श्रोत नखुलेको ७ लाख ९ हजारसहित एक जना पक्राउ, हुण्डीको आशंका

 न्यूज विराट
श्रोत नखुलेको ७ लाख ९ हजारसहित एक जना पक्राउ, हुण्डीको आशंका

विराटनगर । स्रोत नखुलेको ७ लाखभन्दा ९ हजार रुपैयाँ सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले स्रोत नखुलेको रकमसहित विराटनगर महानगरपालिका–१८ का ३६ वर्षीय रविप्रकाश साहलाई पक्राउ गरेको हो ।
को २४ प ७९८४ नम्बरको मोटरसाइकलमा सवार रहेका उनलाई विराटनगर–७ बाट पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार शंकास्पद अवस्थामा भेटिएका साहले चलाएको मोटरसाइकल नियन्त्रणमा लिएर खानतलासी गर्दा स्रोत नखुलेको नगद फेला परेको हो । उनको साथबाट विभिन्न बैंकका १४ वटा एटीएम कार्ड र ९ थान चेक पनि फेला परेको श्रेष्ठले बताए । उनको साथबाट बिभिन्न बैंकको डिपोजिट ६२ लाख ११ हजार २३५ बराबरको भौचर १० थान, ६ लाख बराबरको काटिएको चेक २ थान बरामद भएको बताए ।
पक्राउ परेका साहबाट बरामद भएको रकम हुण्डी कारोबारको भएको हुनसक्ने प्रहरीको अनुमान छ । साहले उक्त रकमको स्रोत खुलाउन नसकेको र यस विषयमा थप अनुसन्धान भइरहेको जानकारी डीएसपी श्रेष्ठले दिए ।

सम्बन्धित समाचार

बैठक माग गर्दै नेकपाका १५२ केन्द्रीय सदस्यले बुझाए हस्ताक्षर

काठमाडौं, १४ साउन-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का १ सय ५२ जना केन्द्रीय सदस्यहरूले केन्द्रीय कमिटी बैठकको माग गर्दै हस्ताक्षर बुझाएका छन् । स्थायी कमिटीले पार्टीभित्र देखा परेको समस्याको समाधान दिन नसकेको भन्दै सदस्यहरूले केन्द्रीय कमिटी...

नेकपाले आयोजना गरेको रक्तादानमा ६७ पिन्ट रगत संकलन

विराटनगर, बैशाख २४–नेकपा विराटनगर महानगरपालिका वडा नं. ११ शाखा कमिटीको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विराटनगर–११ स्थित जनपथ माध्यमिक विद्यालयमा कार्यक्रम सम्पन्न भएको हो । रक्तदान जीवनदान भन्ने मुल नाराका साथ गरिएको...

विराटनगरमा २५ संक्रमित थपिए, संक्रमितको संख्या ४६७ पुग्यो

विराटनगर, ३१ साउन–समुदायस्तरमा तिब्ररुपले कोरोना संक्रमण फैलँदै गएको विराटनगरमा थप २५ जनामा कोरोना पोजेटिभ देखिएको छ । कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा शनिबार विहान थप २५ जनामा पोजेटिभ देखिएको हो । पोजेटिभ देखिएकाहरु...

भारत र अमेरिकाका विदेशमन्त्रीको जापानमा भेटवार्ता हुने

एजेन्सी, २० असोज-अमेरिका र भारतका विदेशमन्त्रीबीच जापानको राजधानी टोकियोमा भेटवार्ता हुने भएको छ । अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओ र भारतका समकक्षी एस जयशंकरको मङ्गलबार भेट हुने तय भएको अमेरिकी विदेश मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।...

पर्यटनको प्रवर्द्धन गर्न विराटनगरमा फोटो प्रर्दशनी

विराटनगर । विराटनगरको हिमालय रोडमा फोटो प्रर्दशनी आयोजना गरिएको छ । कोशी प्रदेशका पर्यटकीय स्थलहरू फोटो प्रदर्शनीमा राखिएको छ । पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले फोटो प्रदर्शनी गरिएको हो । विराट पर्यटन महोत्सवमा चार दिने फोटो...

उर्लियो महाकाली : तटीय क्षेत्रमा कटान सुरु, नदीकिनारका बस्ती उच्च जोखिममा

लगातारको वर्षाका कारण महाकाली नदी उर्लिएपछि कञ्चनपुरमा नदीले कटान सुरु गर्नुका साथै बाढी गाउँ पस्न थालेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले महाकालीमा बाढी आउँदा भीमदत्त नगरपालिका–९ खल्लादेखि भीमदत्त...

वायुसेवा निगमका अधिकारीलाई अख्तियारले बोलायो

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमका जहाजको इन्जिन हराएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो देखाएको छ । निगमले २०७४ र हालसालै बिक्री गरेका २ बोइङ जहाजको इन्जिन हराएका थिए । अख्तियारमा परेको सूचनाको आधारमा बुधबार निगमका अधिकारीहरूलाई बोलाइएको अख्तियार स्रोतले...

भोजपुरबाट धरान जाँदै गरेको ट्रकमा ब्राउन सुगर भेटियो

भोजपुरमा ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । दुई मालबाहक ट्रकमा खैरो हेरोइन भेटिएपछि प्रहरीले दुवै चालकलाई नियन्त्रणमा लिएको हो । सदरमुकाम नजिकैको दुम्सिकास्थित को १ ख ६२३२ र ना ६ ख ७४७८ नम्बरको ट्रकमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्