प्रदेश १ का वनमन्त्री थापाको निधन

 न्यूज विराट
प्रदेश १ का वनमन्त्री थापाको निधन

विराटनगर । प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षण मन्त्री तथा मोरङ क्षेत्र नं. ३ (१) का उम्मेदवार ५६ वर्षीय शेखरचन्द्र थापाको निधन भएको छ ।
केही दिनअघि डेंगीबाट संक्रमित भएका मन्त्री थापाको बुधबार बिहान निधन भएको हो । विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा बिहान साढे १० बजे निधन भएको अस्पतालका निर्देशक नारायण दाहालले जानकारी दिए ।
थापा उम्मेदवारी दर्ताको भोलिपल्ट असोज २४ गते काठमाडौंको ह्याम्स अस्पताल भर्ना भएका थिए । अस्पताल भर्ना भएपछि उनले चुनाव प्रचारप्रसारका क्रममा घरदैलो कार्यक्रममा सहभागी हुन नसकेको भन्दै क्षमा माग्दै सामाजिक सञ्जालमा लेखेका थिए । उनलाई मंगलबार ह्याम्सबाट विराटनगरस्थित नोबेल अस्पताल सारिएको थियो । मंगलबार परीक्षणका क्रममा थापालाई निमोनियासमेत देखिएको थियो ।

पथरी शनिश्चरे– ८ स्थायी घर भएका थापा लामो समय यसअघि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका स्वकीय सचिवको भूमिकामा थिए । उनका श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।

सम्बन्धित समाचार

प्रचण्डसँगको भेटमा विष्णु पौडेलले भने : परिस्थिति धेरै गम्भीर छ

काठमाडौं, ५ मंसिर-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र महासचिव विष्णु पौडेलबीच छलफल भएको छ । केन्द्रीय पार्टी कार्यालय धुम्बाराहीमा भएको प्रचण्डसँगको छलफलमा महासचिव पौडेलले पार्टीको वर्तमान परिस्थिति धेरै गम्भीर रहेको बताए ।...

निर्वाचनबारे दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग

काठमाडौं, ४ माघ-निर्वाचन आयोगले राजनीतिक दलहरूलाई छलफलका लागि बोलाएको छ । आयोगले निर्वाचन, मतदाता नामावली, मतदान स्थल र केन्द्रका विषयमा राजनीतिक दलहरूसँग छलफल गर्न लागेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । छलफलका लागि आयोगले...

विवाहित महिलाको लागि मिसेस कोशी, पुस २ गते पहिलो अडिसन

विराटनगर । विवाहित महिलाहरूलाई लक्षित गरि आयोजना गरिएको चौंथो संस्करणको मिमेस कोशी प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगिताको पहिलो अडिसन पुस २ गते विराटनगरमा हुने भएको छ । यो प्रतियोगितामा विवाहित महिला, एकल र...

प्याब्सन विराटनगरको अध्यक्षमा अर्जुन श्रेष्ठ

विराटनगर । प्याब्सन विराटनगरको अध्यक्षमा अर्जुन श्रेष्ठ सर्वसम्मत रुपमा चयन भएका छन् । विराटनगरमा बुधबार भएको तेस्रो महानगर अधिवेशनबाट श्रेष्ठ सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन् । अध्यक्षमा चयन भएका श्रेष्ठ विराटनगरस्थित पूर्वाञ्चल विद्या सदन...

कोशी प्रदेश खेलकुद विकास बोर्डको कार्यालय भवन स्थानान्तरण

विराटनगर । कोशी प्रदेश खेलकुद बिकास बोर्डको कार्यालय भवन स्थानान्तरण गरिएको छ । आज खेलकुद बिकास बोर्डको नयाँ कार्यालय भवनको विधिवत उद्घाटन गरी कार्यालय भवन स्थानान्तरण गरिएको हो । कोशी प्रदेशका सामाजिक विकास मन्त्री तथा...

सुरु भयाे कक्षा १२ काे परीक्षा

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षा देशभर एकै साथ सुरु गरेको छ । आज बिहान ८ बजेदेखि ७७ जिल्लाका एक हजार २९२ परीक्षा केन्द्रमा एकै साथ सो तहको परीक्षा शान्तिपूर्ण रूपमा सुरु...

ससुराको हत्या आरोपमा ज्वाईँ पक्राउ

विराटनगर । ससुराको हत्या आरोपमा ज्वाइँ पक्राउ परेका छन् । मोरङको पथरीशनिश्चरे नगरपालिका–७ स्थित मायालु चोकका ६० वर्षीय चन्द्रबहादुर तामाङको हत्या आरोपमा २७ वर्षीय रविन राई पक्राउ गरेका हुन् ।प्रहरीले उनलाई धनकुटाको मूलघाटबाट आइतबार बिहान...

समाचार डिलिट प्रकरणः सिरान टेक्नोलोजिजले माफी माग्यो

अनलाइन न्यूज पोर्टलमा प्रकाशित भएको समाचार हटेको प्रकरणमा ‘काठमाडौं प्रेस डटकम’को साइट निर्माण कम्पनी सिरान टेक्नोलोजिज प्रा.लि.ले माफी मागेको छ । ‘११ वर्षअघि सिरान टेक्नोलोजिज प्रालि स्थापना भएपछि हामीले १०० भन्दा बढी न्यूजपोर्टलहरूको सीएमएस निर्माणदेखि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्