राशिफल

प्रदेश २ मा सरकार परिवर्तनको संकेत !

 न्यूज विराट
प्रदेश २ मा सरकार परिवर्तनको संकेत !

जनकपुर, माघ १८प्रदेश सरकारका एक राज्यमन्त्रीले राजीनामा दिएको दुई दिनपछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले यसबारे टिप्पणी गरेका छन् । भौतिक पूर्वाधार विकास राज्यमन्त्री डा. डिम्पल झाले मंगलबार राजीनामा दिनुको कारण उनकै पार्टी रहेको मुख्यमन्त्री राउतले बताएका छन् ।

राज्यमन्त्रीको राजीनामाबारे शनिबार पत्रकारहरूको जिज्ञासामा मुख्यमन्त्री राउतले सरकारका कारण नभइ झाले आफ्नै पार्टीका कारण राजीनामा गरेको बताएका हुन् । राजपाका कोटाबाट राज्यमन्त्री बनेकी झाले आफू सरकारको कामदेखि सन्तुष्ट नरहेकाले राजीनामा दिएको बताएकी थिइन् ।

धेरै दिनदेखि उपभोक्ता समितिहरूको पैसा फर्छ्यौटमा मुख्यमन्त्रीले गम्भीरता नदेखाएको भन्दै डा. झा असन्तुष्ट थिइन् । ’हाम्रो पैसा किन रोकियो भनेर मानिसहरू हामीलाई फोन गर्छन्, क्याविनेटबाट पास भए पनि अहिलेसम्म पैसा दिइएको छैन’, उनले राजिनामा दिएपछि पत्रकारहरूसँग भनेकी थिइन् ।

सम्बन्धित समाचार

साविक बिजेता एपीएफलाई हराउँदै लुका सकर विराट गोल्डकपको फाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब सातौं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद मैदानमा मंगबलार सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा साविक विजेता विभागीय टोली एपीएफलाई टाईब्रेकरमा ४–२ गोलले...

प्रहरी र पहिचानपक्षबीच विराटनगरमा झडप, एक दर्जन घाइते

विराटनगर । कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै प्रदर्शनमा उत्रिएका पहिचान पक्षधरका आन्दोलनकारी र प्रहरीबीच विराटनगरमा आज दिउँसो झडप भएको छ । विराटनगरको होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी...

विराट गोल्डकप , संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...