बाबा उद्योगमा तस्करीको मैदा, भन्सारले समात्याे चार गाडी मैदासहित तस्करी गर्ने गिरोह

 न्यूज विराट
बाबा उद्योगमा तस्करीको मैदा, भन्सारले समात्याे चार गाडी मैदासहित तस्करी गर्ने गिरोह

         

विराटनगर । सुनसरीको सोनापुरमा रहेको बाबा उद्योगले भारतबाट अवैध रूपमा आयात गरिएको मैदा ल्याएर प्याकिङ गर्ने र बजार पढाउने गरेको रहस्य खुलेको छ । सुरेश राठीले सञ्चालन गरेको उद्योगमा तस्करी भएर आएको ठुलो परिमाणको मैदा विराटनगर भन्सार कार्यालयले सोमबार राती बरामद गरेपछि यस्तो रहस्य बाहिर आएको हो ।

राठीको उद्योग अगाडीदेखि विराटनगर भन्सार कार्यालयको गस्ती टोलीले दुई वटा ट्याक्टर र २ वटा मिनी ट्याक्टरमा लोड गरिएको १५ लाख मूल्यको ५ सय ५ बोरा मैदासहित पाँच जनालाई पक्राउ गरेको छ । भारतदेखि अवैध रूपमा मैदा ल्याउने क्या रिङ गर्ने गिरोहका एक जना सदस्यीयलाई पनि भन्सारले समातेको छ । भारतको विहार राज्य नगरपतगञ्जको मोहम्मद रिजवानलाई पक्राउ गरेको हो । पक्राउ परेका रिजवानले नेपाल भारत सीमा क्षेत्रमा २४ सै घण्टा तैनाथ हुने सशस्त्र प्रहरीसँग सेटिङ्ग मिलाएर तस्करीको मैदा उद्योगसम्म स्किटिङ्ग गरेर पु¥याउने गरेको खुलेको छ । तस्करीको मैदा गन्तव्यसम्म पु¥याउन उनी चढेको डब्लु बी ०२ भी २३४० नम्बरको कार पनि पक्राउ गरिएको छ ।

उद्योगसम्म मैदा लैजाने चार जना चालकलाई पनि पक्राउ गरिएको विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी रामचन्द्र ढुंङगनाले जानकारी दिए । पक्राउ पर्नेमा सुनसरीको हरिनगरा गाउँपालिका वडा नं। ७ का वर्ष ३७ का जमसेद आलम को १ ख ३१४५ नम्बरको मिनी ट्रकका चालक हुन् । सो मिनी ट्रकमा भारतबाट तस्करी गरेर ल्याइएको मैदा लोड गरिएको थियो । त्यस्तै को २ त १३०३ नम्बरको ट्याक्टरमा लोड गरिएको तस्करीको मैदासहित पक्राउ परेका चालक वर्ष २२ का नाजिर खान सुनसरीको हरिनगरा गाउँपालिका वडा नं. ७ का निवासी हुन् । सो ट्याक्टर पनि गस्ती टोलीले नियन्त्रणमा लिएको थियो ।

सुनसरीको हरिनगरा गाउँपालिका वडा नं. ७ कै वर्ष १८ का असरफ अलीले चलाएको मे १ त ७०५५ नम्बरको ट्याक्टरमा पनि तस्करीकै मैदा लोड गरिएको भन्सार कार्यालयले जनाएको छ । चालक अली र ट्याक्टर दुवै पक्राउ परेका छन् । हरिनगरा–७ कै वर्ष २३ का फिरोज मियाँले को १ ख २३७६ नम्बरको मिनी ट्रक चलाएका थिए । सो मिनी ट्रकमा पनि तस्करीकै मैदा लोड गरिएको थियो । गस्ती टोलीले मियाँसहित मिनी ट्रकसमेत पक्राउ गरेको छ ।

बरामद भएको मैदा सुनसरी र भारतको सीमा क्षेत्रमा पर्ने घुस्सीको नाकाबाट तस्करी गरेर ल्याइएको भन्सार कार्यालयले जनाएको छ । पक्राउ परेका पाँचै व्यक्तिले सो बाबा उद्योगमा पठाउने गरेको बयान दिएको कार्यालयको भनाइ छ ।
विराटनगर भन्सार प्रमुख ताराप्रसाद सापकोटाले पाँचै अभियुक्तलाई कार्यालयले बयान गराउने प्रक्रिया सुरु गरेको जानकारी दिए । प्रमुख सापकोटाले आफ्नो नेतृत्वमा सोमबार रातैभरि सुनसरीसित जोडिएको सीमा क्षेत्रमा भन्सार गस्ती टोलीले निरीक्षण गर्दा अवैध मैदा फेला परेको बताए ।
पक्राउ परेका पाँचै अभियुक्तलाई कार्यालयले भन्सार चोरी पैठारीको मुद्दा चलाउने जानकारी दिए । भन्सार कार्यालय अर्धन्यायिक निकाय पनि भएकाले उक्त मुद्दा सोही कार्यालयमा दर्ता हुने र कार्यालयले नै कारबाही अघि बढाउने बताइएको छ । सूचना अधिकारी ढुङ्गानाका अनुसार चोरी पैठारीका १ करोडसम्म बिगो भएका मुद्दा हेर्ने अधिकार भन्सार कार्यालयमै हुन्छ । सो बिगोभन्दा माथिका मुद्दा मात्र जिल्ला अदालतमा दर्ता गर्नुपर्छ ।

