विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विभेदकारी शिक्षा नीतिलाई समान शिक्षा बनाउनुपर्नेमा जोड दिएका छन् ।
काठमाण्डौ विश्व विद्यालय र विराटनगरस्थित एस्पायर कलेजबीच सम्झौता पछि बी टिएच बिएड, आइटी र बीपिएच कार्यक्रमको अभिमुखिकरण गोष्ठीको सोमबार उद्घाटन गर्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन् ।
मुख्यमन्त्री राईले योग्य र जेहन्दार विद्यार्थीले महंगो शिक्षा भएको कारणले गर्दा शिक्षाबाट बन्चित हुनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताए । ‘शिक्षा आजको आवश्यकता र महत्वपूर्ण हो । शिक्षाको कारणले गर्दा नागरिकमा विभेद रहेको छ । यस्तो विभेद हटाएर समान शिक्षा दिन जरुरी रहेको छ,’ मुख्यमन्त्री राईले भने, ‘अबको आवश्यकता भनेको रोजगारमुखि शिक्षासँगै एकखालको शिक्षा दिन जरुरी रहेको छ ।’ मुख्यमन्त्री राईले सकात्मक भावनाको पैदा गरेर शिक्षालाई गुणस्तरीय सँगै रोजगारमुखि शिक्षा दिनुपर्नेमा जोड दिए । कार्यक्रममा काठमाण्डौं विश्व विद्यालयका डिन डा. बालचन्द्र लुईटेलले देशमा प्राविधिक जनशक्तिको अभाव रहेको भन्दै दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताए । ‘अहिले प्राविधिक जनशक्ति निक्कै कमी रहेको छ,’ उनले भने, ‘माग धेरै छन् । त्यसैले हामीले दक्ष जनशक्ति उप्पादनमा ध्यान दिनुपर्नेछ ।’ कार्यक्रममा प्राडा अच्युत वाग्लले रोजगारमुखि शिक्षा प्रदान गरी दक्ष जनशक्ति उत्पादनमा गरिनुपर्नेमा जोड दिए ।
विराटनगर । धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतको पर्खाल भत्काएर थुनुवाहरु फरार भएका छन् । लागुऔषध, हातहतियार, अभद्र व्यवहारका ७ जना थुनुवामध्ये ६ जना थुनुवा फरार भएका हुन् । पुरानो घरमा रहेको हिरासत कक्षको शौचालयको...
इलामको गोदकमा अनियन्त्रित अवस्थामा रहेकाे बसकाे झ्यालबाट हाम फाल्दा साेही बसले किचिएर एक जनाकाे मृत्यु भएकाे छ । इलाम नगरपालिका–१० गोदकस्थित मेची लोकमार्गमा सोमबार राति १० बजेतिर याे घटना भएकाे हाे । ना ४ ख ६२४८...
काठमाडौं, २९ जेठ-पूर्व प्रहरी प्रमुख प्रहरी महानिरीक्षक (आइजीपी) रमेशचन्द ठकुरी आज रिहा हुने भएका छन् । सुडान घोटाला प्रकरणमा दोषी ठहरपछि जेल सजाय भोगिरहेका ठकुरी एक वर्ष कैद सजाय भुक्तानी गरी डील्लीबजार कारागारबाट छुट्न लागेका...
एजेन्सी, जेठ ५-जर्मन बुन्डेस लिगामा शीर्ष स्थानको बायर्न म्युनिख विजयी भएको छ । कोरोना भाइरसको महामारीका बीच ६६ दिनपछि पुनः सुरु भएको बुण्डेस लिगामा बायर्नले युनियन बर्लिनलाई उसकै मैदानमा २-० ले हराएको हो । बायर्नको...
काठमाडौं, २६ जेठ-नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले यात्रुसँग चर्को भाडा नलिएको स्पष्ट पारेका छन् ।महासंघ र उनको नाम जोडेर यात्रुसँग चर्को भाडा असुलेको समाचार बाहिर आएपछि महासचिव सिटौलाले स्पष्ट पारेका हुन् ।...
तेह्रथुम, २६ वैशाख-तेह्रथुमको फेदाप गाउँपालिका-५ इसिबुका १ युवकले बाबुआमाको हत्या गरेका छन् । इसिबुका २० वर्षीय कञ्चन लिम्बूले बिहीबार साँझ ६ बजे बाबुआमाको हत्या गरेका हुन् । सामान्य घरायसी विवादमा ४२ वर्षीय बुबा रुपबहादुर लिम्बू...
विराटनगर । बिरयानी पारखीहरूलाई ध्यानमा राख्दै काठमाडौंको ‘बिरयानी अड्डा’ ले विराटनगरको महेन्द्र चोकमा बिहीबार (आज) देखि शाखा बिस्तारै गरेको छ । युवा उद्यमी तथा उद्योग संगठन मोरङका सदस्य प्रतीक राउतले एक कार्यक्रमका बीच ‘बिरयानी अड्डा’...
विराटनगर, २६ असार । ४ जना प्रतिस्पर्धीलाई फाइनलमा उछिन्दै दिपेश मोक्तान ‘इट्स माइ सोङ्ग–लकडाउन म्यूजिक कम्पिटिसन –२०७८’ को बिजेता बन्न सफल भएका छन् । फाइनल राउण्डका प्रतिस्पर्धीहरू मनु दाहाल, देवेन्द्र बास्कोटा, भुपेन्द्र कटुवाल र राज...