मोरङ ४ मा पर्ने ११ वटा वडाको गणना सकियो, अमनलाल मोदी ७ हजार ८६५ मतले अगाडी

 न्यूज विराट
मोरङ ४ मा पर्ने ११ वटा वडाको गणना सकियो, अमनलाल मोदी ७ हजार ८६५ मतले अगाडी

विराटनगर । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य अमनलाल मोदीले मोरङ निर्वाचन क्षेत्र नम्बर ४ मा निरन्तर अग्रता बनाउन सफल भएका छन् ।

निर्वाचन क्षेत्र अन्तरगत प्रदेश सभा निर्वाचन क्षेत्र ४(१) तर्फ बुधबार विहानसम्म ११ वटा वडाको मतगणना सम्पन्न हुदा ७ हजार ८६५ मतले अगाडी रहेका छन् ।

कटहरी ४, ५, ६, ७, ग्रामथानको १, २, ३, ४, ५, ६ र ७ गरी ११ वटा वडाको मत गणना सम्पन्न हुँदा मोदीले १७ हजार २ सय १३ मत ल्याएर अग्रता कायम गरेका हुन् । नेकपा एमालेका केन्द्रीय सदस्य विनोद ढकालले ९ हजार ३ सय ४८ मत ल्याएर पछ्याइरहेका छन् । अहिलेसम्म सम्पन्न भएका सबै वडाहरुमा नेता मोदीले अग्रता कायम गरेका छन् ।

मोदीले कटहरी गाउँपालिका अन्तरगत पर्ने वडाहरुमा प्रतिस्पर्धी उम्मेदवार ढकाललाई पछाडि पार्दै निरन्तर अग्रता कायम गरेका छन् । उनले सुरुवाती चरणबाट निरन्तर अग्रता कायम गरिरहेका छन् । कटहरीबाट नेकपा एमालेले अग्रता बनाउनेमा ढकाल पक्ष विश्वस्त थियो । गत स्थानीय तह उल्लेख्य मत प्राप्त गरेका वडाहरुमा समेत एमालेले माओवादी उम्मेदवारलाई उछिन्न सकेन । माओवादीका मोदीले प्रदेश निर्वाचन क्षेत्र ४(१) मा पर्ने कटहरी गाउँपालिकाको वडा नम्बर ४ बाट ५१७, वडा नम्बर ५ बाट ५१६, वडा नम्बर ६ बाट २६५, वडा नम्बर ७ बाट १७२ मतले अग्रता बनाएका थिए ।
यस्तै ग्रामथान गाउँपालिका भित्रको वडाहरू गणना सुरु हुन थालेपछि मोदीले फराकिलो अग्रता बनाउन सफल भए । ग्रामथान वडा नम्बर १ बाट १७३, वडा नम्बर २ बाट ५८९, वडा नम्बर ३ बाट ५२२, वडा नम्बर ४ बाट ८१२, वडा नम्बर ५ बाट १ हजार ३५५, वडा नम्बर ६ बाट ९४२, वडा नम्बर ७ बाट ९१४ मतले अग्रता बनाएका छन् । अहिले बेलबारीबाट गणना सुरु हुदैछ । मोरङ ४(१) मा बेलबारीको ५, ६ र ७ नम्बर वडा पर्दछन् । यी वडाको गणना सकिएपछि विराटनगर १९ नम्बर वडाको गणना हुन्छ । यी वडाहरू गणना सकिएपछि मोरङ ४(१) को प्रदेशतर्फको सकिनेछ ।
त्यसपछि ४(२) को गणना सुरू हुन्छ । ४(२) मा कटहरी १, २, ३, विराटनगरको १, २, ३, ८ र १० वडा पर्दछ । क्षेत्र नम्बर ४ मा २३ वटा वडाहरु छन् ।
गत स्थानीय तह निर्वाचनमा २३ ओटा वडामध्ये १८ वटा वडामा वडाध्यक्ष जितेको भएपनि एमाले मोरङका प्रभावशाली नेता ढकालले ती वडाहरुबाट नतिजा भने निकाल्न सकेको देखिएन । ग्रामीण क्षेत्रबाट अपेक्षाकृत मत प्राप्त नभएपछि ढकाललाई विराटनगर महानगरपालिकाबाट प्राप्त हुने मतबाट जित निकाल्नु पर्ने विकल्प मात्र बाँकी रहेको देखिन्छ । विराटनगरका पाँच वडाहरुनै उनको भरोषाको आधार बन्न पुगेको छ । विराटनगर महानगरका पाँच ओटा वडाहरुमा करिव २४ हजार मत खसेको छ ।

