प्याब्सन विराट कप : जेम्स, बालमिकी र सेन्टजोसेफ स्कुल क्वाटरफाइनलमा

 न्यूज विराट
प्याब्सन विराट कप : जेम्स, बालमिकी र सेन्टजोसेफ स्कुल क्वाटरफाइनलमा

विराटनगर । विराटनगरका तीन वटा स्कुल जारी दोस्रो संस्करणको ‘प्याब्सन विराट कप’ फुटबल टुर्नामेन्ट प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

प्याब्सन विराटनगरले आयोजना गरेको प्रतियोगिता अन्तर्गत सोमबार सम्पन्न भएको खेलमा जेम्स, बालमिकी र सेन्टजोसेफ स्कुल विजयी भइ क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

प्रतियोगिताको पहिलो खेलमा अपर्ण स्कुलले कोशी मोडल स्कुललाई ४–० गोलले पराजित गरी अपर्ण विजयी भएको छ । जितको लागि अपर्णका अबिशेक मगरले २ गोल र आदर्श राई र दिवस खतिवडाले समान १÷१ गोल गरे ।

सोही दिन भएको दोस्रो खेलमा बालमिकी स्कुलले सिद्धार्थ स्कुललाई २–० गोलले पराजित गरी बालमिकी स्कुल क्वाटरफाइनलमा पुगेको छ । जितको लागि बालमिकीका सरोज साहले एक्लै दुई गोल गरेका थिए ।

सोही दिन भएको तेस्रो खेलमा सेन्टजोसेफ स्कुलले देवकोटा स्कुललाई ३–० गोलले हराउँदै सेन्टजोसेफ क्वाटरफाइनल पुगेको छ । जितको लागि सेन्टजोसेफका दिपेश खड्का, निशान्त सिटौला र अरभ शर्माले समान १\१ गोल गरे ।

यस्तै अन्तिम खेलमा जेम्स स्कुलले विराट शिक्षा स्कुललाई ३–२ गोलले पराजित ग¥यो । जितका लागि जेम्सका तर्फबाट अंकित दाहाल, सुशिल बस्नेत, डेबिट खड्काले १÷१ गोल गरेका थिए । विराटको तर्फबाट ओएसिस तिम्सिना र रंजित दनवारले समान १÷१ गोल गरे ।
मंगलबारको पहिलो खेल अपर्ण र बिकेभिएम स्कुलबिच हुनेछ । सोही दिन हुने दोस्रो खेल गोदावरी र मोर्डन एरा, तेस्रो खेल डनवस्को र ग्रेडेड, चौथो खेल बालमिकी र सेन्टजोसेफ, पाँचौ खेल मदरल्याण्ड र जेम्स स्कुलबिच प्रतिस्पर्धा गर्ने खेल संयोजक संयोजक नन्दलाल मण्डलले जानकारी दिए ।

सम्बन्धित समाचार

मुख्यमन्त्री कार्कीले शनिबार लिने विश्वासको मत

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आउँदो शनिवार विश्वासको मत लिने भएका छन् ।प्रदेशसभाको चौथो अधिवेशन बुधबारबाट सुरु हुने भएपनि कार्कीले २० गते विश्वासको मत लिने भएका हुन् । सर्वोच्च अदालतको परमादेशपछि भदौ २२...

रुसमा करिब एक लाख मानिस कोरोनालाई जितेर घर फर्किए, नेपालीमा छैन संक्रमण

मस्को, जेठ ९–रुसमा कोरोना भाईरस (कोभिड–१९) को संक्रमकणबाट निको भएर घर फर्किनेको संख्या करिक १ लाख पुगेको को । शुक्रबारसम्म रुसमा ९९ हजार ८ सय २५ जनाले कोरोनालाई जितेर घर फर्किएका हुन् । पछिल्लो २४...

चुच्चे नक्सा र उत्तरी नाका खोलेवापत मलाई हटाइयो:ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा देशभक्तहरुलाई विदेशी शक्तिसँग सौदाबाजी गरेर सत्ताबाट हटाइने गरेको बताएका छन् । उत्तरतिरका १७ वटा भारतीय चेकपोस्ट हटाएबापत कीर्तिनिधि विष्टलाई प्रधानमन्त्रीबाट हटाइएको स्मरण गर्दै ओलीले...

२४ घण्टामा देशभर ६४१ जना संक्रमित थपिए, १३४ जना डिस्चार्ज

काठमाडौं, ३२ साउन(पछिल्लो २४ घण्टाको अवधिमा थप ६४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर...

नगरलाई दलितमैत्री वातावरण बनाई क्षमता अभिवृद्धी गर्न माग गर्दै ज्ञापन

अर्पणा केशी पथरी, असार ९ मोरङको पथरी शनिश्चरे नगरपालिका अन्र्तगत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा दलित समुदायलाई समेट्न माग गदै दलित संरक्षण समितीले नगर प्रमुख दिलीप कुमार राईलाई १७ बुदेँ ज्ञापन पत्र बुझाएको छ...

भारतले फिर्ता लग्यो काठमाडौंमा रोकिएका आफ्ना नागरिक

काठमाडौं, २२ जेठ-भारतीय सरकारले लकडाउनका कारण नेपालमा रोकिएका आफ्ना नागरिकलाई स्वदेश फिर्ता लगेको छ ।विभिन्न काम विशेषले काठमाडौं उपत्यकामा आइ रोकिएका भारतीय नागरिकलाई भारतीय राजदूतावासको पहलमा स्वदेश फिर्ता लगिएको छ । लामो समय जारी रहेको...

लकडाउनमा अलपत्र भएका मुस्लिम समुदायलाई उद्धार गर्न माग

विराटनगर, बैशाख ७–भारत तथा तेस्रो मुलुकबाट मुस्लिम धार्मिक तीर्थयात्रीहरु (जमात) लकडाउनका कारण सीमा बन्द हुँदा विभिन्न स्थानमा अलपत्र परेको भन्दै मोरङका मुस्लिम अगुवाहरुले उनीहरुको उद्धारमा एकीकृत योजना बनाउन प्रधानमन्त्री समक्ष माग गरेका छन् । मोरङ...

बीपीमा उपचाररत थप दुई संक्रमितको मृत्यु

विराटनगर, २३ असोज–सुनसरीको धरास्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार इटहरी–६ का ६८ वर्षीय पुरुष र दुहबी नगरपालिकाका ५२...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्