
चौथो एसइइ कप : चार स्कुल विजय
विराटनगर । चौथो संस्करणको एसइइ कप अन्तर विद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिता चार वटा स्कुल विजय भएका छन् । विराटनगरमा बुधबार खेलमा अपर्ण, डिपिएस, स्मृति र शारदा स्कुल विजयी भएको हो ।प्रतियोगिताको पहिलो खेलमा...
विराटनगर । कक्षा १२ को वार्षिक परीक्षा यही आउँदो वैशाख २६ गतेबाट सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले २०८० वैशाख २६ गतेदेखि हुने परीक्षाको समय तालिका यसअघि सार्वजनिक गरिसकेको छ । जेठ ४ गते सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
परीक्षाको मिती नजिकिएसँगै बिद्यार्थीको ध्यान पढाइमा केन्द्रित छ । कसरी राम्रो नतिजा हासिल गर्ने ? अक्सर बिद्यार्थीको ध्याउन्न यहिं हुने गर्छ । एक हिसावले यो सहि पनि हो । तर, नतिजाको दौडमा लाग्दा त्यसले तनाव निम्त्याउँछ, जो परीक्षाको बेला प्रत्युत्पादक हुन सक्छ ।
परीक्षाको बेला तनावमुक्त भएर कसरी राम्रो नतिजा हासिल गर्ने विराटनगरस्थित मेरील्याण्ड कलेजका प्रध्यापक भेषराज पोखरेले विद्यार्थीलाई दिएको १८ टिप्स :
१ .अध्ययनलाई तनावरहित बनाउँनुहोस् ।
२. नियमित निश्चित समय (टुक्राटुक्रा समय) मा अध्ययन गर्नुहोस् ।
३ .लगातार पढिमात्रै राख्नुभन्दा बीचबीचमा केही समय खाली राख्नुहोस् ।
४ .परीक्षा अवधिभर अन्य समयको भन्दा केही बढी अध्ययन आवश्यक हुन्छ ।
५ .साथीभाइसँग अन्लाइन –अफलाइन कुरा गर्दा पनि विषयवस्तुमै केन्द्रित हुनुहोस् ।
६ .लगातार अध्ययन गर्दा शारीरिक थकान बढ्ने हुनाले बीचबीचमा सामान्य हिँडडुल गर्नुहोस् ।
७ .आफूलाई हरबखत खुसी राख्दा स्मरण शक्तिमा सकारात्मक प्रभाव पर्ने हुनाले घरिघरि मनपर्ने गीत सुन्नुहोस् ।
८ .धेरै नम्बर कसरी ल्याउने भन्ने चिन्ता लिनुको साटो क्षमता अनुसार राम्रो गर्ने कोसिस गर्नुहोस् ।
९ .दिइसकेको परीक्षा राम्रो भएन भन्ने कुरालाई चटक्कै बिर्सेर आउने परीक्षालाई कसरी सफल बनाउने कुरामा ध्यान दिनुहोस् ।
१०. आत्तिने, निराश हुने, बिग्रेला भनेर डराउने काम कदापि नगर्नुहोस् ।
११ .कहिलेकाहीँ राम्रो मानिएको विषयमा कम नम्बर र नराम्रो मानिएको विषयमा धेरै नम्बर पनि आउने गर्छ त्यसैले जेजस्तो भएपनि चिन्ता मुक्त रही सकारात्मक नतिजा आउने कुरामा विश्वस्त रहनुहोस् ।
१२. धेरै नम्बर ल्याउन सक्दा मात्रै सफलता पाइन्छ भन्ने कुरामा नलाग्नुहोस् ।
१३ .सफल हुन परीक्षा अवधिभर केवल ८–१० घन्टा गम्भीर भएर पढ्दा पर्याप्त हुन्छ ।
१४ .रातभर अनिदो बसेर शरीर र मस्तिष्कलाई शिथिल नबनाउनु होस् ।
१५ .ग्याप छँदै छ भोलि पढिहाल्छु नि भन्ने नसोच्नुहोस् बरु यति पढिसकेर ढुक्क भएर बस्छु भन्ने सोच्नुहोस् ।
१६ .पढ्ने क्रममा केही आलस्य महसुस भएमा बीचबीचमा थोरै थोरै पानी पिउनुहोस् ।
१७ .मेरो सफलताबाट मलाईभन्दा धेरै खुसी ममी बाबालाई प्राप्त हुन्छ भन्ने कुरा हरपल सोच्नुहोस् ।
