१२ औँ संस्करणको प्याब्सन स्पोर्टस मिट सुरू (फोटो फिचर )
शुक्रबार, ०६ माघ, २०७९,
न्यूज विराट
विराटनगर । १२ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिट शुक्रबारबाट सुरू भएको छ । विराटनगरस्थित सहिद मैदानमा प्रदेश १ का मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले प्याब्सन स्पोर्ट्स मिटको उद्घाटन गरेपछि औपचारिक रूपमा सुरू भएको हो ।
स्पोर्ट्स मिटको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले योजनाबद्ध तरिकाले खेलकुद क्षेत्रको विकासमा प्रदेश १ सरकार लागि परेको बताए । खेलकुद महत्पूर्ण क्षेत्र भएकोले यसको विकासमा सरकार लागि पर्ने बताए ।
कार्यक्रममा विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालले निजी क्षेत्रसँग सहकाय गरी खेलकुद क्षेत्रको विकासमा स्थानीय सरकार लागि पर्ने बताए । कार्यक्रममा प्याब्सनका प्रमुख सल्लाहकार तथा निर्वतमान अध्यक्ष टिकारम पुरीले विद्यालयस्तरदेखि खेलकुद क्षेत्रको विकास निजी क्षेत्र लागि परेको बताए । कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले तीन तहको सरकारले खेलकुद क्षेत्रको विकासमा लागिपर्नुपर्ने बताए ।
माघ ६ देखि ८ गतेसम्म संचालन हुने प्याब्सन स्पोर्ट्स मिटमा एक दर्जन खेलहरू समावेश गरिएको प्याब्सन मोरङको अध्यक्ष शितला सुब्बाले जानकारी दिइन् । स्पोर्ट्स मिटमा फुटबल, भलिबल, टेबलटेनिस, बास्केटबल, एथलेटिक्स, म्याराथुन, सटपुट, थ्रिपल जम, हाइजम, लङजम, दौडलगायतका खेलहरू रहेको छ । फुटबल जुट मिलको खेलमैदानमा अन्य खेलहरू विराटनगरस्थित सहिद मैदान, एभरेष्ट स्कुलको मैदानमा अहिले जारी छ । फुटबलमा मात्र १६ वटा विद्यालयले भाग लिएको छ । फुटबलमा कक्षा ११ र १२ का विद्यार्थी खेलाडीहरू सहभागि छन् । स्पोर्ट्स मिटमा मोरङ जिल्लाभरीका २२० वटा प्याब्सनमा आवद्ध विद्यार्थीहरूले भाग लिनेछन् । स्कुल तहदेखि खेलाडीहरू उत्पादन गर्ने उद्देश्यले प्याब्सनले स्पोर्ट्स मिट गर्दै आएको अध्यक्ष सुब्बाले बताइन् ।
विराटनगर । सिराहा गोल बजार नगरपालिका – ३ बस्ने १७ वर्षीय अंशु सदाको अपहरण गरेर हत्या गरेको आरोपमा प्रहरीले तीन जनलाई पक्राउ गरेको छ । अंशुको अपहरण गरेपछि हत्या गरेको आरोपमा प्रहरीले धनुषा कमला नगरपालिका–६...
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । कोरोना भाइरसको संक्रमण रोक्नका लागि चीनबाट स्वास्थ्य सामग्री खरिद गर्दा अनियमितता गरेको भन्दै उनीविरुद्ध उजुरी दर्ता भएको हो । विवेकशील नेपाली...
एजेन्सी, चैत ३०--साउदी अरबले मुलुकभर लगाएको कर्फ्यू अनिश्चितकालसम्मका लागि बढाउने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड- १९) को नियन्त्रणका लागि भन्दै साउदी सरकारले अर्को सूचना नआएसम्मका लागि कर्फ्यू जारी राख्ने निर्णय गरेको हो ।...
काठमाडौं, २९ जेठ-रौतहट जिल्लाका विभिन्न अस्पतालमा निर्माण गरिएका आइसोलेसन सेन्टरमा उपचारपछि निको भएर ८१ जना कोरोना भाइरस संक्रमित घर फर्किएका छन् । रौतहट जिल्ला अस्पतालका मेसु डा. कृष्ण साहका अनुसार गौरस्थित नरसिंह इन्टिट्युटबाट १६ जना,...
विराटनगर, माघ २८–३ दिनदेखि अवरूद्ध प्रदेश १ को प्रदेशसभा बैठक मंगलबारदेखि सुचारू भएको छ । प्रदेशसभामा नेपाली कांग्रेसले भ्रष्टाचारमा संलग्न सबैलाई कारबाहीको माग गर्दै आइतबार, सोमबार र मंगलवार पनि केही बेर सदन अवरूद्ध गरेको थियो...
विराटनगर, १२ भदौ । विराटनगर महानगरपालिकाले नेपाली महिलाहरुको चाड हरितालिका तीज पर्वका अवसरमा शुभकामना आदानप्रदान आयोजना गरेको छ । महानगरको सभाहलमा आइतबार आयोजित कार्यक्रममा महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय...
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने प्रयोजनका लागि बोलाएको बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएर उपसभामुख सिर्जना दनुवार काठमाडौँ लागेकी छिन् । बिहान ७ बजेको यति एयरलाइन्सको फ्लाइटबाट उनी काठमाडौँ लागेकी...
एजेन्सी, १३ असार । भारतको जम्मुस्थित विमानस्थलमा आइतबार शक्तिशाली विस्फोट भएको छ । करिब पाँच मिनेटको अन्तरमा दुई पटक विस्फोट भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । बबबबबबबबविमानस्थलको उच्च सुरक्षासहितको प्राविधिक क्षेत्रमा भएको विस्फोटबाट कुनै...