विराटनगर । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचन आचारसंहिता उल्लंघनको घटनामा स्पष्टीकरणले तरंगित भएको बताएका छन् ।
निर्वाचन आयोगले विराटनगरमा शुक्रबार आयोजना गरेको प्रदेशस्तरीय सञ्चारमाध्यम सम्बन्धी अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई आयोगले कारवाहीको दायारमा ल्याउने बताए ।
उनले निर्वाचन आचारसंहिता उल्लंघनको घटनामा स्पष्टीकरणले तरंगित भएको अवस्थामा एक हप्तापछि आयोगको निर्णयले ठूलो भूकम्प नै ल्याउन सक्ने बताए ।
‘स्पष्टीकरण सोध्नु कारबाही होइन, कारबाही प्रक्रियाको सुरूवात मात्रै हो,’ आयुक्त थपलियाले भने, ‘निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही गर्नेमा आयोग दृढ छ, कारबाही गर्नबाट पछि हटदैन ।’
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई सोधिएको स्पष्टीकरणले अहिले तरंग उत्पन्न भएको छ । निर्वाचन आचारसंहिता कसुर एैनको दफा २० ले कुनै पनि प्रलोभन दिन नहुने भनिएकोले आचारसंहिता उल्लंघनभन्दा ठूलो कसुर भएकाले कारबाहीका लागि सिफारिस गरिएको थपलियाले बताए ।