बैंकको चर्को ब्याजविरुद्ध विराटनगरको सडकमा व्यवसायी (फोटो फिचर)

 न्यूज विराट
बैंकको चर्को ब्याजविरुद्ध विराटनगरको सडकमा व्यवसायी (फोटो फिचर)

विराटनगर । बैंकको चर्को ब्याजका विरुद्ध विराटनगरका उद्योगी व्यवसायीहरू सडकमा उत्रिएका छन् । व्यवसायीले बुधवार विराटनगरमा बृहत् मौन–जुलुसमा कालो टिसर्ट लगाएर विरोध स्वरुम सडकमा उत्रिएका हुन् ।

मोरङ व्यापार सङ्घ, उद्योग सङ्गठन मोरङ र नेपाल उद्योग परिसंघ प्रदेश १ को संयुक्त आयोजनामा मौन जुलुस भएको थियो । मोरङ व्यापार सङ्घको परिसरबाट सुरु भएको मौन जुलुस नगरको विभिन्न भाग परिक्रमा गरेर विराटनगरस्थित राष्ट्र बैंक प्रदेश १ कार्यालयको गेटमा कोणसभामा गरिएको थियो ।

कोणसभामा व्यवसायीहरूले आर्थिक तथा वित्तीय अवस्था बिगार्न भूमिका खेलेको भन्दै राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गरे ।


व्यापार सङ्घका पूर्व अध्यक्षद्वय पवनकुमार शारडा र प्रकाश मुन्दडासहित परिसंघका प्रदेश १ अध्यक्ष भीम घिमिरेले गभर्नर अधिकारीले मार्ग प्रशस्त गरेर योग्य तथा सक्षम व्यक्तिलाई राष्ट्र बैंकको नेतृत्व सुम्पनुपर्ने माग गरे ।
‘कि त बैंकको बढ्दो ब्याजदरलाई रोक्न सक्नुप¥यो’, पूर्व अध्यक्ष शारडाले भने, ‘गभर्नरज्यूले अहिलेको परिस्थिति थेग्न सक्नुहुन्न भने मार्ग प्रशस्त गरेर अर्को योग्य तथा सक्षम नेतृत्वलाई अवसर दिनुप¥यो । अन्यथा यही स्थिति विद्यमान रहेमा केही समयअघि श्रीलङ्काका जनताले उच्च पदस्थ व्यक्तिलाई कोठाबाट निकालेर कारबाही गरेको जस्तै अवस्था आउनेछ ।’
उद्यमी शारडाले राष्ट्र बैंकले सच्चिएर बढ्दो ब्याजको समस्यालाई समाधान नगरे गभर्नरको राजीनामाको एक सूत्रीय माग राखेर देशभरिका व्यवसायी सडकमा ओर्लने चेतावनी दिए ।


उनले नेतृत्वमा रहेको व्यक्तिको भिजनले नै संस्था चलेको हुन्छ भन्ने चर्चा गर्दै भिजन र इच्छाशक्ति नभएको नेतृत्वले पद ओगटेर बस्नु नहुने धारणा प्रकट गरे । अर्का पूर्व अध्यक्ष मुन्दडाले राष्ट्र बैंक नै सबै व्यापारिक बैंकको अभिभावक भएको उल्लेख गर्दै राष्ट्र बैंकको नेतृत्वले परिस्थितिलाई काबुमा राख्न सके मात्र कुर्सीमा बस्न मिल्ने नभए मार्गप्रशस्त गरिदिनु पर्ने आग्रह गरे ।

पूर्व अध्यक्ष मुन्दडाले राष्ट्र बैंकले चाहने हो भने मुद्दती ब्याज तत्काल १० प्रतिशतभन्दा तल आउने चर्चा गर्दै अहिलेको चर्को ब्याजदरबाट उत्पन्न परिस्थितिको स्वामित्व राष्ट्र बैंकले लिनुपर्ने धारणा प्रकट गरे । ‘एउटा संस्थाले मात्र कमाएर अरू चाहिँ सडकमा आउँछन् भने अन्तमा सबै सडकमै आउनुपर्ने अवस्था हुन्छ । त्यसैले सरकार र राष्ट्र बैंक समयमा नै गम्भीर हुनुपर्छ,’ उनले भने ।

परिसंघ प्रदेश १ का अध्यक्ष घिमिरेले नेपालका बैंकले पहिलेका साहु महाजन र अहिलेका मिटरब्याजीले भन्दा ४ गुना बढेर ब्याज असुलिरहेको आरोप लगाए । अध्यक्ष घिमिरेले बैंकको यो शोषणलाई सरकार र राष्ट्र बैंकले संरक्षण दिएको बताए ।
‘हामी राष्ट्र बैंकलाई आजका मितिले १५ दिनको अल्टिमेटम दिन्छौँ । त्यसपछि पनि हाम्रो चर्को ब्याजको समस्या समाधान नभए पूर्वबाट सुरु भएको आन्दोलनले देशव्यापी रूप लिनेछ । विदेशी मुलुकका आन्दोलनकारीले शासक र उच्च पदस्थलाई लखेटेको जस्तो अवस्था आउनेछ,’ उनले भने । अध्यक्ष घिमिरेले परिस्थितिको सामना गर्न नसक्ने हो भने गभर्नर अधिकारीले तत्काल पद छाड्नु उपयुक्त हुने जिकिर गरे ।