उनले पक्राउ परेको मैदा र भारतीय नम्बरको कार कार्यालयले जफत गरी लिलामी गर्ने तथा मैदा लोड गरिएका ढुवानीका साधनहरू भाडामा ल्याइएको पुष्टि भएमा छाडिदिने स्पष्ट पारे । भारत सरकारले गत वैशाख ३० गते गहुँ निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालका मैदा उद्योग कच्चा सामग्रीको तीव्र अभावमा छन् । अभाव पूर्ति गर्न यहाँका मैदा उद्योगहरूले क्या रिङ मार्फत तस्करी गरेर मैदा ल्याउने गरेका छन् ।
यता सशस्त्र प्रहरी बल सुनसरीका एसपी विक्रम हुमागाईँले चुनावको मौका छोपी प्रहरीको उपस्थिति कम भएको क्षेत्रबाट तस्करी भएको हुनसक्ने बताए । तस्करी हुन नदिन सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको उनले बताए । ‘खुल्ला सीमाको फाइदा उठाएर चुनावको मौकामा प्रहरीको उपस्थिति कम भएको क्षेत्रबाट अवैध सामान निर्यात भएको हनु सक्छ,’ उनले भने, ‘त्यसलाई हामी कडाइ गर्नेछौँ ।’ सबैको प्रयासले मात्र चोरी तस्करी नियन्त्रण हुने उनले बताए ।

सम्बन्धित समाचार

प्रदेश सरकारलाई ‘पोर्टेवल’ भेन्टिलेटर हस्तान्तरण

विराटनगर, २ भदौ-प्रदेश १ सरकारलाई चौधरी फाउण्डेसनले पोर्टेवल भेन्टिलेटर हस्तान्तरण गरेको छ । आज विहान आयोजित कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई चौधरी ग्रुपका बरिष्ठ प्रवन्धक रामजी कटुवालले एउटा पोर्टेवल भेन्टिलेटर हस्तान्तरण गर्नुभएको हो। भेन्टिलेटर...

विराटनगरका क्लिनिकको ठगीधन्दा : चर्चित चिकित्सकको नाम बेच्दै बिरामी ठग्दैं

विराटनगर । खोटाङको दिक्तेल नगरपालिका–२ घर भएकी ३६ वर्षीया धनकुमारी श्रेष्ठको टाउकोमा समस्या भएपछि उपचारको लागि विराटनगर आइन् । मंगलबार दिउँसो विराटनगर आएकी उनले यसअघि पनि विराटनगरस्थित न्यूरो हस्पिटलको वरिष्ठ न्यूरो सर्जन डा यामबहादुर रोकासँग...

सबै सुरक्षा अंग ‘हाई अलर्ट’मा

कोरोना (कोभिड–१९) संक्रमित बिरामी भेटिएपछि पुरै देश ‘लकडाउन’ भएलगत्तै सबै सुरक्षा अंग हाई अलर्टमा बसेका छन् ।सरकारले कोरोना संक्रमित बिरामी फेला परेलगत्तै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई हाई अलर्टमा रहन निर्देशन दिइसकेको छ...

अख्तियारका पूर्वप्रमुख बस्न्यातलाई थुनामा राख्न आदेश

अख्तियारका पूर्वप्रमुख दीपकुमार बस्न्यातलाई विशेष अदालतले आइतबार थुनामा राख्ने आदेश दिएको छ । बालुवाटारस्थित ललिता निवास क्षेत्रकाे सरकारी जग्गा हिनामिना प्रकरणमा अभियुक्त बनाइएका उनलाई उनकाे बयान र त्यसपछिको थुनछेक आदेशपछि अदालतले थुनामा पठाउने आदेश दिएको...

विराटनगरमा ९६ जना सहित प्रदेश १ मा मंगलबार १३९ नयाँ संक्रमित थपिए

विराटनगर, २ भदौ-प्रदेश १ मा मंगलबार १ सय ३९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १ सय ५, झापामा २०, सुनसरीमा ६, संखुवासभामा ३, उदयपुरमा २, पाँचथर र प्रदेश १ बाहिरका २ जनामा कोरोना...

सदस्य सचिव बस्नेतद्वारा खोटाङ जिल्लाको खेलकुद संरचनाको अनुगमन तथा निरीक्षण

विराटनगर। कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) ले खोटाङ जिल्लाको खेलकुद विकास समितिको कार्यालय तथा जिल्लामा रहेको खेलकुद संरचनाहरुको अनुगमन तथा निरीक्षण गरेका छन्। कोशी प्रदेशको विभिन्न जिल्लाहरुको खेलकुद समिति मातहतको...

विराटनगर विमानस्थलमा ‘हेल्थ डेक्स’ स्थापना

विराटनगर, फागुन २८–कोरोना भाइरसको परामर्श तथा प्राथमिक परिक्षणका लागि विराटनगर विमानस्थलमा हेल्थ डेक्स स्थापना गरिएको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालय र विराटनगर महानगरपालिकाले संयुक्त रुपमा सञ्चालन गर्ने गरि हेल्थ डेस्कको स्थापना गरिएको...

एनबीएससीसँग नेपाल पुलिस स्तब्ध, फाइनलमा आर्मी र एनबीएससी भिड्दै

विराटनगर । प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगितामा घरेलु टिम एनबीएससी फाइनलमा पुगेको छ । विभागीय टिम नेपाल पुलिसलाई ४ रनले स्तब्ध पार्दै एनबीएससी फाइनलमा पुगेको हो । एनबीएससीले लगातार तेस्रो जित निकाल्दै...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्