विराटनगर । क्रिकेट प्रशिक्षकहरूको लागि आयोजना गरिएको दुई दिने क्रिकेट प्रशिक्षण तालिम शनिबार सम्पन्न भएको छ ।
नेपाल क्रिकेट फाउण्डेसन र क्रिकेट वीइदआउट बाउनड्रीज बेलायतको संयुक्त आयोजनामा शुक्रबारदेखि उक्त तालिम विराटनगरमा भएको थियो ।
दक्ष प्रशिक्षक उत्पादन गर्दै क्रिकेट खेलको विकास गर्ने उद्देश्यले आयोजना गरिएको तालिमका प्रदेश १ को झापा, मोरङ, सुनसरी, उदयपुर र इलामको गरी १५ जना क्रिकेट प्रशिक्षकहरूको सहभागि रहेको नेपाल क्रिकेट फाउण्डेसनका कार्यकारी निर्देशक अभिषेक श्रेष्ठले जानकारी दिइन् । तालिमको प्रशिक्षकहरूमा आइसिसीका बेलायतबाट आएका सारा बेग र लि बुथ रहेका रहेका छन् ।
‘यो तालिम क्रिकेट प्रशिक्षकहरूको लागि प्रराम्भिक चरणको फाउनडेसन तालिम हो,’ प्रशिक्षक लि बुथले भने, ‘यो तािलममा क्रिकेटको प्राविधिक ज्ञानदेखि खेलको नियमहरूको बारेमा जानकारी गराइन्छ । यस्तो तालिम विगतमा ट्रेष्ट खेल्ने राष्ट्रहरुलाई मात्र सहभागि गराउने गरेको थियो । अहिले आइसिसीले सबै लागि खुल्ला गरिएको छ । ’ यस्तो तालिम खर्चिलो हुने गरेको छ । प्रराम्भिक चरणको यो तालिम लिएपछि लेभल १ र लेभल २ को तालिम लिन सहज हुनेछ ।
उदयपुरको त्रियुगा नगरपालिका–२ खुदियाई जंगलबाट प्रहरीले लागू औषधसहित २ जनालाई पक्राउ गरेको छ ।बुधबार बेलुका जंगलबाट मोटरसाइकलमा घाँस भित्र लुकाएर लागूऔषध लिएर फर्कदै गरेका त्रियुगा नगरपालिका–१ का २४ बर्षीय विबेक राई र २२ बर्षीय भूपेन्द्र...
विराटनगर, ९ असोज–प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४१, सुनसरीमा २५, झापामा १२, ताप्लेजुङमा एक र प्रदेश १ बाहिरका छ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ...
विराटनगर । विराटनगर – १२ स्थित विनायक वोर्डिङ सेकेण्डरी स्कुलमा अध्ययरत ३८ जना विद्यार्थी दिक्षित भएका छन् । स्कुलमा बुधबार एक कार्यक्रम आयोजना गरि ३८ जना विद्यार्थीहरूलाई दिक्षित गरिएको हो । युकेजीबाट कक्षा १ मा...
पछिल्लो २४ घण्टामा नेपालमा नायाँ कोरोना संक्रमितको संख्या एक हजारभन्दा कम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार पीसीआर तथा एन्टिजेन परीक्षणबाट पछिल्लो २४ घण्टामा ८३६ जना कोरोना संक्रमण...
काठमाडौं, १० वैशाख-प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका विद्यार्थी र विभिन्न पेशामा संलग्न नेपालीको अवस्थाबारे बुझ्ने क्रममा बुधबार साइप्रसका राष्ट्रपति निकोस अनानस्टासियादेससँग टेलिफोन संवाद गरेका छन् । छलफलमा प्रधानमन्त्री ओलीले त्यहाँका नेपालीका बारेमा चासो राखेका...
विराटनगर । प्रतिबन्धित लागूऔषधसहित १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मोरङको बुढीगंगा गाउँपालिका – २ टंकिसिनवारीबाट चेकजाँचको क्रममा प्रतिबन्धित लागूऔषधसहित १७ जनलाई प्रहरीले आज दिउँसो पक्राउ गरेको हो । पक्राउ परेका मध्ये पाँच जनाको...
लकडाउनका समयमा रौतहटमा २ जना बलात्कृत भएका छन् । कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले लकडाउन गरेका बेला यस प्रकारको घटना सार्वजनिक भएको हो । रौतहटको कटहरिया ६ बगहीकी १७ वर्षीया किशोरी र फतुवा विजयपुर...
भक्तपुर, ७ जेठ-भक्तपुर नगरपालिका-५ भेलुखेलस्थित द्यौलाबस्तीमा आज बिहान प्रहरीले सिल गरेको छ । भेलुखेलका ४२ वर्षीय १ पुरुषलाई कोरोना परीक्षणमा पोजिटिभ देखिएपछि उनलाई मध्यराति १ बजे आइसोलेटेड एम्बुलेन्समा राखेर अस्पताल लगिएको महानगरीय प्रहरी परिसर भक्तपुरका...