मोरङको केराबारीमा आफ्नै घरभित्र भेटियो युवकको शव

 न्यूज विराट
मोरङको केराबारीमा आफ्नै घरभित्र भेटियो युवकको शव

विराटनगर । मोरङको केराबारी गाउँपालिका ९ बेलचौरीमा सोमबार दिउँसो आफ्नै घरभित्र युवकको शव फेला परेको छ । ३० वर्षीय राम ऋषिदेवको शव घरको माथिल्लो तलाको कोठाभित्र फेला परेको हो ।

सिरक ओढेको र शरीर सुन्निएको अवस्थामा ओछ्यानमा उनी मृत फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी टीकाबहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार सडेर दुर्गन्धित भएको अवस्थामा शव फेला परेपनि घटना शंकास्पद देखिएको छैन । घटनाको प्रकृति हेर्दा ३÷४ दिनअघि नै मृत्यु भएजस्तो देखिने कार्कीले बताए । उनका अनुसार गाउँमा दुर्गन्ध फैलिएपछि खोजी गर्ने क्रममा स्थानीयले घरभित्र शव फेला पारेका हुन् ।
पारिवारिक विवादपछि गत बिहीबारदेखि पत्नी रेखा ऋषिदेव मोरङको बेलबारी नगरपालिका–१ स्थित माइत गएको पाइएको प्रहरीले जनाएको छ । घरमा झगडा परेर पत्नी माइत गएपछि काठ र कर्कटपाताको प्रयोग गरेर बनाइएको घरमा उनी एक्लै बस्दै आएका थिए । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक खगेन्द्र धमला नेतृत्वको टोलीले शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएर घटनाको अनुसन्धान सुरु गरेको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट ऋषिदेवको मृत्युको कारण खुल्न सकेन । पोस्टमार्टम रिपोर्ट प्राप्त भएर विस्तृतमा अनुसन्धान गरेपछि मृत्युको कारण प्रष्ट हुने जानकारी डीएसपी कार्कीले दिए ।

सम्बन्धित समाचार

प्रदेश १ मा २५ जेठदेखि ७० हजारलाई भेरोसेल खोप लगाइने, भोलिसम्म सवै जिल्लामा खोप पुग्ने

विराटनगर, २३ जेठ । प्रदेश १ मा ७० हजारलाई कोभिड १९ विरुद्धको भेरोसेल खोप लगाईने भएको छ । जेठ २५ गतेदेखि १४ वटै जिल्लामा खोप लगाईने भएको हो । ६० देखि ६४ वर्ष उमेर समूहका...

पोखरा महानगरले दियो कास्कीका ४ गाउँपालिकालाई पीपीई

पोखरा, २ वैशाख-पोखरा महानगरपालिकाले कास्कीका ४ वटै गाउँपालिकालाई स्वास्थ्यकर्मीले प्रयोग गर्ने व्यक्तिगत सुरक्षा सामग्री पीपीई प्रदान गरेको छ । पोखरा महानगरपालिकाले रूपा, मादी, अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकालाई १०/१० थान पीपीई मंगलबार प्रदान गरेको हो ।...

कोरोना नियन्त्रणमा केन्द्रित हुन दिगो विकास समितिको सरकारलाई निर्देशन

काठमाडौं, १२ वैशाख-राष्ट्रियसभाको दिगो विकास समितिले कोरोना महामारी नियन्त्रणमा मात्रै ध्यान केन्द्रित गर्न सरकारलाई निर्देशन दिएको छ । विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमणको जोखिम रहेका बेला महामारी नियन्त्रणका लागि अन्यन्त्र ध्यान नदिन...

झलनाथ र माधव एमालेको साधारण सदस्यबाटै निष्कासित

काठमाडौं । नेकपा एमालेले बरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेको छ । स्थायी कमिटीको आज बसेको बैठकले खनाल र नेपाल सहित विघटित संसदका ११ जना...

एमाले विराटनगरको निर्वाचन : मनोनयन दर्ता सुरु, राती ११ बजे मतदान

विराटनगर । विराटनगरमा नेकपा एमालेको महानगर कमिटीको निर्वाचन प्रक्रिया अघि बढेको छ। निर्वाचन कमिटीले मनोनयन दर्ताका लागि फाराम वितरण सुरु गरेको छ । जसका लागि आकांक्षी उम्मेदवारहरू फाराम लिन लाइनमा देखिएका छन्।मंगलबार उद्घाटन भएको दोस्रो...

राप्रपा विराटनगर महानगर कमिटीको अध्यक्षमा वैद्य

विराटनगर,६ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी विराटनगर महानगरपालिका परिषदको आज यहाँ भएको भेलाले पूर्व प्रहरी नायव उपरीक्षक युवनारायण वैद्यको अध्यक्षतामा ३१ सदस्यीय कमिटी गठन गरिएको छ। कमिटीका सदस्यहरुमा प्रह्लादप्रसाद शाह, शयेन्द्रा बान्तवा,केदार कोइराला,विश्वमोहन थापा,दिनेश शाह,नरेश...

कार्यदलका नेताहरू ओली-प्रचण्ड भेट्दै

काठमाडौं, २१ कात्तिक-नेकपाभित्र विवाद चर्किदै गएपछि दोस्रो तहका केही नेताहरू सक्रिय हुने प्रयासमा लागेका छन् । नेकपा सचिवालयले गत साउनमा गठन गरेको विवाद समाधानको सुझाव कार्यदलका सदस्यहरू सक्रिय हुन लागेका हुन् ।  अध्यक्षद्वय  केपी शर्मा...

बोल्न नसक्ने व्यक्तिको हत्या गर्ने ‘अघोरी’ पक्राउ

काठमाडौं, माघ २९ । बोल्न नसक्ने व्यक्तिलाई कुटपिट गरी हत्या गरेको आरोपमा आफूलाई अघोरी बताउने एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा काठमाडौँ दक्षिणकाली नगरपालिका–६ फर्पिङस्थित दक्षिणकाली पार्टी प्यालेस अगाडि बस्ने ३५ वर्षीय शिव गिरी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्