हिसान स्पोर्टस मिट मंगलबारदेखि

 न्यूज विराट
हिसान स्पोर्टस मिट मंगलबारदेखि

विराटनगर । ११ औं संस्करणको हिसान स्पोर्ट्स मिट मंगलबारदेखि सुरू हुने भएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल मोरङ (हिसान) को आयोजनामा हिसान स्पोर्टस मिट हुन लागेको हो ।

हिसान मोरङले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पुरा भएको जानकारी गराएको हो ।
‘हिसान मोरङको मूल मन्त्र शिक्षा र खेलकुद बलियो संयन्त्र’ भन्ने नाराका साथ माघ १० देखि माघ १६ गतेसम्म खेलकुद प्रतियोगिता आयोजना गरेको हिसान मोरङका अध्यक्ष अमित ढकालले जानकारी दिए । खेलकुदको माध्यमबाट अनुशासन कायम राख्दै, स्वास्थ र सार्वभौमिकताको रक्षा गर्न सक्ने देशभक्त नागरिक उत्पादन, लागुपदार्थको कुलतबाट युवाहरुलाई जोगाउँदै राष्ट्रिय स्तरका खेलाडी तयार गर्न उद्देश्यका साथ स्पोर्ट्स मिट गर्न लागेको उनले बताए ।
०६५ सालदेखि निरन्तर रुपमा खेलकुदका कार्यक्रम आयोजना गर्दै आएको उनले बताए ।
हिसान स्पोर्ट्स मिटमा हिसानसँग आवद्ध कलेजहरुले मात्रै भाग लिन पाउने छन् । यस स्पोर्ट्स मिटमा फुटबल (छात्र), क्रिकेट (छात्र), बास्केटबल (छात्र), भलिबल (छात्र÷छात्रा), टेबलटेनिस सिंगल र डब्लस् (छात्र÷छात्रा), एथलेक्टिस का खेलहरु हुने छन् । प्रतियोगितामा विभिन्न खेलमा २८ वटा कलेजहरुका १ हजार ७ सय बढी विद्यार्थीहरुले सभागिता जनाउने भएका छन् ।

आयोजकको तर्फबाट विजेता तथा उपविजता खेलाडीहरुले ट्रफी, मेडल प्राप्त गर्ने छन् भने खेलाडीहरुले उत्कृष्ट खेल प्रदर्शन गरी विजेता भए कलेजहरुले आन्तरिक रुपमा छात्रवृत्त दिने छन् ।

सम्बन्धित समाचार

विदेशका नेपालीलाई प्रधानमन्त्रीले भने : नआत्तिनुहोस्, अफ्ठ्यारो परे कूटनीतिक नियोगमा जानुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपालीलाई नआत्तिन आग्रह गरेका छन् । शुक्रबार साँझ देशवासीका नाममा सम्बोधन गर्दै कोरोना भाइरस संक्रमण त्रासका कारण मुलुक फर्किन नपाएका नेपालीलाई नआत्तिन आग्रह गरेका हुन् । उनले भने 'कोरोना...

मेरो जीत सम्पूर्ण व्यवसायीको जीत हो : चन्द्र ढकाल

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा विजयी भएका चन्द्र ढकालले आफूले सम्पूर्ण व्यवसायीहरुको प्रतिनिधित्व गरेकोले आफ्नो जीत व्यवसायीको जीत भएको प्रतिक्रिया दिएका छन् । प्यानल बनाएर निर्वाचनको मैदानमा उत्रिएका उपाध्यक्ष ढकालले मतपरिणाम घोषणासँगै आफूले प्यानल...

कुवेतमा लकडाउन उल्लंघन गर्ने विदशीलाई सीधै देश निकाला

एजेन्सी, चैत २२-कोरोना भाइरसको संक्रमण फैलिन नदिन कुवेत सरकारले गरेको लकडाउन उल्लंघन गर्ने विदेशी श्रमिकलाई स्वदेश फिर्ता गर्ने भएको छ ।कुवेतको आन्तरिक मन्त्रालयले रात्रि समयका लागि लागू गरिएको कफर्यू उल्लंघन गर्ने विदेशी नागरिकलाई देश निकाला...

नेपालगञ्जका संक्रमितको ‘ट्राभल हिस्ट्री’ नखुल्दा संक्रमण स्रोत पत्ता लगाउँनै समस्या

बाँके, २४ वैशाख-बाँकेमा फेला परेका कोरोना भाइरस (कोभिड-१९) संक्रमितको अझै पनि ‘ट्राभल हिस्ट्री’ खुल्न सकेको छैन । भ्रमण विवरण खुल्न नसक्दा कोरोना संक्रमणको सुरुको अवस्था पत्ता लगाउन मुस्किल भएको छ । कोरोना भाइरस संक्रमणको क्षेत्र...

पत्रकार महासंघको कार्यकाल ६ महिना थप

काठमाडौं, ३ भदौ-नेपाल पत्रकार महासंघको कार्यकाल ६ महिना थप गरिएको छ । जुम वेविनारबाट आज सम्पन्न महासंघको राष्ट्रिय भेलाले केन्द्रीय समितिको ३ वर्षे कार्यकाल यही ५ भदौमा समाप्त हुन लागेको सन्दर्भमा कोरोना महामारीको जोखिममा तत्काल...

विराटनगरमा घर भाडामा लिएर ठगीधन्दा, पाँच जना पक्राउ

विराटनगर । विभिन्न अनलाइन ब्याटिङ साइटमार्फत सट्टेबाजीको कारोबार र अनलाइन ठगी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । अनलाइन गेम खेलाएर सट्टेबाजीको कारोबार गर्ने र ठूलो रकमको चिट्ठा प¥यो भन्दै सर्वसाधारणमाथि अनलाइनमार्फत ठगी...

प्रदेश सरकारलाई २४ लाख बराबरको खाद्य सामाग्री हस्तान्तरण

विराटनगर, चैत २३–उद्योग संगठन र मोरङ व्यापार संघले प्रदेश–१ सरकारलाई २४ लाख रुपैयाँ बराबरको खाद्य सामग्री हस्तान्तरण गरेका छन् । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर संगठन र संघले आज संयुक्त रुपमा २४ लाख रुपैयाँ...

थप १ जनामा कोरोना भाइरस फेला

काठमाडौं, माघ १४–कोरोना भाइरसको आशंकामा मंगलबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा थप एक जना बिरामी भर्ना भएका छन् । चीनको वुहान शहरमा अध्ययन गरी फर्किएकी २५ वर्षीया नेपाली छात्रा भर्ना भएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्