएकाले मेहनत गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रम तेली कल्याण समाज र नापी पेशाकर्मी समाजको संयुक्त आयोजनामा भएको भए तापनि जुनसुकै जात, समुदायका आवेदक सहभागी हुन सक्ने साहले बताए । कार्यक्रममा दुवै समाजका पदाधिकारीहरु, कोशी हेल्थ कलेजका निमित्त क्याम्पस प्रमुख सुर्य नारायण चौधरी, प्रमुख प्रशिक्षक नापी अधिकृत प्रविण कुमार साह, समाजका बिराटनगर अध्यक्ष अनिल साह लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

प्रदेश २ मा २४ घण्टामा ६४ कोरोना संक्रमित थपिए  

जनकपुर, १९ जेठ-प्रदेश २ मा कोरोना संक्रमित संख्या ६ सय १३ पुगेको छ । पछिल्लो २४ घण्टामा यस प्रदेशका ४ जिल्लाका ६४ जना नयाँ संक्रमित थपिएपछि सो संख्या पुगेको हो । पछिल्लो समयमा रौतहटबाट २८,...

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं, ५ माघ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रूपैयाँ मूल्य बढाएको हो । मूल्यवृद्धिपछि काठमाडौंको लागि...

मन्त्री अमनलाल मोदीको पहलमा लोहन्द्रा खोलामा पुल बनेपछि कृषकमा ल्याएको खुसी

विराटनगर । संघीया मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीको पहलमा आफ्नो निर्वाचन क्षेत्रमा पर्ने मोरङको बेलबारी नगरपालिका – ५ कसेनीस्थित बाढीले बगाएको लोहन्द्रा खोलामा पक्की पुल र साइफन बनेपछि स्थानीयमा खुसियाली छाएको छ ।...

विपदको समयमा पठाइएको रकम अनुमोदन

काठमाडौं, १५ वैशाख-काठमाडौं महानगरपालिकाले कोरोना सङ्क्रमण, रोकथाम तथा नियन्त्रण कोषबाट ठूला, मझौला र साना वडालाई निकासा गरिएको रकम अनुमोदन गरेको छ । कोभिड–१९ सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न कामपाबाट भएको प्रयासको समीक्षा गर्दै आइतबार साँझ...

झापामा मौलायो तस्करी, यी नाकाबाट खुलेआम भित्रिन्छ लत्ताकपडा (भिडियोसहित)

झापा । प्रदेश १ को तराइको तीन जिल्लामध्ये सबैभन्दा ठुलो सीमा नाका रहेको झापामा तस्करी धन्दा मौलाएको छ । १ सय ६३ किलोमिटर सीमा क्षेत्र रहेको झापामा प्रहरीले तस्करीको लाइन दिएको कारणले खुलेआम तस्करी हुने...

मोरङमा राष्ट्रिय परिचयपत्र वितरण सुरु

मोरङ, ९ साउन-मोरङमा राष्ट्रिय परिचयपत्र वितरण शुभारम्भ भएको छ । जिल्ला समन्वय समितिका प्रमुख नरेश पोखरेल र विराटनगर उपमहानगरपालिका उपप्रमुख इन्दिरा कार्कीले जिल्ला प्रसासन कार्यालय मोरङमा बिहीबार आयोजित कार्यक्रममा फोटो खिचेर दर्ता शुुभारम्भ गरे ।...

२४ घण्टाको अवधिमा कोरोनाबाट ४ जनाको मृत्यु, मृतकको संख्या ५६ पुग्यो

काठमाडौं, १६ साउन-नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट एकै दिन ४ जनाको मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वीरगञ्ज महानगरका ३ जनाको गण्डक अस्थायी कोरोना अस्पताल र १ जनाको पाटन अस्पताल...

हार्स ब्रान्डको आधिकारिक पसल विराटनगरको सेन्टर बजारमा

विराटनगर । विराटनगरको व्यस्त सेन्टर बजारमा हार्स ब्रान्डको आधिकारिक पसल सोमबार औपचारिक रूपमा संचालनमा आएको छ। पूर्वी नेपालमा काठमाडौँबाहिर पहिलो पटक स्थापित यस शोरुमले सहरको फेशन उद्योगमा नयाँ आयाम थपेको छ।सेन्टर बजारको पहिलो तल्लामा अवस्थित...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्