मोरङ व्यापार सङ्घका अध्यक्ष नवीन रिजालले देशका नेता र शासकलाई प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, बहुमत, दुई तिहाइ सबै दिए पनि उनीहरूले केही नदिएको धारणा राखे । ‘हामीले सबै आन्दोलनमा साथ दियौँ । हरेक चुनावमा मद्दत गर्‍यौँ। तर देशका शासक र नेताले बैंकको चर्को ब्याजलाई साथ दिएर सीमित संस्था पोस्ने काम मात्र गर्नुभयो,’ उनले भने ।
उद्योग सङ्गठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले व्यवसायी मङ्सिर १५ सम्म पर्खिएर बसिरहेको जानकारी दिँदै मङ्सिर राष्ट्र बैंकले गर्ने रिभ्यूमा पनि समस्या समाधान नगरिए विकराल परिस्थिति उत्पन्न हुने बताए । उनले आगामी मङ्सिर १५ भित्र चुनाव भएर नयाँ सरकार पनि बनिसक्ने चर्चा गर्दै त्यसपछि पनि यही अवस्था रहिरहेमा मुलुकको अवस्था श्रीलङ्काको जस्तो हुने विचार व्यक्त गरे ।

सुयशले भने, ‘देशमा चरम आर्थिक मन्दी छ। यस्ता वेलामा सरकार र राष्ट्र बैंकले बुद्धि पु¥याउन सकेनन् भने देशका जनताले श्रीलङ्काको जनताको स्वरूप धारण गर्न सक्छन् ।’
कोणसभापछि व्यापार सङ्घका अध्यक्ष रिजाल, उद्योग सङ्गठनका अध्यक्ष प्याकुरेल र परिसंघ प्रदेश १ का अध्यक्ष घिमिरेले राष्ट्र बैंक प्रदेश १ का प्रमुख मीना पाण्डेलाई ज्ञापन पत्र दिएका थिए ।

सम्बन्धित समाचार

वर्षाका कारण विराटनगर जलमग्न (फोटो फिचर)

विराटनगर, असार ११-बिहिबार लगातारको अविरल वर्षाका कारण विराटनगर जलमग्न भएको छ । आज बिहानैदेखि लगातार परेको वर्षाले विराटनरका विभिन्न वडाहरु जलमग्न भएका हुन् । पानीको सतह बढेपछि विराटनगरको दक्षिणी र पश्चिमी क्षेत्रका केही बस्तीहरु डुबानमा...

फर्जी बाबु बनाउन खोज्दा पक्राउ

चितवन २४ कात्तिक-भरतपुर महानगरपालिका- ५ का वडा अध्यक्षसहित १० जनालाई जिल्ला प्रशासन कार्यालयले कारबाहीको दायरामा ल्याएको छ । वडाध्यक्ष पदमपाणी सुवेदीसहितलाई फर्जी बुबा बनाएको भन्दै कार्यालयले कारबाहीको दायरामा ल्याएको हो । निमित्त प्रमुख जिल्ला अधिकारी...

राष्ट्रियताको सवालमा सत्ता पक्ष र प्रतिपक्ष हुँदैन : शशांक कोइराला

काठमाडौं, ३१ जेठ-नेपाली कांग्रेसका महामन्त्री तथा सांसद शशांक कोइरालाले राष्ट्रियताका सवालमा नेपाल सधैँ एक हुने बताएका छन् । उनले नेपालको संविधानको दोस्रो संशोधनमा दफावार छलफलको क्रममा यस्तो बताउँदै संशोधनको पक्षमा कांग्रेस उभिने बताएका हुन् ।...

दुर्घटनाग्रस्त हालतमा भेटियो हिजोदेखि हराइरहेको जहाज

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान मुस्ताङको थसाङ गाउँपालिका–२ को मुलखर्क भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । मानापाथी हिमाल नजिकै मुलखर्कमा विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो । दुर्घटनास्थलमा जहाज क्षतविक्षत देखिएकाे छ ।...

झापाको मेचीनगरबाट अबैध समान बरामद

झापा–झापाको मेचीनगर नगरपालिका ६ बाट १ लाख ५२ हजार बराबरको अबैध सामान बरामद भएको छ । ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले अबैध रुपमा भन्सार छली गरी भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको बिभिन्न किसिमका...

अमेरिकी सिनेटद्वारा चीनसँग जवाफ माग्ने प्रस्ताव पारित 

एजेन्सी, जेठ २-अमेरिकी सिनेटले चीन सरकारले विगर अन्य मुस्लिम अल्पसंख्यकमाथि मानवअधिकार उल्लंघनका घटना भइरहेको भन्दै त्यसको जवाफ मागेको छ । सिनेटले सर्वसम्मतिले सो प्रस्ताव पारित गरेको हो । अब यो प्रस्ताव तल्लो सदनमा छलफलका लागि...

मकालु आधार शिविरबाट युक्रेनी नागरिकको उद्धार

संखुवासभा, २९ वैशाख-मकालु आधार शिविरको भ्रमणका क्रममा करिब एक महिनादेखि पलपत्र परेका विदेशी नागरिकको उद्दार गरिएको छ । गत २ चैतमा मकालु आधार शिविरको भ्रमण गर्न आएका युक्रेनी नागरिक २६ वर्षीय आर्टेम सुहोनियाकिनको उद्दार गरिएको...

क्षयरोगीलाई खाद्यान्य बितरण

विराटनगर । क्षयरोग प्रभावित विरामीहरुलाई पोषण खाद्यान्य वितरण गरिएको छ । बिएनएमटी नेपाल नामक संस्थाले मंगलबार १० जना अति विपन्न क्षयरोगीलाई खाद्यान्य वितरण गरिएको हो ।पोषण परियोजना अन्र्तगत अति विपन्न क्षयरोग विरामीलाई खाद्यान्य वितरण गरिएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्