राशिफल

झडपबीच सकियो कांग्रेस बैठक

 न्यूज विराट
झडपबीच सकियो कांग्रेस बैठक

काठमाडौं, माघ १३–नेविसंघका विद्यार्थीबीच जारी झडपकै बीच कांग्रेसले महाधिवेशनबाहेकका सबै अधिवेशनको मिति परिवर्तन गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले गत ११ पुसमा पेस गरेको महाधिवेशन कार्यतालिकामध्ये महाधिवेशनबाहेकका कार्यतालिका परिवर्तन गरेको हो । अब केन्द्र भन्दा भन्दा तल्ला समितिहरूले २०७७ कात्तिकभित्र अधिवेशन सक्नुपर्नेछ । यसअघि यो मिति २०७७ सम्म तय भएको थियो । नेविसंघका कार्यकर्ताबीच विवाद भइरहे पनि यो विषयमा भने केन्द्रीय समितिले कुनै निर्णय गर्न सकेन ।

कार्यालय परिसर विद्यार्थीबीचको भिडन्तले रणभूमि बनेपछि नेताहरूलाई प्रहरीले स्कर्टिङ गरी बाहिर निकालेको छ भने कार्याकर्ताबीच झडप जारी छ । नेविसंघमा ३२ वर्षमुनिलाई नेतृत्व दिनुपर्ने माग गर्दै रिले अनसनमा बसेका कुन्दराज काफ्ने नेतृत्वको समूहमाथि नेविसंघ काठमाडौंका अध्यक्ष मनोज वैद्य समूहले आक्रमण गरेपछि कांग्रेस मुख्यालय तनावग्रस्त छ ।

सम्बन्धित समाचार

विराट गोल्डकप , संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...

विराट गोल्डकप : भुटानलाई हराउँदै साविक बिजेता एपीएफ सेमिफाइनलमा

अंकित पोखरेल विराटनगर । पाहुना टोली भुटानको ड्रक लयुल फुटबल क्लबलाई स्तब्ध बनाउँदै साविक विजेता सशस्त्र प्रहरी बल (एपीएफ) सातौं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानको फ्लड लाईटमा शनिबार राती भएको...

आयत – निर्यातमा सहजिकरणी गरिदिनुपर्नेमा जोड

विराटनगर । ढुवानी व्यवसायीहरुले सामान आयत निर्यात गर्दा राज्यले सहजीकरणको लागी आवश्यक पहल कदमि गरिदिनुपर्ने व्यवसायीहरुले बताएका छन् ।ट्रान्सपोर्ट एसोसिएसन विराटनगर मोरङको १३ औं वार्षिक साधरण सभा तथा ७ औं अधिवेशनको उद्घाटन शत्रमा शनिबार बोल्दै...