पैसा फाल्दै हिँड्ने महिलाको पीसीआर परीक्षणमा देखिएन कोरोना

 न्यूज विराट
पैसा फाल्दै हिँड्ने महिलाको पीसीआर परीक्षणमा देखिएन कोरोना

जनकपुरधाम, ७ वैशाख -जनकपुरधामको महावीर चोकमा पैसा फाल्दै भाग्ने दुवै महिलाको कोरोनो रिपोर्ट नेगेटिभ आएको छ । प्रादेशिक अस्पताल जनकपुरधाममा गरिएको आरडीटी परीक्षणमा पोजिटिभ आएको तर पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएको प्रादेशिक अस्पतालले जनाएको छ । प्रदेश प्रयोगशालाका निमित निर्देशक रामविनय साहले सो जानकारी दिएका हुन् ।

उनका अनुसार कोरोना महामारी संक्रमणको बेला जनकपुरधाममा पैसा फालेर भागेकी नन्द-भाउजूमा शनिबार गरिएको आरडीटी परीक्षणमा पोजिटिभ भेटिए पनि पीसीआर परीक्षणमा नेगेटिभ भेटिएको हो ।

आरडिटीमा पोजिटिभ देखिएको पीसीआरमा नेगेटिभ हुनु कुनै नौलो होइन, आरडीटीले परीक्षणपछि अन्यमा सर्न नदिन सुरक्षा सर्तकताका लागि गरिन्छ, तथापि पीसीआर रिपोर्टलाई चिकित्सकहरूले अन्तिम परिणामको रूपमा अघि सार्ने गर्छन् ।

जनकपुरधामस्थित महावीर चोकमा जथाभावी पैसा फाली लुकीछिपी भाग्ने २ महिलालाई जिल्ला प्रहरी कार्यालय धनुषाले शनिबार पक्राउ गरी प्रादेशिक अस्पतालमा आरडीटी परीक्षण गरेको थियो । तर, आरडिटीमा पोजिटिभ देखिए पनि पीसीआरमा नेगेटिभ देखिएको छ ।

जनकपुरस्थित महावीर चोकमा १० र १०० नोट छरेर भागेका यी महिलालाई शंकाको आधारमा पक्राउ गरी शनिबार आरडीटी परीक्षण गरिएको हो । प्रदेश प्रयोगशालाका निमित निर्देशक साहले  आरडीटी पोजिटिभ देखिए पनि पीसीआर नेगेटिभ देखिनु सामान्य भएको बताए ।

‘आरडिटी प्रारम्भिक जाँच हो, यसमा हामी भर पर्दैर्नौ तर सावधानीका लागि यो भरपर्दो हो,’ उनले भने, ‘तैपनि पीसीआर रिपोर्ट आएपछि मात्र हामी कोरोना संक्रमित पुष्टि गर्छौं ।’

सम्बन्धित समाचार

विराटनगरमा युवा संघ र अनेरास्ववियु कार्यकर्ताद्धारा सरकारविरुद्ध प्रदर्शन

विराटनगर, २२ माघ । नेकपा (एमाले) का कार्यकर्ताले शनिबार विराटनगरमा सरकारविरुद्ध प्रदर्शन गरेका छन् । युवा संघ र अनेरास्ववियु विराटनगर महानगर कमिटीको आयोजनामा कार्यकर्ताले राँके जुलुससहित सरकारविरुद्ध प्रदर्शन गरेका हुन् । विराटनगरस्थित संसारी माईस्थानदेखि बी...

अपडेट : धुम्बाराहीमा सचिवालय बहुमत सदस्यको बैठक सुरु

काठमाडौं, २५ कात्तिक-सत्तारुढ नेकपाभित्र विवाद चुलिएका बेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठकमा बहुमत सदस्य सहभागी भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेताहरू भने साे बैठकमा गएका छैनन् ।  पार्टी कार्यालय धुम्बाराहीमा बैठक...

आज सहिद दिवस

काठमाडौं, १६ माघ-आज माघ १६ अर्थात् सहिद दिवस । सधैँझैँ यस वर्ष पनि विभिन्न कार्यक्रमको आयोजना गरी प्रजातन्त्रका लागि प्राण आहुती दिने सहिदहरुप्रति सम्मान व्यक्त गर्दै सहिद दिवस मनाइँदैछ । सहिदहरु शुक्रराज शास्त्री, धर्मभक्त माथेमा,...

काठमाडौंको तारकेश्वरमा देखियो बर्डफ्लु, २५ सयभन्दा बढी पक्षी नष्ट

काठमाडौंको तारकेश्वर पालिएका पक्षीमा बर्डफ्लु रोग देखिएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गतको पशु सेवा विभागका अनुसार तारकेश्वर नगरपालिका- ७, साङ्लेखोला, फुटुङमा स्थानीय कृषकले पालेको टर्की र हाँसको नमुना परीक्षण गर्दा शुक्रबार बर्डफ्लु पुष्टि...

प्रचण्डलाई काम गर्न नदिएर विवाद निम्तिएको होः सांसद मण्डल

विराटनगर, साउन १६–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा सांसद शिवकुमार मण्डलले कार्यकारी अध्यक्षलाई काम गर्न नदिएकाले पार्टी भित्र विवाद निम्तीको बताएका छन् । प्रचण्ड पक्षिय नेतासमेत रहेका सांसद मण्डलले एक टेलिभिजनसँगको अन्तरवार्तामा प्रचण्डलाई...

छठमा राष्ट्रपति काठमाडौंका जलासयमा नजाने

काठमाडौं, ४ मंसिर-राष्ट्रपति विद्यादेवी भण्डारी कोभिड-१९ को विश्वव्यापी महामारीका कारण यस वर्षको छठ पर्वका अवसरमा काठमाडौंका विभिन्न स्थानमा सरिक हुन नसक्ने बताएका छन् । राष्ट्रपति भण्डारी विगत वर्षका काठमाडौंका गुहेश्वरी-गौरीघाट र कमलपोखरीमा सहभागी हुने गरेका...

विराटनगर महानगरपालिकाका राजश्व महाशाखा प्रमुख प्रधानले दोहोरो सुविधा लिएको खुलासा, लेखा परिक्षक नियुक्तिमासमेत मोटो रकमको चलखेल

विराटनगर, माघ ३-विराटनगर महानगरपालिकाका एक कर्मचारीले कानुन विपरित दोहोरो सुविधा लिएको खुलासा भएको छ । महानगरपालिकाका राजस्व महाशाखा प्रमुख राजेन्द्र प्रधानले नियम कानुन विपरित महानगपालिकाकै दुई विद्यालयहरुमा लेखापारिक्षकको नियुक्ति लिएर दोहोरो सुविधा लिएको खुलासा भएको...

नेपालको विकास सुरुङयुगमा प्रवेश गर्‍यो : ओली

नेकपाका अध्यक्ष केपी ओलीले नेपाल विकासको सुरुङमार्गमा प्रवेश गरेको बताएका छन् । ओली समूहको नेकपाले आयोजना गरेको बृहत् सभामा बोल्दै ओलीले आफ्नो नेतृत्वमा सरकार गठन भएपछि विकासले तीव्रता लिएको बताएका हुन् । चीनसँग नेपाललाई जोड्न...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्