विराट एक्स्पो चार दिन थपियो, आइतबारसम्म सञ्चालन हुने

 न्यूज विराट
विराट एक्स्पो चार दिन थपियो, आइतबारसम्म सञ्चालन हुने

विराटनगर । विराटनगर–१४ स्थित डिग्री कलेजको मैदानमा जारी विराट एक्स्पोको समय थप गरिएको छ । बुधबारसम्म सञ्चालन हुने भनिएको एक्स्पोको समय बढाएर आइतबारसम्म लगिएको छ ।

एक्स्पोको समय थप गरेर पुस १० गते आइतबारसम्म पु¥याइएको एक्स्पो आयोजक उद्योग संगठन मोरङले जनाएको छ । उद्योग संगठन मोरङका अध्यक्ष सुयस प्याकुलेलले मन्द भएको व्यवसाय एक्पोका कारण चलायमान भएपछि व्यवसायी र उपभोक्ताहरूकै आग्रहमा पुस १० गतेसम्मलाई अवधि थप गरिएको जानकारी दिए ।

यस अघि मंसिर २९ गते देखि पुस ६ गते सम्म एक्स्पो आयोजना हुने जनाइएको थियो । एक्स्पोमा दैनिक जसो अवलोकन गर्नेहरूको संख्या बढ्दै गएको छ । एक्स्पोका सहभागी कम्पनीहरूले आफ्ना उत्पादनमा छुटको व्यवस्था गरेका छन् । छुट तथा विभिन्न आकर्षक अफरहरूका कारण एक्स्पो भ्रमणका लागि आउने आगन्तुक तथा उपभोक्ताहरू प्रदर्शनीमा राखिएका उत्पादनहरू खरिद गर्न उत्साहित देखिएका छन् ।

एक्स्पोमा स्टल अवलोकनका अलवा दैनिक किसिमका विभिन्न छुट्टै कार्यक्रम हुने गरेको छ । बुधबार नीतिगत सबलीकरणमा जनशक्ति विकासको विद्यमान परिवेश र लेखाजोजा, नेपालको ऊर्जा नीतिका असमञ्जसता ः औद्योगिकीकरणलाई टेवा कि कच्चा पदार्थको निर्यात ? तथा प्रदेशमा पर्यटनको उज्यालो सम्भावना शीर्षकमा कार्यपत्र प्रस्तुतिका साथै छलफल गरिने छ ।

त्यसैगरी, दैनिक साँस्कृतिक कार्यक्रमका साथै राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने छ । बुधबार विराट एक्स्पो सिगिङ आइडल प्रतियोगिताको फाइनलका साथै र्यापर डंग र गायीका इन्दिरा जोशीको प्रस्तुति रहेको छ । साँझमा हुने साँगीतिक कार्यक्रममा युवायुवतीको उल्लेखीय उपस्थिति हुने गरेको छ ।
दुहबी, निमुवा, कञ्चनबारी हुँदै एक्स्पो स्थल, पुष्पलाल चोक, तीनपैनी, मेनरोड हुँदै एस्क्पो स्थल, कटहरी, देवकोटा चोक हुँदै एक्स्पो स्थल तथा जोगबनीबाट एक्स्पो स्थलसम्म आउन जानका लागि सटल (निःशुल्क)बसको व्यवस्था गरिएको छ ।

सम्बन्धित समाचार

जेसी बाल सदनमा विज्ञान प्रर्दशनी

विराटनगर । विराटनगरस्थित जेसी बाल सदन स्कुलमा विज्ञान प्रर्दशनी आयोजना गरिएको छ । स्कुलमा परिसरमा शनिबार खाना महोत्सव, कलाकृति तथा विज्ञान प्रर्दशनी आयोजना गरिएको हो । प्रर्दशनीमा विद्यार्थीहरुले बनाएको खानाको परिकारको साथै विज्ञानसँग सम्बन्धीत विभिन्न...

चितवनबाट पैदलै सप्तरी पुगेका थिए संक्रमित युवक

राजविराज, २९ वैशाख-सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ का १८ वर्षीय युवकमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा स्वाब परीक्षण गर्दा ती युवामा संक्रमण पुष्टि भएको हाे । डाक्नेश्वरी...

प्याब्सन विराट कपको उपाधि मोर्डन एरालाई

विराटनगर । तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्टको उपाधि विराटनगरको मोर्डन एरा स्कुलले जितेको छ । विराटनगरको सहिद मैदानमा बिहीबार सम्पन्न फाइनलमा दिल्ली पब्लिक स्कुल (डिपिएस) लाई १–० गोलले हराउँदै मोर्डन एराले उपाधि जितेको...

प्रदेश १ मा १ वर्षमा मानवअधिकार उल्लंघनका ८ सय ५२ घटना

विराटनगर, फागुन ८–प्रदेश १ मा मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटना बढेको पाइएको छ । सन् २०१९ मा मात्र प्रदेश १ मा मानवअधिकार उल्लंघन र ज्यादतीका घटनामा ८ सय ५२ जना पीडित भएका छन् । प्रदेश...

दोस्रो खेलमा दिल्लीलाई हराउँदै कटिहारको जित

विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि–२० क्रिकेट प्रतियोगितामा भारत विहारको कटिहार क्रिकेट क्लब सेमिफाइनलमा पुगेको छ । आज भएको दोस्रो खेलमा कटिहारले दिल्ली क्रिकेट क्लबलाई ३० रनले हराउँदै सेमिफाइनलमा पुगेको हो । कटिहारले १९.१...

पूर्वाञ्चल विद्या सदनमा स्वास्थ्य शिविर, चार सय बढी विद्यार्थीले गरे स्वास्थ्य परीक्षण

विराटनगर । विराटनगरस्थित पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुलमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । स्कुल परिसरमा बिहीबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको हो । विराट मेडिकल कलेजको प्राविधिक सहयोगमा आयोजना गरिएको शिविरमा ४ सय...

भारतको जम्मु विमानस्थलमा दुई शक्तिशाली विस्फोट

एजेन्सी, १३ असार । भारतको जम्मुस्थित विमानस्थलमा आइतबार शक्तिशाली विस्फोट भएको छ । करिब पाँच मिनेटको अन्तरमा दुई पटक विस्फोट भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । विमानस्थलको उच्च सुरक्षासहितको प्राविधिक क्षेत्रमा भएको विस्फोटबाट कुनै...

राईलाई संसदीय दलको नेताबाट हटाइयो, आचार्य नयाँ नेता चयन

काठमाडौं, १६ पुस-नेकपा प्रचण्ड–माधव पक्षले प्रदेश १ को संसदीय दलको नेतामा भीम आचार्यलाई चयन गरेको छ ।  मुख्यमन्त्री शेरधन राईलाई दलको नेताबाट हटाउँदै अचार्यलाई चयन गरिएको हो । मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दै प्रचण्ड–माधव...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्