कृषिमा आधरित पाँच महिने ‘एक्सिलरेटर कार्यक्रम’ संचालन हुँदै, छनौटको लागि आवेदन खुल्ला

 न्यूज विराट
कृषिमा आधरित पाँच महिने ‘एक्सिलरेटर कार्यक्रम’ संचालन हुँदै, छनौटको लागि आवेदन खुल्ला

विराटनगर । प्रदेश १ का कृषिमा आधारित उद्यम लक्षित पाँच महिने ‘एक्सिलरेटर कार्यक्रम’ सञ्चालन हुने भएको छ । कृषिमा उच्च बृद्धि संभावना भएका उद्यमीले पाँच महिनासम्म एक्सिलरेटर कार्यक्रममा सहभागी गराउन आवेदन माग गरिएको हो ।

सरकारी तथा निजी वैकल्पिक कोष व्यवस्थापक अद्यान्त र स्वीस कन्ट्याक्ट अन्तर्गत सञ्चालित सहज–एनएएमडीपी (नेपाल कृषिबजार विकास कार्यक्रम) को साझेदारी तथा प्रदेश लगानी प्राधिकरण र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ सँगको सहकार्यमा कृषि उद्यम लक्षित कार्यक्रम सञ्चालन गरिने बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
यस कार्यक्रममा संभावना र अवसरका क्षेत्रमा लगानीका मोडलको प्रयोग र प्रवद्र्धन गरिने दावी छ । यसका लागि प्रदेश लगानी प्राधिकरण र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ सँग अद्यान्त फण्ड म्यानेजमेन्टबीच समझदारी गरिने भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का वरिण्ठ उपाध्यक्ष एवं केन्द्रीय सदस्य राजेन्द्र राउतले यो कार्यक्रम सञ्चालन गरेर कृषि व्यवसायमा संलग्न उद्यमीको क्षमता बृद्धि गरी लगानी पहुँच विस्तार गर्ने लक्ष्य रहेको बताए । प्रदेश नं. १ कृषि, पर्यटन, व्यापार र उद्योगमा अग्रणी भएपनि कृषिको औद्योगिकरणका लागि लगानी आकर्षित गरेर संभावनालाई अवसरमा बदल्ने प्रयास गरिने उपाध्यक्ष राउतले बताए ।

कृषिमा आधारित उद्यमीहरूलाई आफ्नो व्यवसाय विस्तार गर्नको लागि आवश्यक स्रोत–सामाग्री र व्यवसायिक परामर्श प्रदान गरी लगानी योग्य बनाउन कार्यक्रमले सहयोग गर्ने अद्यान्तका संस्थापक मनोज पौडेलले जानकारी दिए । आवेदक मध्येबाट १० वटा उद्यमीहरुलाई छनौट १२ हप्ताको पूँजी, बजार पहुँच, र प्राविधिक लगायतका आन्तरिक चुनौति केन्द्रित परामर्श प्रदान गरिनेछ ।

यसैगरी संभावना देखिएका कृषि–उद्यमीहरूसँग विज्ञ तथा उद्योगीसँग सम्पर्क गराईने छ । जसले कृषि उद्योग विस्तारमा लगानी गर्ने बाटो खोल्ने लगानी प्राधिकरणका कार्यकारी निर्देशक डा.सरोज कोइरालाले बताए । ‘ यस्तो कार्यक्रम यस अगाडी राजधानी केन्द्रीत मात्रै थियो, प्रदेश १ मा अद्यान्तले कार्यक्रम विस्तार गर्नु राम्रो कुरा हो,’ उनले भने, ‘यसले केहि न केहि सुधार गर्ने अपेक्षा लिएका छौं ।’

कार्यक्रमका लागि कृषि उद्यमका क्षेत्रमा क्रियाशिलहरुले माघ ४ गतेदेखि १८ गतेसम्म आवेदन दिनसक्ने जानकारी दिइएको छ । अनलाइनमार्फत वा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ र तोकिएका अन्य स्थानबाट समेत ईच्छुकलाई आवेदन दिने सुविधा दिइएको छ ।

सम्बन्धित समाचार

कसरी गर्ने परीक्षाको तयारी ?, भेषराज पोखरेलको (१८ टिप्स्)

विराटनगर । कक्षा १२ को वार्षिक परीक्षा यही आउँदो वैशाख २६ गतेबाट सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले २०८० वैशाख २६ गतेदेखि हुने परीक्षाको समय तालिका यसअघि सार्वजनिक गरिसकेको छ ।...

थप ३२ जनामा देखियो कोरोना, संक्रमितको संख्या ५ सय ४८ पुग्यो 

काठमाडौं, १० जेठ-नेपालमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा, भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।...

एसपिपी सम्झौता गर्ने कुरै छैन : प्रधानमन्त्री ओली

विराटनगर । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एसपिपी सम्झौता बर्तमान सरकारले नगर्ने बताएका छन् । विराटनगरस्थित होटल ह्यारिसनमा संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् । माओवादीले सरकारले एसपिपी सम्झौता गर्न...

जङ्गी अड्डामा पृतना सम्मेलन

काठमाडौं, ५ असार-मुलुकको सुरक्षा अवस्था र कोभिड-१९ बाट उत्पन्न परिस्थितिसहित समसामयिक विषयमा छलफल गरी भाबी रणनीति तय गर्ने उद्देश्यले सैनिक मुख्यालय जङ्गी अड्डामा आजदेखि पृतनापति सम्मेलन सुरू भएको छ । उक्त सम्मेलनमा उपत्यका बाहिरका ७...

संविधान संशोधन विधेयकमाथि मतदान सुरु

काठमाडौं, ३१ जेठ-संविधान संशोधन प्रस्तावमाथि मतदान सुरु भएको छ । सभामुख अग्नि सापकोटाले संविधान संशोधन विधेयक निर्णार्थ प्रस्तुत गरेसँगै मतदान प्रक्रिया सुरु भएको हो । नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ पारित गर्न मत विभाजनका...

विराटनगरको ट्राइकोट इण्डस्ट्रिज प्रालिका प्रमख कार्यकारी अधिकृत सञ्जय चाण्डोक पक्राउ

विराटनगर, १ भदौ । विराटनगर–१३ स्थित ट्राइकोट इण्डस्ट्रिज प्रा. लि. का प्रमख कार्यकारी अधिकृत सञ्जय चाण्डोकलाई प्रहरीले पक्राउ गरेको छ । तयारी पोशक उत्पादन गर्ने सो उद्योगका प्रमख कार्यकारी अधिकृत चाण्डोकलाई प्रहरीले महिला मजदुरमाथि दुव्र्यबहार...

सर्वोच्चको आदेशपछि वामदेवले भने : मेरो मनोनयन पद र प्रतिष्ठासँग गाँसिएको थिएन

काठमाडौं, २६ कात्तिक-सर्वोच्च अदालतले मन्त्री बन्ने बाटो खोलिदिएपछि सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले खुशी व्यक्त गर्दै सबैलाई आभार व्यक्त गरेका छन् । राष्ट्रियसभा सदस्य पदमा मनोनयन र शपथलगत्तै उनलाई थप संवैधानिक...

नेता कार्यकर्तालाई सम्मान गर्दै जसपा मोरङले मनायो प्रथम स्थापना दिवस

विराटनगर, १२ वैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपाल मोरङले पार्टीको स्थापना दिवस मनाएको छ । जसपा नेपालका मोरङ अध्यक्ष मो. कादिरको अध्यक्षतामा शनिबार कार्यक्रम गर्दै पार्टीको प्रथम स्थापना दिवस मनाइएको हो । कार्यक्रममा प्रमुख...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्