मेसु डा. यादवको पहलमा कोशी अस्पतालमा बन्यो ‘सिटीस्क्यान’
सोमबार, ०४ पुष, २०७९,
न्यूज विराट
विराटनगर । प्रदेश १ को सबैभन्दा ठूलो सरकारी अस्पताल कोशीमा बिग्रिएको दुई महिनापछि ‘सिटीस्क्यान’ मेसिन बनाएर संचालनमा ल्याएको छ ।
साढे आठ लाख इमेजेज निकालिसकेको कोशीको यो सिटीस्क्यानको ट्युब बिग्रिएपछि ४ कार्तिकदेखि थन्किएको थियो । ट्युब परिवर्तन गर्न १ करोड खर्च लाग्ने थियो । नारयण क्षेत्रीय अस्पताल विरगन्जमा सिटीस्क्यान बिग्रीएर थन्किएको थियो । उक्त सिटीक्स्यानको ट्युव राम्रो रहेको प्राविधिक जाँच गरेर थाहा भएपछि कोशी अस्पतलाका मेसु डा. लक्ष्मीनारयण यादवको पहलमा स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर उक्त ट्युव ल्याएर जडान गरेपछि सोमबारदेखि पूर्ण रूपमा संचालनमा आएको हो । फिलिपस कम्पनीको सिटीस्क्यानमा ट्युव जडान गरेपछि पूर्ण रुपमा संचालनमा आएको प्राविधिक इन्जिनियर शेखर रन्जितले जानकारी दिए । ‘काशीमा रहेको सिटीस्क्यानमा ट्युव जडान गरेर हामीले आइतबार प्राविधीक जाँच पनि गरियो । राम्रोसँग चलेको छ,’ उनले भने, ‘सोमबार ७ जनाको सिटीस्क्यान गरिएको छ ।’
कोशीमा दैनिक २५ जनासम्मको सिटीस्क्यान हुने गरेको छ । ६ जना रेडियोलोजिष्ट डाक्टर र ४ जना टेक्निसियन रहेका छन् । दैनिक २ सय देखि २ सय ५० जनाको भिडियो ए–क्सरे र २ सय भन्दा बढी ए–क्सरे हुने गरेको छ ।
यसअघि दुई महिनासम्म ‘सिटीस्क्यान’ बिग्रिदा कोशीमा आउने बिरामीले महंगो शुल्क तिरेर निजी अस्पताल जान बाध्य थिए । कोशीमा अस्पतालमा दैनिक आउने १ हजार देखि १ हजार ५ सय बिरामीमध्ये ४० प्रतिशतलाई अल्ट्रासाउण्ड र ८÷१० प्रतिशतलाई सिटीस्क्यान, एमआरआइ र एक्सरेको आवश्यकता पर्ने गरेको छ ।
विराटनगर, २२ मंसिर । माओवादी केन्द्रले प्रदेश अधिवेशनको तयारी तीब्र पारेको छ । माओवादी केन्द्रले आगामी २५ मंसिरमा मोरङको विराटचौकमा प्रदेश अधिवेशन गर्दै छ । त्यसका लागि तयारी तीब्र पारिएको माओवादी केन्द्र प्रदेश १ का...
काठमाडौं, १८ साउन-सरकारले कोरोना संक्रमित पत्ता लगाउनका लागि आरडीटी परीक्षण पूर्ण रुपमा रोक्ने भएको छ । १४ साउनको निर्णयअनुसार आरटीडी परीक्षण नगर्न सबै प्रदेश, स्थानीय तह र अस्पतालहरुलाई आग्रह गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता...
झापा, ११ वैशाख-झापामा अत्यावश्यक औषधि र ताजा तरकारी किन्न अब पसलमा पुग्नैपर्ने बाध्यता हट्दै गएको छ । केही नगरपालिकामा पसलको भीडभाड हटाउन घरघरै सामान पुर्याउने व्यवस्था मिलाइएको हो । विर्तामोड नगरपालिकाले किसानको बारीबाट ताजा तरकारी...
सप्तरी, १२ साउन-सप्तरीमा कोभिड-१९ को लक्षण देखिएका सङ्क्रमित भेटिन थालेका छन् । यसअघि लक्षण नभएका सङ्क्रमितहरू हुने गरेकामा अहिले आउने सङ्क्रमितमा कोभिड–१९ को लक्षण देखिन थालेको चिकित्सकहरूले बताएका छन् । पछिल्लोपटक आउने सङ्क्रमितमध्ये १५ प्रतिशतमा...
सेती प्रादेशिक अस्पाल धनगढीमा उपचाररत कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका कोरोना संक्रमित युवक डिस्चार्ज भएका छन् । उनको दोस्रो र तेस्रो रिपोट नेगेटिभ आएसँगै आइतबार उनलाई अस्पतालले डिस्चार्ज दिएको हो । लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय...
विराटनगर, २६ जेठ । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले प्रदेशलाई खोप खरिदका लागि अनुमति दिन आग्रह गरेकी छन् । संघीय सरकारले तुरुन्तै खोपको प्रवन्ध गर्नु पर्ने र गर्न नसके प्रदेशलाई खरिदको अनुमति...
सरकारले कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिमा नभएका मन्त्रीहरूलाई थप जिम्मेवारी दिएको छ ।सरकार प्रवक्ता रहेका अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री खतिवडाका अनुसार भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री बसन्त नेम्वाङलाई प्रदेश नम्बर १, भूमि,...
विराटनगर, २७ जेठ । मोरङको बेलबारी नगरपालिकाकी उपप्रमुख ढाकाकुमारी पराजुलीले नगरपालिकाले बोरय बाख्रा प्रकरणको छानबिन गर्न गठन गरेको छानबिन समितिमा बस्न अस्वीकार गरेकी छन् । नगरपालिकाको २४ गते बसेको कार्यपालिकाको बोर्डले सत्य तथ्य छानबिन गरी...