व्यवासायिक प्रहरी उत्पादनको उदगमस्थल प्रहरी तालिम केन्द्र : डिआइजी सुदीप गिरी
बुधबार, २८ मंसिर, २०७९,
न्यूज विराट
विराटनगर । १ नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी सुदिप गिरीले व्यवासायिक प्रहरी उत्पादनको उदगमस्थल प्रहरी तालिम केन्द्र बन्दै गएको बताएका छन् । १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरको ५७ औं वार्षिकोत्सको बुधबार उद्घाटन गर्दै डिआइजी गिरीले यस्तो बताएका हुन् ।
उनले नेपाल प्रहरी सेवामा प्रवेश गर्ने जनशक्तिहरुको लागि प्रारम्भिक शिक्षा तथा उन्नत प्रशिक्षण प्रदान गर्ने कार्यमा तालिम केन्द्रको अहम भुमिका रहेको बताए । उनले सक्षम तथा प्रभावकारी प्रहरी संगठनको उपस्थिति बनाई राख्न प्रशिक्षण पद्धतिमा समायानुकुल परिवर्तन हुनु जरुरी रहेको बताए । योग्य जनशक्तिको छनौट र उचित प्रशिक्षण प्राप्त गरे पश्चात मात्रै प्रहरी कर्मचारीले कार्य क्षेत्रमा संगठनको अपेक्षा अनुरुप प्रतिफल दिन सक्ने उनले बताए ।
समयको परिवर्तन संगसंगै नागरिकले प्रहरीबाट अपेक्षा गर्ने सेवा प्रदानमा अपेक्षित सुधार गरेर अगाडि बढ्नु अहिलेको आवश्यकता रहेको बताउँदै हिजोका दिनहरु भन्दा फरक तर सरल र सहज रुपमा सेवा प्रदान गर्ने भावनाको बिकाश तालिमका दिनहरु देखि नै मस्तिष्कमा गढिन जरुरी रहेको हुँदा सोही अनुसारको प्रशिक्षण प्रदान गर्न तालिम केन्द्रलाई निर्देशन समेत डिआइजी गिरीले दिए ।
१ नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी सुदिप गिरी ।
उनले अनुशासन प्रहरी संगठनको गहना रहेको बताउँदै तालिम केन्द्रका प्रशिक्षकहरुको अनुशासन, यसको प्रत्यक्ष प्रभाव र तालिमको स्तरले नै भोलीको दिनमा प्रहरीहरुको कार्य सम्पादन स्तर निर्धारण गर्ने हुँदा सबैको सामुहिक कार्यले सबैजना सफल प्रशिक्षक हुन र यस तालिम केन्द्रलाई देशकै नमूना तालिम केन्द्रको रुपमा स्थापित गर्ने गरी उच्च व्यवसायिकताका साथ काम गर्न निर्देशन समेत दिए ।
डिआइजी गिरीले बार्षिक उत्सवको अवसरमा तालिम केन्द्रले आयोजना गरेको आन्तरिक फुटवल, भलिवल, टेवलटेनिस र ब्याडमिन्टन लगायत अन्य खेलका बिजय हुने खेलाडीहरुलाई पुरस्कार तथा प्रमाण पत्र समेत प्रदान गरे । यसैगरी तालिम केन्द्रमा बर्ष भरीमा उत्कृष्ठ कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई समेत पुरस्कृत गरिएको थियो । सोही अवसरमा प्रकाशन गर्दै आएको स्मारिकालाई समायानुकुल थप परिस्कृत एबम् प्रविधिमैत्री बनाउदै केन्द्रको सम्पुर्ण गतिविधि झल्कने गरी तयार पारिएको वृत्तचित्रको लोकार्पण गरे ।
कार्यक्रममा प्रदेश प्रहरी तालिम केन्द्रका सह(समादेशक प्रहरी नायव उपरीक्षक चतुर्भुज ओझाले केन्द्रको वार्षिक प्रतिवेदन प्रस्तुत गरे । उनले समयानुकुल आफ्नो जिम्मेवारी एवं कर्तव्य पालना गर्न सक्ने ब्यवसायिक कला, कौशल र सीपले भरिएका दक्ष प्रहरी उत्पादन गर्ने क्रममा स्थापना कालदेखि हालसम्म विभिन्न आधारभूत तथा उन्नत तालिमहरु समेत गरी कुल ८१ हजार २ सय ४३ जना प्रहरी अधिकृत तथा जवानहरुलाई प्रशिक्षित गरिसकेको जानकारी गराए ।
