स्वर सम्राट नारायण गोपालको स्मृति दिवस विराटनगरमा मनाइयो
सोमबार, १९ मंसिर, २०७९,
न्यूज विराट
विराटनगर । नेपाली सांगीतिक क्षेत्रका स्वरसम्राट नारायण गोपाल गुरुवाचार्यको ३२ औँ स्मृति दिवस विराटनगरमा मनाएको छ । स्वर संगम संगीतालय विराटनगरले सोमबार आरोहण गुरुकुलमा सांगीतिक कार्यक्रम आयोजना गरी मनाएको हो ।
संगीतालयले नारयण गोपालको स्मृतीमा अहिलेका नयाँ पुस्ताका १८ जना युवा गायकहरूले १८ वटा उहाँको गीत प्रस्तुत गरेर उनको सम्झना गरिएको स्वर संगम संगीतालयका संस्थापक अध्यक्ष कुशेश्वर राईले जानकारी दिए ।
वि सं १९९६ मा असोज १८ गते काठमाण्डौंको किलागलमा जन्मिएका उनको निधन वि सं २०४७ मंसिर १९ गते भएको थियो । उनको सम्झनामा नारायण गोपालले गाएको गीतहरु प्रस्तुत गरि प्रत्येक वर्ष स्मृति दिवस मनाउने गरेको राईले बताए ।
वि सं २०१७ सालमा रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको संगीतमा गीत गाएर स्वर परीक्षा पास गरेकाउनले थुप्रै कालजयी गीत गाएका छन् । उनलाई २०२३ सालमा सर्वोत्तम संगितकार, २०२४ सालमा सर्वोत्तम गायक, २०३९ सालमा रत्न रेकर्ड पुरस्कार, २०३३ सालमा गोरखा दक्षिणबाहु चौथो, २०४० सालमा इन्द्र राज्यलक्ष्मी प्रज्ञा पुरस्कार, २०४४ सालमा छिन्नलता पुरस्कार, २०४५ सालमा जगदम्बाश्री पुरस्कारबाट सम्मान गरिएको थियो । यस्तै २०४८ सालमा त्रिशक्तिपट्ट तेस्रो पुरस्कारले मरणोपरान्त सम्मान गरिएको थियो ।
उनका म त लालीगुँरास भएछु, ए कान्छा ठट्टैमा यो वंश जान लाग्यो, एउटा मान्छेको मायाले लगायतका थुप्रै कालजयी गीतहरु आज पनि उत्तिकै लोकप्रिय छन् ।
विराटनगर । सरकारी तथा निजी स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य संस्था संचालन सम्बन्धी मापदण्ड अनुसार फार्मेशीको दरबन्दी अविलम्व सृजना गरिनुपर्ने नेपाल फर्मास्युटिकल एसोसिएशन नेपाल (एनपीए) ले माग राखेको छ । एनपीएले अस्पताल फार्मेसी सेवा निर्देशिका २०७२ पूर्ण...
विराटनगर, बैशाख ८–प्रदेश १ मा सोमबारसम्म तीन हजार २ सय ६८ जनामा कोरोना परीक्षण भएको छ । सरकारले दू्रत परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने पीसीआर विधिबाट कोरोना संक्रमण भए नभएको धमाधम परीक्षण गरिरहेको छ...
विराटनगर, माघ २३–विराटनगरस्थित आरोहण गुरुकुलमा ‘महाभोज’ नाटक मञ्चन सुरु भएको छ । प्रदेश–१ सरकारसँगको सहकार्यमा मण्डला नाटक समूह नेपालले हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा महाभोज मञ्चन गरेको हो । भारतमा आयोजित भारत रंगमहोत्सवमा छनोट भएर जानेक्रममा...
विराटनगर, फागुन २२–कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट जोगिनका लागि प्रदेश नं. १ मा उच्च सर्तकता अपनाईएको छ । प्रदेश सरकारले शंकास्पद व्यक्तिको नमूना संकलन, संक्रमितको उपचारका लागि आइसोलेसन वार्ड, आपतकालिन स्वास्थ्य व्यवस्थापन केन्द्र, सीमा...
काठमाडौं, ११ पुस-नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ । दुई नेताबीचबीच आज बिहान प्रचण्ड निवास खुमलटारमा एक घण्टा भेटवार्ता भएको हो । भेटमा प्रचण्ड र गौतमबीच पछिल्लो...
विराटनगर । राष्ट्रियसभामा १९ जनाको पदावधि आगामी फागुन २० गते सकिँदै छ । राष्ट्रियसभा सदस्यहरूको पद रिक्त हुनु एक महिना अगाडि नै निर्वाचन गराउनुपर्ने संवैधानिक व्यवस्था छ । सोहीअनुसार आज निर्वाचन हुन लागेको छ ।...
विराटनगर, १९ साउन–प्रदेश १ मा आज ५७ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ४६, झापामा ६ र सुनसरीमा ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा १६ पुरुष, ६ महिला,...
विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजले एक दिवसीय जलवायु सम्मेलन सम्पन्न गरेको छ । जलवायु परिवर्तनको प्रत्यक्ष असर भोगि रहिएको वर्तमान सन्दर्भमा कलेजले शुक्रबार जलवायु सम्मेलन गरेको हो । उक्त सम्मेलनमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...