यी हुन् प्रदेश १ का उत्कृष्ट २७ सामुदायिक विद्यालय

 न्यूज विराट
यी हुन् प्रदेश १ का उत्कृष्ट २७ सामुदायिक विद्यालय

विराटनगर । प्रदेश १ को १४ जिल्लामा ५ हजार १ सय ३१ वटा सामुदायिक विद्यालयहरू रहेको मध्ये २७ वटा सर्वोउत्कृष्ट सामुदायिक विद्यालय रहेको पाइएको छ । प्रदेश १ सरकारले बनाएको मापदण्ड (सुचक) पुरा गर्ने प्रदेशमा २७ वटा मात्र सामुदायिक विद्यालय रहेको पाइएको हो ।

जसमा १४ वटा मावि र १३ वटा आधरभूति विद्यालयले तोकिएको मापदण्ड पुरा गर्दै उत्कृष्ट सामुदायिक विद्यालयमा सुचिकृत गरिएको सामाजिक विकास मन्त्रालय प्रदेश १ का सचिब बासुदेव दाहालले जानकारी दिए ।
प्रदेशको प्रत्येक जिल्लाका १÷१ माविका उत्कृष्ट विद्यालय रहेको छ । आधरभूतफ १३ जिल्लाका १३ वटा विद्यालय उत्कृष्ट सुचिमा परेको छ । मावितर्फ ३२ वटा सुचक र आधरभूततर्फ ३० वटा सुचक पुरा गर्ने विद्यालयलाई उत्कृष्ट व्यवस्थापन भएको विद्यालयको रुपमा सुचिकृत गरिएको सचिब दाहालले बताए ।

यसरी मावितर्फ उत्कृष्ट विद्यालयमा मोरङबाट विराटनगर ३ मा रहेको पोखरीया मावि रहेको छ । पोखरीया स्कुलका प्रधानध्यापक खेमराज भट्टराई रहेका छन् । यहाँ भर्ना हुन विद्यार्थीहरूले प्रवेश परीक्षा उत्तिर्ण गरिनुपर्दछ ।
यसैगरी ताप्लजुङ्गको फुङलिङ नगरपालिका ४ को भानुजन मावि, पाँचथरको फिदिम नगरपालिका १ को फिदिम मावि, इलामकको देउमाइ नगरपालिका ४ मा रहेको भानुभक्त मावि उत्कृष्ट विद्यालय घोषित भएका छन् । यसैगरि सुनसरीको इटहरी उपमहानगरपालिका ९ मा रहेको जनता मावि, धनकुटाको सागुरीगढी गाउँपालिका ५ मा रहेको भानु मावि, तेह्रथुमको लाँलीगुराँस नगरपालिका २ बसन्तपुरमा रहेको बसन्त मावि, भोजपुरको साल्पासिलिछो गाउँपालिका १ मा रहेको वीरेन्द्र मावि, संखुवासभाको खाँदवारी नगरपालिका ९ मा रहेको मनकामना रत्न अम्विका मावि, सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ४ मा रहेको केदार मावि, ओखलढुङ्गको मोलुङ गाउँपालिका २ मा रहेको बरुणेश्वर मावि, खोटाको दिरुमनपा २ मा रहेको जनजागृती मावि र उदयपुरको चौदण्डीगढी नगरपालिका ९ मा रहेको जनता मावि उत्कृष्ट विद्यालयमा सुचितकृत भएको सामाजिक विकास मन्त्रालयले जानकारी गराएको छ ।


यसैगरी आधरभूत विद्यालयतर्फ मोरङको ग्रामथान गाउँपालिका २ झोराहाटमा रहेको रवि आधरभूत विद्यालय उत्कृष्ट विद्यालयमा परेको छ । यो विद्यालयका प्रधानध्यापक जितेन्द्र कुमार सरदार रहेका छन् । २०४५ सालमा स्थापना भएको रवि आधरभूत विद्यालयमा ४१८ जना विद्यार्थीहरू अध्ययरत रहेका छन् । यहाँ अध्ययरत सम्पूर्ण विद्यार्थीहरू दलित सामुदायका रहेका छन् । नर्सरीदेखि कक्षा कक्षा पाँचसम्म अंग्रेजी माध्यमबाट पठनपाठन सुरू भएपछि विद्यार्थीको आकर्षण रहेको छ । नर्सरीमा मात्र ८० जना विद्यार्थी अध्ययरत रहेका छन् । यो संख्या नर्सरीमा अध्ययरत गर्ने प्रदेश १ भरीको सामुदायिक विद्यालय भन्दा बढी विद्यार्थी हुन् ।
यसैगरी आधरभूतर्फ उत्कृष्ट हुने विद्यालयहरूमा ताप्लजुङ्गको पाथिभरायाङवरक गाउँपालिका १ मा रहेको हिमालय आवि, पाँचथरको फाल्गुनन्द गाउँपालिका २ मा रहेको त्रिभूवन आवि, इलामको सुर्योदय नगरपालिका ११ मा रहेको भवानी आवि, झापाको हल्दीवारीमा गाउँपालिका ३ मा रहेको गरमकाली आवि रहेको छ । यस्तैगरी सुनसरीको बराहक्षेत्र नगरपालिका २ मा रहेको जलदेवी आवि, धनकुटाको चौविसे गाउँपालिका ३ मा रहेको जनकल्याण आवि, तेह्रथुमको म्याङलुङ नगरपालिका ६ मा रहेको सरस्वती आवि, भोजपुरको भोजपुर नगरपालिका ७ मा रहेको जनसेवा आवि, संखुवासभाको खाँदवारी नगरपालिका ३ मा रहेको लक्ष्मी आवि, सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ४ मा रहेको बासुकी आवि, खोटाङको दिरुम नगरपालिका १० मा रहेको जाल्पा आवि र उदयपुरको त्रियुगा नपा १३ मा रहेको जनप्रेमी आवि स्कुल उत्कृष्ट विद्यालय भएको छ ।

