शनिबार सुदूरपश्चिममा थप ६४ जनामा कोरोना पुष्टि

 न्यूज विराट
शनिबार सुदूरपश्चिममा थप ६४ जनामा कोरोना पुष्टि

काठमाडौं, ३१ जेठ-सुदूरपश्चिममा शनिबार एकै दिन थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीको कोरोना परीक्षण प्रयोगशालामा थप ६४ जनामा कोरोना पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।

शनिबार पुष्टि भएका मध्ये ५५ जना पुरुष र ९ जना महिला छन् । जसमा डडेल्धुराका २४ जना, कञ्चनपुरका २१ जना, कैलालीका ११ जना, बझाङका ५ जना, डोटीका ३ जनामा कोरोना पुष्टि भएको छ ।

बझाङको बिथ्थडचिरका २ जना, केदारस्यू २ जना, खप्तडछानाको १ जना, डडेल्धुराको अमरगढीका १ जना,  नवदुर्गाका २३ जना, डोटीको जोरायलका २ जना, सायलका १ जना, कैलालीको चुरेका ५ जना, धनगढीका २ जना, गोदावरीका २ जना, लम्की चुहाका १ जना, टीकापुरका १ जना, कञ्चनपुरको पुनरवासका २ जना, लालझाडीका १४ जना, महाकालीका ३ जना, बेदकोटका १ जना, कञ्चनपुरकै थप १ जनामा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।

योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या २ सय ५५ पुगेको छ । अहिलेसम्म सबैभन्दा बढी कैलालीका ७८ जना, कञ्चनपुरमा ५५, डडेल्धुरामा ३९, अछामका १६, दार्चुलामा १२, डोटीका १३, बझाङमा १४, बैतडीमा ६ र बाजुराका १८ जनामा कोरोना पुष्टि भएको छ । पुष्टि भएका २ जनाको मृत्यु भइसकेको छ भने २१ जना निको भएर घर फर्किसकेका छन् ।

सम्बन्धित समाचार

नवजात शिशु बेपत्ता प्रकरण : डाक्टर कर्णसहित तीन जना जेल चलान

विराटनगर । नवजात शिशु बेपत्ता पारेको कसुरमा पक्राउ डाक्टर तपेश्वरलाल कर्णसहित तीन जना पुर्पक्षको लागि कारागार चलान भएका छन् । मोरङ अदालतका न्यायाधीश अम्बिका प्रसाद दाहालको इजालशले बुधबार डाक्टर ६८ वर्षीय कर्णसहित कटहरी गाउँपालिका –...

सेती प्रादेशिक अस्पताल कोरोनामुक्त

कैलाली, २६ वैशाख-कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पताल कोरोनामुक्त भएको छ । आज निको हुन बाँकी रहेका १ महिला डिस्चार्ज भएसँगै सेती अस्पताल कोरोनामुक्त भएको हो । शुक्रबार अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका ३४ वर्षीया महिला...

विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन आजदेखि पाँचाैँ चरणको चार्टर्ड फ्लाइट

काठमाडाैं, १ भदौ-कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन आजदेखि पाँचाैँ चरणको चार्टर्ड फ्लाइट हुँदैछ । नेपालका २ नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित विभिन्न विदेशी एयरलाइन्सले नेपालीलाई स्वदेश फर्काउन १...

प्रेस सेन्टर मोरङको नवनिर्वाचित कार्यसमितिको पदस्थापन

विराटनगर । प्रेस सेन्टर नेपाल मोरङको पाँचौ जिल्ला अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिको पदस्थापन तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ ।विराटनगर – १४ गोदावारी पार्कमा शुक्रबार भव्य कार्यक्रमको आयोजना गरी पदस्थापन तथा वनभोज कार्यक्रम सम्पन्न भएको हो...

पत्रकार पाठक झिलकुमारी लुईटेल स्मृती पत्रकारिता पुरस्कारबाट सम्मानित

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले समाजलाई सही बाटो देखाउन बाललिकालाई गुणस्तर शिक्षा दिनु आवश्यक रहेको बताउनु भएकोछ।नारदमुनि– पवित्रा लुईटेल स्मृति कोष मोरङ ग्रामथान गाउँपालिका–२ द्वारा शुक्रवार झोराहाटमा आयोजित झिलकुमारी लुईटेल स्मृती पत्रकारिता पुरस्कारबाट...

प्रतिनिधिसभामा अर्थमन्त्री नआएको भन्दै विरोध

काठमाडौं, बैशाख ३०-संघीय संसदको प्रतिनिधिसभामा अर्थमन्त्रीको उपस्थिति नभएको भन्दै विरोध जनाइएको छ । आगामी आर्थिक वर्षको पूर्वबजेट छलफलको क्रममा अर्थमन्त्री डा. युवराज खतिवडा उपस्थित नभएपछि सांसदहरूले विरोध जनाएका हुन् । संघीय संसदमा प्रि बजेट छलफलमा...

नेपाल दक्षिण एसियाको उदाउदो सूर्य – अध्यक्ष ओली

काठमाडौं,१३ पुस । नेकपा एमाले अध्यक्ष केपी ओलीले वर्तमान सरकारलाई पन्च गठबन्धनको बिकास बिरोधि कठपुतली भएको बताउनुभयो । सोमवार एमाले गौरादह नगर कमिटि द्वारा वडा नं. ४ स्कुलचौनमा आयोजित भेटघाट कार्यक्रममा सम्बोधन गर्दै ओलीले उक्त...

विराटनगरको अत्रि बचत तथा ऋण सहकारीको १० करोड कारोबार

विराटनगर, २७ कात्तिक । अत्रि बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०७७÷७८ मा १० करोड २५ लाख नौ हजार ३४ रूपैयाँ कारोबार गरेको छ । उक्त कारोबारबाट संस्थाले एक लाख ९६ हजार रूपैयाँ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्