औषधी भन्दै खाद्यपुरक सामाग्री विक्री, विरामीलाई भार पर्ने ‘न्युट्रास्युटीकल’ जफत गर्दै विभाग

 न्यूज विराट
औषधी भन्दै खाद्यपुरक सामाग्री विक्री, विरामीलाई भार पर्ने ‘न्युट्रास्युटीकल’ जफत गर्दै विभाग

विराटनगर । विरामीलाई आर्थिक रूपमा भार पर्ने ‘न्युट्रास्युटीकल’ (खाद्यपूरक) सामाग्रीलाई औषधी भन्दै फार्मेशीहरूले विक्री वितरण गर्ने गरेको पाइएको छ । खाद्य पुरक सामाग्रीलाई औषधी भन्दै विक्री वितरण गरेको पाइएपछि औषधी व्यवस्था विभाग विराटनगरले न्युट्रास्युटीकल बरामद गरी नष्ट गर्ने अभियान सुरू गरेको हो ।

तीन वर्ष अगाडी औषधी व्यवस्था विभागले खाद्यपूरक सामाग्री चिकित्सकले सिफारिस गरिदिने र औषधी भन्दै फार्मेशीहरूबाट बिक्री वितरण गर्न थालेपछि रोक लगाएको थियो । विभागले खाद्य पुरक सामाग्री फार्मेशीमा बिक्री वितरण गरेको पाइए बरामद गर्न थालेपछि यो केही हदसम्म नियन्त्रणमा आएको थियो । अहिले फेरी विराटनगर, सुनसरी र झापाका ठुला हस्पिटल भित्र र अगाडीका फार्मेशीहरूबाट खुल्लेआम खाद्यपुरक सामाग्री औषधी भन्दै विरामीलाई बिक्री वितरण गर्न थालेपछि विभागले बरामद गरी नष्ट गर्ने अभियान सुरू गरेको हो ।

अभियान सुरू गरेको सात महिनामा २९ वटा फार्मेशीले औषधी भन्दै बिक्री गर्न राखेको ठूलो परिमाणमा खाद्यपुरक सामाग्री नियन्त्रणमा लिएको औषधी व्यवस्था विभाग विराटनगरका प्रमुख टेकेन्द्र मिश्रले जानकारी दिए । विभागले नियन्त्रणमा लिएको खाद्यपूरक सामाग्री विराटनगरको ठूला हस्पिटल भित्रबाट बरामद गरेको छ । नोबेल मेडिकल कलेजभित्रको सुस्वास्थ्य फार्मेशी, मेडिकेम फर्मा, विराटनगरको हस्पिटल चौकमा रहेको उज्जवल फर्मा, फेसबुक फार्मेशी, शिवराम फार्मेशी, श्री गणेश ड्रग हाउस, विराट नर्सिङहोम भित्रको विराटनगर अस्पताल फार्मेशी, युनिक फार्मेसीबाट विभागले ठूलो परिमाणमा बिक्रीको लागि राखिएको खाद्यपू्रक सामाग्री नियन्त्रणमा लिएको थियो । यस्तै विराटनगरको सप्तकोशी फार्मेशी, सीताराम फार्मेशी, झापाको दमकको मन्जिता फार्मेशी, सयरा फार्मेशी, तोयानाथ फार्मेशी, जुनतारा फार्मेशी, अतुल्यन मेडिकल, आयुव फार्मेशी, मनमोहन अस्पताल फार्मेशीबाट खाद्य पुरक सामाग्री नियन्त्रणमा लिएको विभागले जनाएको छ ।

खाद्यपुरक सामाग्री डिपार्टमेन्ट स्टोरमा राखेर विक्री वितरण गरिने सामान हो । तर, यहाँ भारतमा किलोको हिसाबले जोखेर पाइने खाद्य पुरक सामाग्री नेपालमा ल्याएपछि ३ सयदेखि पाँच सय रुपैयाँसम्म पत्ताको हिसाबले औषधी भन्दै विक्री वितरण गर्ने गरेको पाइएको हो । यसरी डिपाटमेन्ट स्टोरामा राखेर विक्री वितरण गर्ने खाद्यपुरक सामाग्रीलाई औषधी भन्दै विक्री वितरण हुने गरेको पाइएपछि फार्मेशीहरू अनुगमन गर्दै बरामद गर्ने र नष्ट गर्ने अभियान सुरू गरिएको उनले बताए । कमिसनको चक्करमा चिकित्सकले पनि ‘न्युट्रास्युटीकल’ सिफारिस गरिदिने गरको छन् ।

खाद्यपुरक वा आहारपुरक सामाग्रीहरुको जथाभावि प्रयोगले बिरामी, बिरामिको परिवार तथा समाजलाई पुर्याउने आर्थिक नोक्सान हो । आर्थिक प्रलोभनमा परी चिकित्सकहरुले अत्यन्त महंगा खाद्यपुरक वा आहारपुरक सामाग्रीहरुको शिफारिस गर्ने गरेकाले सर्वसाधारण मानिसहरुले त्यसको ठूलो आर्थिक बोझ चुकाउनु परेको छ । कतिपय बिरामिलाई चिकित्सकहरुले ६ महिना देखि १ बर्ष सम्मका लागी त्यसता सामाग्रीहरुको सिफारिस गर्ने गरेका छन् । चिकित्सकहरुले त्यस्ता सामाग्रीहरु सिफारिस गर्दा फलानो पसलमा गएर किन्नु भनेर तोकेरै भन्ने र किनिसकेपछि आएर मलाई देखाउनु समेत भन्ने गरेका छन् । यसबाट खाद्यपुरक वा आहारपुरक सामाग्रीहरुको गलत प्रयोग कुन हदसम्म हुने गरेको छ भन्न कुरा पुष्टि हुने गरेको छ ।