सम्बन्धित समाचार

पैसा फाल्दै हिँड्ने महिलाको पीसीआर परीक्षणमा देखिएन कोरोना

जनकपुरधाम, ७ वैशाख -जनकपुरधामको महावीर चोकमा पैसा फाल्दै भाग्ने दुवै महिलाको कोरोनो रिपोर्ट नेगेटिभ आएको छ । प्रादेशिक अस्पताल जनकपुरधाममा गरिएको आरडीटी परीक्षणमा पोजिटिभ आएको तर पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएको प्रादेशिक अस्पतालले जनाएको छ...

कर्णालीमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि थप सामग्री

सुर्खेत, १९ जेठ-कर्णाली प्रदेशमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, सुर्खेत प्रादेशिक अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा थप ४३ जनामा कोरोना संक्रमण...

प्रदेश २ मा १ वर्षीया बालिसहित थप २९ जनामा कोरोना पुष्टि 

धनुषा, १४ असार-प्रदेश २ मा पछिल्लो २४ घण्टामा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनुषा, महोत्तरी र पर्सामा गरेर थप २९ जनामा कोरोना पुष्टि भएको हो । प्रादेशिक प्रयोगशाला जनकपुरधाम तथा नारायणी...

महाधिवेशन कब्जा गर्ने दाउमा देउवा र पौडेल

काठमाडौं, फागुन २२–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र असन्तुष्ट नेता रामचन्द्र पौडेल १ वर्षपछि हुने भनिएको पार्टीको १४औँ महाधिवेशन आफ्नो पक्षलाई बलियो रूपमा उभ्याउन आआफ्नो रणनीति र योजनामा लागेका छन् । पार्टीमा देखिएको गुटगतरसमूहगत विवाद...

झापामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

झापा, ७ कात्तिक । पूर्व–पश्चिम राजमार्गको कनकाई नगरपालिका–९ लक्ष्मीपुर सडकखण्डमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । शनिबार साँझ पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्र१–०१–००१ख ३५२० नंको ट्रक र विपरीत दिशातर्फ गइरहेको मे५प...

इटहरीमा छुरा प्रहार गरी छिमेकीको हत्या

विराटनगर, ९ असोज । सुनसरीको  इटहरी उपमहानगरपालिका -३ सुनौलो टोलका ६२ बर्षीय देवी प्रसाद अधिकारीले छिमेकी २१ बर्षीय राजु थापालाई छुरा प्रहार गरि हत्या गरेका छन् । हिजो बेलुका साढे ४ बजे सामान्य घरयासी बादबिबाद हुँदा...

भारतमा एकैदिन १८ जनाको मृत्यु, ७ सय संक्रमित थपिए

विश्‍वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भारतमा निरन्तर बढ्दै गएको छ । पछिल्लो १ दिनमा भारतमा ७ सय जना नयाँ संक्रमित देखिएका छन् । एकैदिनमा ७ सय थपिँदा भारतमा संक्रमितको संख्या ४ हजा...

प्रदेश १ :संक्रमण बढी भएका स्थानमा आइसोलेसन बृद्धि गरिने

विराटनगर, ३ भदौ-प्रदेश १ मा कोरोना संक्रमण बढी भएका स्थानमा आईसोलेसन केन्द्र थप गरिने भएको छ । कोभिड १९ संक्रमण नियन्त्रणका संवन्धमा सामाजिक विकास मन्त्री जीवन घिमिरेको अध्यक्षमा बुधबार बसेको बैठकले संक्रमण बढी देखिएका स्थानमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्