उत्कृष्ट माविलाई १४ लाख र आविलाई साढे सात लाख
विराटनगर । प्रदेश १ मा उत्कृष्ट भएका सुचिकृत भएका २७ वटा विद्यालयहरूलाई प्रदेश सरकारले नगदसहित प्रोत्साहनसहित सम्मान गरेको छ ।
प्रदेशका उत्कृष्ट भएका १४ मावि र १३ वटा आधरभूत विद्यालयलाई नगदसहित सम्मान गरिएको हो । सामाजिक विकास मन्त्रालयले विराटनगरमा बुधबार एक कार्यक्रम आयोजना गरिएको उत्कृष्ट हुने माविलाई जनही १४ लाख र आधरभूति विद्यलायहरूलाई जनही ७ लाख ५० हजार रुपैयाँले प्रोत्साहन सम्मान गरिएको हो ।
सम्मान गरिएको विद्यालयहरूको प्रधानध्यापकलाई प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई, सामाजिक विकास मन्त्री राजन राई, राज्यमन्त्री विष्णु तुम्बाङफेलगायतले नगद, शिल्ड र प्रमाणपत्र बितरण गरिएको थियो ।

सम्बन्धित समाचार

कांग्रेसका ८ सांसदले दर्ता गराए संविधान संशाेधन प्रस्ताव

काठमाडाैं, २० जेठ-प्रमुख प्रतिपक्षी दल नेपाली कांंग्रेसका सांसदहरूले पनि संविधान संशोधनका लागि प्रस्ताव दर्ता गराएकाे छन्। पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा दर्ता भई संसदबाट अस्वीकृत भएको संशोधन प्रस्तावलाई नै कांग्रेस सांसदहरूले पुनः दर्ता गराएका हुन् । कांग्रेस...

अब माओवादी र जसपाले समर्थन फिर्ता लिएपनि सरकार ढल्दैन- विमलेन्द्र निधी

नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधीले माओवादी र जसपाले समर्थन फिर्ता लिएपनि सरकार नढल्ने बताएका छन् । महोत्तरीको जलेश्वरमा जिल्ला पार्टी कार्यालय (महेश्वर सिंह स्मृति भवन) र सिंहकै शालिक अनावरण गर्दै उनले काँग्रेस नेतृत्वको सरकारले नै...

लकडाउनलाई बढाएर सीमामा कडाइ गर्न राष्ट्रियसभा सदस्यहरूको माग

काठमाडौं, १ वैशाख-राष्ट्रिय सभाका सदस्यले लकडाउनलाई बढाउन र सीमामा कडाइ गर्न माग गरेका छन् । आज राष्ट्रियसभाका अध्यक्षले गरेको भर्चुअल बैठकमा बोल्दै सदस्यले कोभिड-१९का थपिँदै गएका संक्रमितहरूलाई मध्यनगर गर्दै यसलाई नियन्त्रण तथा रोकथामका लागि लकडाउन...

होलीमा नियम उल्लघंन गर्ने कोशीमा ८७० सवारी कारवाहीमा, मोरङमा मात्रै २५६

विराटनगर । होलीमा ट्राफिक नियम उल्लघंन गर्ने ८७० वटा सवारी साधनलाई कारवाही गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले तराइमा सोमबार भएको होली पर्वमा ट्राफिक नियम उल्लघंन गर्ने ८७० वटा सवारी साधन कारवाही गरेको...

मानसिक शान्ति र जिवनशैली परिवर्तनका लागि प्रवचन

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले मानसिक शान्ति र जिवनशैली परिवर्तनका लागि प्रवचन आयोजना गरेको छ । क्लबले विराटनगरस्थित सिटी प्यालेसमा भारतको इंदौर शहरबाट आएको सन टु ह्युमेन फाउण्डेसन  संस्थामार्फत विराटनगरको सबै रोटरी क्लब,...

शुक्रबारदेखी सुरुहुने विराट एक्स्पोको तयारी पुरा, १ अर्वको कारोबार हुने अनुमान

विराटनगर, फागुन २९–आगामी फागुन २ गतेदेखि विराटनगरमा शुरु हुने विराट एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको छ । स्थानीय उत्पादनको प्रवद्र्धन र लगानी मैत्री वातावरण निर्माण गर्ने उद्देश्यले आयोजना हुने लागेको विराट एक्स्पो कृषि तथा औद्योगिक...

झडपबीच सकियो कांग्रेस बैठक

काठमाडौं, माघ १३–नेविसंघका विद्यार्थीबीच जारी झडपकै बीच कांग्रेसले महाधिवेशनबाहेकका सबै अधिवेशनको मिति परिवर्तन गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले गत ११ पुसमा पेस गरेको महाधिवेशन कार्यतालिकामध्ये महाधिवेशनबाहेकका कार्यतालिका परिवर्तन गरेको हो...

प्रदेश १ मा कोरोना परिक्षण व्यवस्थित बनाइने

विराटनगर, १ भदौ–प्रदेश १ मा कोरोना परीक्षणलाई व्यवस्थित बनाईने भएको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरेको अध्यक्षतामा आईतबार बसेको बैठकले कोरोना संक्रमणको दर बढेसँगै सिमित क्षमतालाई ध्यान दिँदै पीसीआर परीक्षणलाई व्यवस्थित र वैज्ञानिक बनाउने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्