कार्यक्रममा केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाले उपस्थित सबैमा धन्यवाद दिनु हुँदै नयाँ नयाँ चुनौतीसँग सामना गर्न सक्ष्रम, ब्यवसायिक एवं कर्तव्यनिष्ट प्रहरी जनशक्तिको उत्पादन नै एक मात्र बिकल्प रहेकोले प्रशिक्षण पद्दतिलाई आधुनिक, ब्यवस्थित तथा उपलब्धिमुलक बनाउने कार्यमा तालिम केन्द्र निरन्तर अगाडि बढिरहेको बताए । बार्षिक उत्सब कार्यक्रममा प्रदेश प्रहरी श्रीमती संघका महासचिव अजिता देवकोटा बास्तोला, प्रहरी बरिष्ठ उपरीक्षक, लगायत प्रहरी अधिकृत तथा जवानहरु र पुर्व प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
काठमाडौं, २४ साउन-शनिबार देशभर ३७८ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमका अनुसार देशभरका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप ३७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको...
[caption id="attachment_47372" align="alignnone" width="1000"] सम्मान ग्रहण गर्दै पत्रकार तिम्सिना ।[/caption] पथरी । तिमल्सिना समाज नेपाल मोरङले पथरीशनिश्चरे नगरपालिकाका सूचना संयोजक पत्रकार भूपेन्द्र तिम्सिना सहित ९ जनालाई सम्मानित गरेको छ । तिमल्सिना समाज नेपाल जिल्ला...
काठमाडौं, २५ जेठ-प्रहरीले रौतहट बम विस्फोट घटना एक अभियुत्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको सिम्राैनगढ नगरपालिका–४ का ५५ वर्षीय मुक्ति साह छन् । उनलाई प्रदेश २ को प्रहरी टोलीले शनिबार पक्राउ गरेको प्रदेश...
काठमाडौं, ३१ साउन-नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या १ सय नाघेको छ । शनिबार थप ३ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएसँगै मृतकको संख्या १ सय नाघेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...
विराटनगर । विराटनगर–९ मा रहेको एम्स कलेजमा अध्ययरत ममता राई नेपाल तेस्रो तथा कोशी प्रदेश प्रथम भएकी छिन् ।राईले विएचएम चौथो समेष्टरको परीक्षामा ३. ९८ जिपिए ल्याइ नेपाल तेस्रो तथा कोशी प्रदेश प्रथम भएकी हुन्...
विराटनगर । नेपाल टे«ड युनियन महासंघ जिफन्ट कोशी प्रदेश युवा कमिटिद्धारा युवा भेला आयोजना गरेको छ । विराटनगरस्थित पानचालीमा रहेको पार्टी कार्यालयमा शनिबार प्रथम विराटनगर महानगर कमिटिको युवा भेला आयोजना गरिएको हो । उक्त भेलाले...
विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले हुलाकी सडक निर्माणमा चासो देखाएका छन् । विराटनगर–५ स्थित गणेशचोक–केशलिया खण्डमा पर्ने हुलाकी सडक निर्माणमा विलम्ब हुँदा स्थानीयलाई सास्ती भएको भन्दै मेयर कोइरालाले तत्काल निर्माण सम्पन्न गर्न निर्माण...
विराटनगर, ६ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार ६० जनामा कोरोना संक्रमण भएको छ । १ हजार ३९७ जनाको पीसीआर परीक्षण गर्दा ८४५ र ५६७ जनाको एन्टिजेन परीक्षण गर्दा २१५ जनामा...