प्रदेश १ : पुस १७ गते प्रदेशसभाको प्रथम अधिवेशन आह्वान गर्न सिफारिस

 न्यूज विराट
प्रदेश १ : पुस १७ गते प्रदेशसभाको प्रथम अधिवेशन आह्वान गर्न सिफारिस

विराटनगर । प्रदेश १ प्रदेशसभाको प्रथम अधिवेशन पुस १७ गतेका लागि आह्वान गर्न प्रदेश प्रमुखसमक्ष प्रदेश सरकारले सिफारिस गर्ने निर्णय गरेको छ । प्रदेश नंं. १ मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यस्तो निर्णाय गरेको हो ।
मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले नेपालको संविधानको धारा १८३ को उपधारा(१) बमोजिम प्रदेश सभाको प्रथम अधिवेशन आइतबार अपरान्ह १ बजेका लागि आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेले जानकारी दिए । मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको प्रथम अधिवेशन आह्वान गर्न नेपालको संविधानको धारा १६६ को उपधारा (२) बमोजिम माननीय प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको बताए ।

प्रदेश प्रमुखले प्रदेश सभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेश सभाको अधिवेशन आह्वान गर्नेछ भन्ने संवैधानिक व्यवस्थाबमोजिम प्रदेश सरकार मन्त्रिपरिषद्ले बैठक आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । बैठकमा प्रदेश सभा आह्वानबाहेकका कार्यसूची नभएकाले अन्य कुनै निर्णय नभएको मन्त्री घिमिरेले बताए ।

सम्बन्धित समाचार

थपिएका छैनन् कोरोना संक्रमित : स्वास्थ्य मन्त्रालय

सरकारले कोरोना भाइरस संक्रमित नथपिएको जनाएको छ । नोबेल कोरोना भाइरसबारे जानकारी दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मलेनमा प्रवक्ता डा विकास देवकोटाले नेपालमा कोरोना नपिएको बताएका हुन् । मंगलबार सनसिटीमा देखिएका संक्रमितपछि...

न्यूरो अस्पताल र विराटमा मेडिकल कलेजले कोरोना संक्रमितको निशुल्क उपचार गर्ने

विराटनगर, २४ भदौ–विराटनगरस्थित न्युरो अस्पताल र बुढीगंगा गाउँपालिकास्थित विराट मेडिकल कलेजले कोरोना संक्रमितको निशुल्क उपचार गर्ने भएका छन् । कोभिड उपचारका लगि छुट्टै अस्पताल सञ्चालनमा ल्याएका दुवै स्वास्थ्य संस्थाले कोरोना संक्रमितको निशुल्क उपचार गर्ने भएका...

एसईईको मूल्याङ्कन कार्यविधि अन्तिम चरणमा

काठमाडौं, ८ असार-एसईईको मूल्याङ्कन कसरी गर्ने भन्ने कार्यविधि बनाउन गठित समितिले प्रतिवेदन तयार पारेको छ । राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालको संयोजकत्वमा गठित समितिले प्रतिवेदन तयार पारेको हो । समितिले प्रतिवेदन आज नै...

विपद् व्यवस्थापन गर्न प्रदेश ५ ले पहाडी जिल्लालाई ५ र तराईका जिल्लालाई ८ लाख दिने

रुपन्देही, १० वैशाख-प्रदेश  ५ सरकारले प्रदेशअन्तर्गतका जिल्लामा कोरोना भाइरस जोखिम व्यवस्थापनका लागि आवश्यक बजेट दिने निर्णय गरेको छ ।प्रदेश सरकार, मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रदेश विपद् व्यवस्थापन कोषमा रहेको रकमबाट बजेट उपलब्ध गरउाने निर्णय लिएको...

नेकपा बैठकअघि सुरु भयो दौडधूप, महासचिव पुगे खुमलटार

काठमाडौं, २ मंसिर-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकको अघिल्लो दिन नेताहरुको दौडधूप सुरु भएको छ । निर्धारित सचिवालय बैठक अनिश्चित हुने आंकलन गरिरहेकाबेला महासचिव विष्णु पौडेल कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पुगेका छन्...

चरेस सेवन गर्ने तीन जना विराटनगरमा पक्राउ

विराटनगर, माघ २४–नेपाल र भारतको सिमा क्षेत्रमा अवैध लागूऔषध चरेस सेवन गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर–१४ स्थित सिमा क्षेत्रबाट लागुऔषध चरेस सेवन गरिरहेको अवस्थामा प्रहरीले तीन जनलाई पक्राउ गरेको हो ।...

प्रदेश २ मा सरकार परिवर्तनको संकेत !

जनकपुर, माघ १८प्रदेश सरकारका एक राज्यमन्त्रीले राजीनामा दिएको दुई दिनपछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले यसबारे टिप्पणी गरेका छन् । भौतिक पूर्वाधार विकास राज्यमन्त्री डा. डिम्पल झाले मंगलबार राजीनामा दिनुको कारण उनकै पार्टी रहेको...

उच्च सतर्कताका साथ विराटनगरबाट हवाई उडान सुरु, पहिलो दिन ६ उडान

विराटनगर, ५ असोज–कोरोना भाइरस महामारी नियन्त्रण गर्न गरिएको लकडाउनपछि गत चैत ११ गतेबाट बन्द हवाइसेवा सोमबारबाट सुरु भएको छ । लामो समयको बन्दपछि सोमबारदेखि सुरु भएको हवाइसेवामा पहिलो दिननै विराटनगर विमानस्थलबाट ६ उडान भएका छन्...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्