१८ .मैले गरेको गल्ती र लापरबाहीले उहाँहरूलाई जीवनभर पीडा दिन्छ भन्ने कुरामा सजग रहनुहोस् ।
मेरो सफलता नै ममी बाबाको वास्तविक खुसी हो र असफलता नै उहाँहरूको आँसुको कारण हो भन्ने सोच्नुहोस्
यति कुरामा ध्यान दिन सक्नुभयो भने तपाईंले यो परीक्षा मात्र होइन जीवनको कठिन परीक्षालाई पनि सजिलै जित्नु हुने छ। तपाईंले सफलताको पछि दगुर्नु पर्दैन सफलताले तपाईंलाई खोज्दै आउने छ।
विराटनगर । चौथो संस्करणको एसइइ कप अन्तर विद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिता चार वटा स्कुल विजय भएका छन् । विराटनगरमा बुधबार खेलमा अपर्ण, डिपिएस, स्मृति र शारदा स्कुल विजयी भएको हो ।प्रतियोगिताको पहिलो खेलमा...
विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेज अग्निपीडित बालवालिकाहरुलाई शैक्षिक सामाग्री र पोशाक वितरण गरेको छ ।रंगेली–३ बाबुसाहेब टोलमा भएको आगलागीबाट पीडित भएक ाविद्यार्थीहरुलाई राहत स्वरुप शैक्षिक सामग्री तथा पोशाक सोमबार वितरण गरेको हो । शिक्षादीप कलेजका...
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ६ नेताचोकमा टिफरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बा. प्र. ०३–००१ ख ७४०२ नम्बरको टिपरको ठक्करबाट उदयपुरको त्रिवेणी नगरपालिका ६ का ४५ वर्षीया चन्द्रकान्त काफ्लेको आज घटनास्थलमै मृत्यु...
विराटनगर । नेपाल औषधि व्यवसायी संघ मोरङका नवनिर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेको छ ।बुधबार विराटनगरमा एक कार्यक्रम आयोजना गरी दोस्रो अधिवेशनबाट निवार्चित भएका कार्यसमिति सदस्सयहरुले पदभार ग्रहण गरेका हुन् । २८ पुसमा भएको संघको दोस्रो...
विराटनगर । विराटनगरस्थित अरनीको कलेजले ५५ जना विद्यार्थीहरुलाई सम्मान गरेको छ । पूर्ण छात्रवृत्तीमा नाम निकाल्ने ४८ जना विद्यार्थी र कलेजमा स्थापना गरिएको छात्रावृत्तिका ७ जना विद्यार्थीलाई कलेज परिसरमा बुधबार एक कार्यक्रम आयोजना गरी सम्मान...
कैलाली, २६ वैशाख-कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पताल कोरोनामुक्त भएको छ । आज निको हुन बाँकी रहेका १ महिला डिस्चार्ज भएसँगै सेती अस्पताल कोरोनामुक्त भएको हो । शुक्रबार अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका ३४ वर्षीया महिला...
काठमाडौं, ७ मंसिर-बलात्कारका घटना मिलापत्र गराउने व्यक्तिलाई कारबाही गर्न कानुनी बाटो खुला भएको छ । आज बसेको मन्त्रिपरिषदले बलात्कारसम्बन्धी कानुनलाई कडाइ गर्दै अध्यादेश पारित गरेको छ । अध्यादेशमा बलात्कारका घटना मिलापत्र गराउने व्यक्तिलाई ६ महिनादेखि...
एजेन्सी, साउन ३०-भारतका गृहमन्त्री अमित शाहको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । गृहमन्त्री शाहले शुक्रबार ट्विट गर्दै आफ्नो रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका हुन् । उनले ट्विटमा लेखेका छन्, ‘आज मेरो कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.