विराटनगरमा अस्ताउँदो सूर्यलाई यसरी दिइयो अर्घ (फोटो फिचर)

 न्यूज विराट
विराटनगरमा अस्ताउँदो सूर्यलाई यसरी दिइयो अर्घ (फोटो फिचर)


विराटनगर । तराईका जिल्लामा हर्षोउल्लासका साथ मनाइने छठ पूजाको मुख्य दिन आइतबार साँझ अस्ताउँदो सूर्यलाई पूजा–आराधना गरी अर्घ दिएको छ । छठघाटमा पुगेका व्रतालुहरूले साँझ अस्ताउँदो सूर्य भगवान्लाई अर्घ दिएका हुन् ।

साँझ विराटनगरको सिंघिया, केसलीया, सुनसरी मोरङ सिचाइ आयोजनाका नहरमा छठ घाटहरूमा अस्ताउँदो सूर्यलाई अर्घ दिने कार्य सम्पन्न भएको छ । व्रतालुहरू छठ घाटमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ चढाएपछि घर फर्किएका छन् । अधिकांश व्रतालुहरू रातभर जागराम बसी भजन कीर्तन गर्ने गर्दछन् ।

छठ पर्व रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने गरिन्छ । पछिल्लो समयमा तराई र मधेसी समुदायले मात्र मनाउँदै आएको यो पर्व पहाडी समुदाय लगायत एकै ठाउँमा बसेर भक्तिपूर्वक मनाउन थालेकाले छठ एकताको पर्वको रुपमा अघि बढ्दै गएको छ ।

छठको पूजा सामग्री जलाशयमा लगेर अस्ताउँदो सूर्य र सोमबार उदाउँदो सूर्यलाई अर्घ दिइन्छ । छठ पर्वमा बाँसको ढक्की, नाङ्लो माटोको कोसिया कुरबार, हाती लगायतको सामग्रीहरु चढाइन्छ । त्यस्तै, प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, बेसार, अदुवा एवं विविध प्रकारको मिठाइ तथा फलफूल सूर्य देवता अर्थात् दिनानाथलाई चढाउने गरिन्छ । अर्घ दिने व्रतालु ३ दिनसम्म पानी पनि नखाई उपवास बस्ने गर्दछन् । अस्ताउँदो सूर्यलाई अर्घ दिएको भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पूजा विधिवत रूपमा सम्पन्न हुन्छ । उदाउँदो सूर्यलाई अर्घ दिएपछि मात्रै व्रतालुले व्रत तोड्ने गरेका छन् ।

छठ पूजा गर्ने व्रतालुले कठोर व्रत गर्ने गरेका छन् । छठको पहिलो दिन नहाई खाइपछि दोस्रो दिन खरना विधिअन्तर्गत रस्याउ रोटी खाएका व्रतालुले अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिनुअघि निराहार व्रत गर्ने गरेका छन् ।

सम्बन्धित समाचार

आन्दोलनमा उत्रिएका १ सय परिवारलाई राहत वितरण

कास्की, १७ वैशाख-राहत सामग्री माग गर्दै पोखरा महानगरपालिका कार्यालय तथा वडा कार्यालय घेराउ र धर्नामा उत्रिएका पोखरा–९ कृष्ण टोलका सुकुम्बासी तथा विपन्न परिवारलाई राहत वितरण गरिएको छ । कोरोना सङ्क्रमण न्यूनीकरणका लागि आह्वान गरिएको जारी...

आइटिएफ तेक्वान्दोको सेमिनार सुरु, २ सय ६५ जना खेलाडीको सहभागि

विराटनगर । नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघले विराटनगरमा २ दिने प्राविधि तथा प्रशिक्षक प्रशिक्षण तालिम आयोजना सुरु गरेको छ । शनिबार एक कार्यक्रमकाबीच युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले २ दिने सेमिनारको उद्घाटन गरेका हुन् ।मन्त्री...

सीमा नाकाबाट ११ महिनामा १८१ जनाको उद्धार, सबैभन्दा बढी मंसिरमा

विराटनगर । मानव बेचविखन क्षेत्रमा काम गर्दै आइरहेको साना हात नामक संस्थाले चालु आर्थिक वर्षको ११ महिनामा १८१ जना महिला तथा बालवालिकाहरुको उद्धार गरेको छ । विभिन्न प्रलोभन देखाएर भारत लैजान लागेको नेपाल भारत मोरङको...

झापामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर, १४ जेठ-बुधबार झापामा थप १७ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । कोसी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा झापाका १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पीसीआर विधिबाट स्वाब परीक्षणका क्रममा...

१४ दिनअघि भारतबाट फर्केका वडा अध्यक्षमा र्‍यापिड टेस्ट पोजेटिभ

जनकपुरधाम, ८ वैशाख-धनुषामा गत चैत २४ गतेदेखि क्वारेन्टाइनमा रहेका १ वडा अध्यक्षको र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) को रिपोर्ट पोजेटिभ आएको छ ।चैत २२ गते भारतबाट फर्केर घरमा बसेका जनकनन्दनी गाउँपालिकाका वडा अध्यक्षलाई २४ गतेदेखि क्वारेन्टाइनमा...

लिग वानमा साविक विजेता पीएसजीको पहिलो जीत

एजेन्सी, १ असोज-फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले पहिलो जीत हात पारेको छ । पीएसजीले पहिलो जितका लागि तेस्रो खेल पर्खिनुपरेको हो । बुधबार राति भएको खेलमा पीएसजीले मेट्जमाथि १–० को कठिन...

प्रदेश १ मा ५ सय वेड थपिँदै

विराटनगर, २५ कात्तिक–प्रदेश १ सरकारले कोरोना संक्रमितको उपचारका लागि ५ वेड थप गर्ने तयारी गरेको छ । प्रदेशभरि अक्सिजन, आईसियु र भेन्टिलेटर सहितका वेड थप गर्ने सरकारले तयारी गरेको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए...

‘जनताको साथमा कांग्रेस’ अभियान १० भदौबाट, तोकियो केन्द्रीय प्रतिनिधि

काठमाडौं, ७ भदौ । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गर्ने भएको छ । कांग्रेसले १० भदौबाट अभियान सुरु गर्न लागेको हो । त्यसका लागि कांग्रेसले ७७...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्