खाद्य तथा गुण नियन्त्रण बिभागबाट अनुमती लिएर आयात गरिएका खाद्यपुरक वा आहारपुरक सामाग्रीहरुको औषधि पसलहरुबाट विक्रि वितरण गरेको पाईएकाले त्यस्ता सामाग्रीहरुको जफत गर्ने गरिएको छ । ‘औषधि ऐन बमोजिम संचालन हुने भएकाले औषधि पसलबाट त्यस्ता सामाग्रीहरुको विक्रि वितरण गर्नु गैर कानूनि कार्य हो,’ औषधी व्यवस्था विभाग विराटनगरका प्रमुख मिश्राले भने, ‘अब अझै व्यवस्थित तरिकाले बिभाग यस किसिमका सामाग्रीहरुको औषधि पसलबाट हुने विक्रिलाई नियन्त्रण गर्न तत्परताका साथ लाग्नेछ । खाद्यपुरक सामाग्रीहरुको प्रयोग बिरामिको उपचारका लागी गर्नु हुँदैन । सो कुरा स्वयं त्यस्ता सामाग्रिहरुका खोलमा ‘नट फर मेडिसियन युज भनेर लेखीएको हुन्छ । तर ठूला अस्पतालहरुबाट त्यस्ता सामाग्रीहरुको सिफारिस हुने र अस्पताल अगाडी रहेका फार्मेसीबाट बिरामिहरुलाई बिभिन्न किसिमका खाद्यपुरक वा आहारपुरक सामाग्रीहरुको विक्रि बितरण निर्बाध रुपमा हुने गरेको छ ।’

सम्बन्धित समाचार

नेकपाले कार्यदलबाटै विवाद समाधान गर्ने

काठमाडौं, १ भदौ-महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलबाटै समाधान खोज्ने निष्कर्ष निकाल्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ । सोमबार बिहान बालुवाटार बसेको बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको इच्छाअनुसार...

राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिता सुरू, कोशी र सुदुरपश्चिमको विजय सुरूवात

विराटनगर । राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा कोशी र सुदुरपश्चिम प्रदेश विजयी भएको छ । विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा मंगलबारदेखि सुरू भएको प्रतियोगिताको पहिलो खेलमा कोशीले कर्णाली प्रदेशलाई ३८ रनले पराजित गरेको हो ।टस जितेर पहिले...

नेवाः देय् दबू मोरङको अध्यक्षमा थर्कमान श्रेष्ठ निर्वाचित

विराटनगर । नेवाः देय् दबू मोरङको अध्यक्षमा थर्कमान श्रेष्ठ निर्वाचित भएका छन् । विराटनगरमा शनिबार सम्पन्न भएको चौथो जिल्ला अधिवेशनबाट थर्कमानले ८२ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धाी ओम प्रकाश श्रेष्ठले ५७...

सीएनआई एक्स्पोको तयारी तिब्र, मेलामा सगरमाथादेखि केचनासम्म हेर्न पाइने

विराटनगर । विराटनगरमा माघ १९ गतेदेखि सुरू हुने सीएनआई कोसी एक्स्पो २०७९ मा संसारकै अग्लो हिमाल सगरमाथादेखि नेपालकै सवैभन्दा होचो स्थान केचना कवल हेर्न पाइने भएको छ । नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ को...

समुदायमा संक्रमण पुगे रोक्न कठिनाई : मन्त्री घिमिरे

विराटनगर, असार १६–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना संक्रमण समुदाय स्तरमा पुगे नियन्त्रण गर्न कठिनाई हुने बताएका छन् । पछिल्लो समय भिडभाड बढेको र स्वास्थ्य सचेतना अपनाएको नदेखिएको उनले बताए । सामाजिक...

मुस्लिम समुदायको तीन दिने धार्मिक सम्मेलन सम्पन्न

जनकपुर, फागुन ६–मुस्लिम समुदायको तीन दिने धार्मिक सम्मेलन इज्तिमा सप्तरीको बोदेबर्साइन ५ जाजरमा सम्पन्न भएको छ । नेपाल तथा भारतका गरी करिब २ लाख भन्दा बढी सहभागी मुस्लिम समुदायद्वारा संयुक्त रुपमा पवित्र नामाज र प्रार्थना...

विपद् व्यवस्थापन गर्न प्रदेश ५ ले पहाडी जिल्लालाई ५ र तराईका जिल्लालाई ८ लाख दिने

रुपन्देही, १० वैशाख-प्रदेश  ५ सरकारले प्रदेशअन्तर्गतका जिल्लामा कोरोना भाइरस जोखिम व्यवस्थापनका लागि आवश्यक बजेट दिने निर्णय गरेको छ ।प्रदेश सरकार, मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रदेश विपद् व्यवस्थापन कोषमा रहेको रकमबाट बजेट उपलब्ध गरउाने निर्णय लिएको...

प्रधानमन्त्री ओली र चिनियाँ रक्षामन्त्री फेङ्गबीच शिष्टाचार भेट

काठमाडौं, १४ मंसिर-चिनियाँ रक्षामन्त्री वेई फेङ्गले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन् । आइतबार बालुवाटारमा फेङ्गले ओलीसँग शिष्टाचार भेट गरेकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । वालुवाटार जानुअघि चिनियाँ रक्षामन्त्री फेङ्गलाई नेपाली सेनाको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्