राशिफल

आईजीपी ज्ञवालीका चुनौती :निर्मलाको हत्यारा पक्राउदेखि विवादरहित बढुवासम्म

 न्यूज विराट
आईजीपी ज्ञवालीका चुनौती :निर्मलाको हत्यारा पक्राउदेखि विवादरहित बढुवासम्म

काठमाडौं, माघ २८–सरकारले नेपाल प्रहरीको २७औँ प्रहरी प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी)मा प्रहरी नायव महानिरीक्षक (डीआईजी) ठाकुरप्रसाद ज्ञवालीलाई नियुक्त गरेको छ । प्रहरी सेवामा ३० वर्षे सेवा अवधिसम्बन्धी व्यवस्थाका कारण आईजीपी सर्वेन्द्र खनालले आजबाट अनिवार्य अवकास पाएपछि मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले ज्ञवालीलाई आईजीपी नियुक्त गरेको हो ।

आईजीपीका दाबेदारका अर्का डीआईजीहरू तारणीप्रसाद लम्साल र सूर्य उपाध्यायलाई पछि पार्दै उनी नेपाल प्रहरीको २७औँ प्रहरी प्रमुख आईजीपी बन्न सफल भएका हुन् । ज्ञवाली २८ असोज २०२२ मा प्युठानको तत्कालीन बारीकोट गाउँ पञ्चायतमा जन्मिएका हुन् । उनले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् । ज्ञवालीले २५ असार २०४७ बाट प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका थिए । सधैँ ‘लो प्रोफाइल’मा रहेर काम गर्ने प्रहरी अधिकारीका रूपमा चिनिन्छन् ज्ञवाली ।

ज्ञवाली १८ वैशाख २०५८ मा प्रहरी नायव उपरीक्षक (डीसएपी), ३ मंसिर २०६६ मा प्रहरी उपरीक्षक (एसपी), २८ असार २०७३ मा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी), २८ असोज २०७५ मा प्रहरी नायव महानिरीक्षक (डीआईजी) र २८ माघ २०७६ मा प्रहरी प्रमुख आईजीपी बन्न सफल भएका छन् । ज्ञवाली यसअघि डीआईजी हुँदा प्रदेश १ प्रहरी प्रमुख थिए । त्यस्तै, ज्ञवालीले प्रहरी उपरीक्षक (एसपी) हुँदा दाङ, बारा र झापा प्रहरी प्रमुखको जिम्मेवारी पाएका थिए ।

सम्बन्धित समाचार

विराट गोल्डकप , संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...

विराट गोल्डकप : भुटानलाई हराउँदै साविक बिजेता एपीएफ सेमिफाइनलमा

अंकित पोखरेल विराटनगर । पाहुना टोली भुटानको ड्रक लयुल फुटबल क्लबलाई स्तब्ध बनाउँदै साविक विजेता सशस्त्र प्रहरी बल (एपीएफ) सातौं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानको फ्लड लाईटमा शनिबार राती भएको...

आयत – निर्यातमा सहजिकरणी गरिदिनुपर्नेमा जोड

विराटनगर । ढुवानी व्यवसायीहरुले सामान आयत निर्यात गर्दा राज्यले सहजीकरणको लागी आवश्यक पहल कदमि गरिदिनुपर्ने व्यवसायीहरुले बताएका छन् ।ट्रान्सपोर्ट एसोसिएसन विराटनगर मोरङको १३ औं वार्षिक साधरण सभा तथा ७ औं अधिवेशनको उद्घाटन शत्रमा शनिबार बोल्दै...