छठ हेर्न गएका किशोरमाथि छुरा प्रहार गरी हत्या

 न्यूज विराट
छठ हेर्न गएका किशोरमाथि छुरा प्रहार गरी हत्या


विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–७ मावा खोलानजिक छुरा प्रहार गरेर एक किशोरको हत्या गरिएको छ ।

झापाको दमक नगरपालिका–१० आमबाडी बस्ने धनबहादुर श्रेष्ठका छोरा १४ वर्षीय दियुस श्रेष्ठको आइतबार राती छुरा प्रहार गरी हत्या गरिएको मोरङ प्रहरीले जनाएको छ । छठ पर्व हेर्न मावा खोलामा आएका बेला राति १०ः२५ बजेतिर दियुसमाथि छुरा प्रहार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको मोरङ प्रहरीका प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए ।

छुरा प्रहारबाट घाइते भएका बालकलाई अस्पताल पुर्याएपछि मात्रै प्रहरीले घटनाको जानकारी पाएको हो । सुरुमा उपचारका लागि उर्लाबारीकै गोदावरी अस्पताल लगिएको थियो । त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पताल लगियो ।

उपचारका क्रममा सोमबार बिहान ४ः५० बजेतिर मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी कोइरालाले जानकारी दिए । उनका अनुसार छुरा प्रहारबाट दियुसको बायाँ कोखादेखि तलको भागमा चोट लागेको थियो ।

छुरा प्रहार गर्नेहरुको पहिचान हुन बाँकी छ । यद्यपि उर्लाबारीकै हाटखोला बस्ने च्यान्टे भनिने युवाको समूहले छुरा प्रहार गरेको जानकारी प्रहरीले प्राप्त गरेको छ । घटनामा संलग्नहरु फरार रहेका कारण खोजी तीव्र पारिएको एसपी कोइरालाले बताए ।

सम्बन्धित समाचार

लाउरेलाई ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं । लागूऔषध किनबेचको आरोपमा पक्राउ परेका र्‍यापर आशिष राना उर्फ ‘लाउरे’ को हिरासत बसाई लम्बिने भएको छ । उनीसहित पक्राउ परेका ४ जनालाई थप ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमति...

बालिका बलात्कार आरोपमा दाइ पक्राउ

डडेल्धुरा, ६ असार-कञ्चनपुरमा ९ वर्षीया बालिका बलात्कार आरोपमा दाइ पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका-१० की ९ वर्षिया बालिकामाथि बलात्कार गरेको आरोपमा बैतडी मेलौली घर भएर कञ्चनपुरमा फुपुको घरमा बस्दै आएका २२ वर्षीय वीरेन्द्र...

‘नेपालको नयाँ नक्सा जारी गरौँ, सीमामा बाँध कसौँ’

काठमाडाैं, २९ वैशाख-दक्षिणी छिमकी भारतबाट पटक-पटक सीमा अतिक्रमण भइरहेको विषयमा गम्भीर कदम चाल्नुपर्नेमा सांसदहरूले जोड दिएका छन् । कतिपय सांसदले त भारतसँग जोडिएका सीमानामा पर्खाल लगाउने काम अघि बढाउनसमेत सरकारलाई सुझाएका छन् । सोमबार प्रतिनिधिसभाको...

शनिबार सुदूरपश्चिममा थप ६४ जनामा कोरोना पुष्टि

काठमाडौं, ३१ जेठ-सुदूरपश्चिममा शनिबार एकै दिन थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीको कोरोना परीक्षण प्रयोगशालामा थप ६४ जनामा कोरोना पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।...

आज १३८२ संक्रमित थपिए, १६२१ जना डिस्चार्ज

गत २४ घण्टामा नेपालमा १ हजार ३ सय ८२ जना कोरोना संक्रमित थपिएका छन् । ८ हजार ९ सय ४७ को पीसीआर गर्दा आज १ हजार ३ सय ८२ संक्रमित थपिएका हुन् । योसहित संक्रमितको कुल...

प्रदेश स्तरीय कबड्डी सुरु , सोलुखुम्बु र उदयपुरले समान अंक बाढ्यो

विराटनगर । मोरङको बुढीगंगास्थित टंकीसिनवारीमा प्रदेश स्तरीय कबड्डी लिग कम नकआउट प्रतियोगिता सुरु भएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा उक्त प्रतियोगिता सुरु भएको हो । कबड्डी प्रतियोगिताको उद्घाटन गर्दै कोशी खेलकुद विकास...

स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिन निजामति कर्मचारी संगठनको माग

विराटनगर, साउन २–नेपाल निजामति कर्मचारी संगठनले कोरोना भाईरस (कोभिड १९) को उपचारमा संलग्न स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएको भन्दै तत्काल व्यवस्था गर्न माग गरेको छ । प्रदेश तथा स्थानीय तहले जोखिम भत्ताको व्यवस्थापन गर्नुपर्ने व्यवस्था भएपनि...

सनाखतका लागि माधव पक्षीय नेताहरू निर्वाचन आयोगमा

काठमाडौं, ९ भदौ । प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का नेताहरू सनाखतका लागि निर्वाचन आयोग पुगेका छन् । पार्टी अध्यक्ष माधव नेपालसहितका नेताहरू आयोग पुगेका हुन् । केन्द्रीय कमिटीको बैठकका लागि नेताहरू सोमबारदेखि चन्द्रागिरीमा थिए । उनीहरू...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्