मोरङमा सोमबार विहानबाट मात्र मतगणना हुने

 न्यूज विराट
मोरङमा सोमबार विहानबाट मात्र मतगणना हुने

विराटनगर । मोरङमा सोमबारबाट मात्र मतगणना हुने भएको छ । निर्वाचन आयोगले रातिबाटै मतगणना सुरु गर्न निर्देशन दिएको भएपनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोमबार विहानबाट मात्र गणना सुरु गर्ने तयारी गरेको हो ।

मोरङको उत्तरी क्षेत्र भौगौलिक रुपमा यातायात सहज रुपमा आवतजावत नहुने भएकोले अन्यन्त्र जिल्ला हुँदै ल्याउनुपर्ने अवस्था रहेको कारण तत्काल गणना सुरु हुने अवस्था नरहेको जिल्ला निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमराज बुढाथोकीले जानकारी दिए । सबै निर्वाचन क्षेत्रको मतपेटिका संकलन भइसकेपछि एकसाथ गणना सुरु गर्ने उनले जानकारी दिए ।

‘शनिबार रातिसम्म मतपेटिका गणनास्थलसम्म ल्याउन समय लाग्छ । त्यहि भएर आइतबार रातिबाट गणना हुने सम्भावना न्यून छ’ उनले भने, ‘सर्बदलीय बैठक राखेपछि मतगणनाको समय टुंगो लाग्छ ।’ मोरङका ६ वटा निर्वाचन क्षेत्रको चार ठाउँमा मतगणना हुने निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचन क्षेत्र नं. ४, ५ र ६ को विराटनगरस्थित आदर्श माविमा गणना हुने मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद ढुङ्गेलले जानकारी दिए । मोरङ क्षेत्र नं. १ को उर्लाबारी नगरपालिका, क्षेत्र नं. २ को रतुवामाई नगरपालिकामा रहेको विश्वनाथ मन्दिर र क्षेत्र नं. ३ को बेलबारी नगरपालिका ३ मा रहेको भगवती माविमा गणना हुने उनले बताए ।

प्रत्येक निर्वाचन क्षेत्रमा प्रारम्भिक चरणमा तीन वटा कोठाबाट मतगणना स्थल बनाइएको छ । ‘अहिले प्रत्येक निर्वाचन क्षेत्रमा तीन वटा गणना स्थल बनाइएको छ,’ उनले भने, ‘आवश्यकता अनुसार पछि थप हुनेछ ।’ एउटा मतगणना स्थलमा ६ जना गणकको टोली रहनेछ ।
मतगणना सुरु भएको तीन दिनभित्र प्रत्यक्ष तर्फको मत परिणाम सार्वजनिक गरिसक्ने तयारी गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ढिलोमा ८ गतेभित्रमा प्रत्यक्षतर्फको मतपरिणाम सार्वजनिक गरिसक्ने कार्यालयको दावी छ ।

मतगणना स्थलमा बाँसको बार लगाएर सिसिटिभी जडान गरिएको छ । मोरङ क्षेत्र नं. ४ को गणनास्थल आदर्श माविको भुईतलामा रहेको छ । क्षेत्र नम्बर ५ को गणना स्थल आदर्श स्कूलको इन्जिनियरिङ भवनमा रहेको छ भने ६ नम्बर निर्वाचन क्षेत्रको आदर्श स्कुलको दोस्रो तला तोकिएको छ ।

सम्बन्धित समाचार

मोरङमा खुकुलो बनाउँदै असार १४ गतेसम्म निषेधाज्ञा थप

विराटनगर, ७ असार । मोरङमा जारी निषेधाज्ञा केही खुकुलो पार्दै एक साता लम्ब्याइएको छ । ८ गते राती १ बजेदेखि लागू हुने गरि असार १४ गते राति १ बजेसम्मका लागि थप गरिएको हो । यस...

प्रदेश–१ मा ६ सय ७० जनाको परीक्षण रिपोर्ट नेगेटिभ

मोरङ, २ वैशाख-प्रदेश–१ मा कोरोना भाइरसका शंकास्पद विरामीको परीक्षणमा सोमबारसम्ममा ६७० जनाको रिपोर्ट ‘नेगेटिभ’ देखिएको छ ।‘थ्रोट स्वाब’ नमुना संकलन गरिएका २३३ जनाको नमुनामध्ये पीसीआर मेसिसनमा परीक्षण गर्दा २१३ जनाको रिपोर्ट ‘नेगेटिभ’ आएको छ भने...

जङ्गी अड्डामा पृतना सम्मेलन

काठमाडौं, ५ असार-मुलुकको सुरक्षा अवस्था र कोभिड-१९ बाट उत्पन्न परिस्थितिसहित समसामयिक विषयमा छलफल गरी भाबी रणनीति तय गर्ने उद्देश्यले सैनिक मुख्यालय जङ्गी अड्डामा आजदेखि पृतनापति सम्मेलन सुरू भएको छ । उक्त सम्मेलनमा उपत्यका बाहिरका ७...

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं, १६ असार-नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेकाे हाे । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आजको बैठकमा प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन...

सङ्खुवासभामा पहिलो पटक कोरोना संक्रमितको मृत्यु

सङ्खुवासभा, १ कात्तिक-कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट सङ्खुवासभामा पहिलो पटक एक जनाको मृत्यु भएको छ । कोरोना पुष्टि भएका धर्मदेवी नगरपालिका-३ का ८० वर्षीय पुरुषको आज मृत्यु भएको हो । स्वास्थ्य कार्यालयका अनुसार आज अपराह्न १...

क्रिकेट मैदान स्तरोन्नतीका लागि प्रदेश सरकारको २ करोड

विराटनगर, चैत ९–विराटनगर महानगरपालिका वडा नम्बर १९ बैजनाथपुरस्थित स्पोर्टस कम्प्लेक्समा रहेको क्रिकेट मैदान स्तरोन्नतीका लागि प्रदेश १ सरकारले २ करोड रुपैंयाँ उपलब्ध गराउने भएको छ । प्रदेश एकका सामाजिक विकास मन्त्री जीवन घिमिरेले पहिलोचरणमा १...

म्याराडोनाप्रति पेलेको भावुक श्रद्धान्जलि, एक दिन आकाशमा सँगै फुटबल खेल्नेछु

एजेन्सी, ११ मंसिर-विश्व फुटबलका महान हस्ती पेलेले अर्जेन्टिनी महान फुटबलर डिएगो म्याराडोनाको निधनप्रति भावुक श्रद्धान्जलि व्यक्त गरेका छन् । ब्राजीललाई ३ पटक विश्वकपको उपाधि दिलाएका पेलेले श्रद्धान्जलि व्यक्त गर्दै भनेका छन्, ‘एक दिन आकाशमा कतै...

पोखरीयामा ११ कक्षामा पढ्ने विद्यार्थीको पनि आकर्षण, ४९६ विद्यार्थीले दिए इन्ट्रान्स

विराटनगर । विराटनगर – ३ मा रहेको पोखरीया माध्यमिक विद्यालयमा कक्षा ११ मा पनि विद्यार्थीको आकर्षण बढेको छ ।कक्षा ९ सम्म अध्ययन गर्न भिड लाग्ने गरेको पोखरीया स्कुलमा उच्च शिक्षा अध्ययन गर्नको लागि पनि विद्यार्थीको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्