अनुसन्धानमा अब्बल प्रहरी निरीक्षक ‘ पप्पु नायक’ पुरस्कृत
सोमबार, ३१ असोज, २०७९,
न्यूज विराट
विराटनगर । जघन्य प्रकृतिका अपराधको अनुसन्धानमा अब्बल कहलिएका जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी निरीक्षक पप्पु नायक पुरस्कृत भएका छन् । ६७ औँ प्रहरी दिवसको अवसर पारेर नायकलाई सोमबार १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले पुरस्कृत गरेको हो ।
विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यावसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्य पथमा तल्लीन रही उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पु¥याएको कारणले उनलाई पुरस्कृत गरिएको छ ।
गत असोज १० गतेदेखि नायक मोरङ प्रहरी आएसँगै उनले अवैध मानिएको मिटरब्याजी धन्दामा लागेको गिरोह देखि अनलाइन ठगी र चोरीको सफल अनुसन्धान गर्दै आएका छन् । यसअघि धनुषाको महेन्द्रनगर र रौतहटमा बसेर उनले जघन्य प्रकृतिका अपराधको सफल अनुसन्धान गरेर प्रहरी सङ्गठनको नियमित सरुवा भएर मोरङ आएका हुन् । रौतहटमा रहँदा उनले हत्या आरोप लागेर जेल चलान भएका काँग्रेस सांसद आफ्ताब आलमको अनुसन्धान पनि उनले गरेका थिए । सफल अनुसन्धानमा आफूलाई स्थापित गरेका नायकले मोरङ रहँदा पनि छुट्टै छाप छोडेर जाने प्रहरी सङ्गठनले अपेक्षा राखेको छ । पप्पु आएसँगै मोरङमा भएको चोरी, अवैध लागु औषध कारोबारी लगायत विभिन्न आपराधिक घटनाका फरार प्रतिवादी पक्राउ तथा कानुनी कार बाईँको दायरामा ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ ।
यी हुन पप्पुले मोरङमा गरेको सफल अनुसन्धान प्रहरी निरीक्षक नायकले मोरङमा थुप्रै जघन्य प्रकृतिका आपराधिक घटनाको सूक्ष्म अनुसन्धान गरी घटनामा संलग्न अभियुक्त पक्राउ गर्न सफल भएका छन् । २०७८ साल १ साउनमा सुन्दरहरैचा–१० त्रिवेणी चोक स्थितमा रहेको शिव पंञ्चायन ज्वेलर्समा हतियार सहित मोटर साइकलमा आएका ७ जनाको लुटेरा समूहले हतियार देखाई लुटपाट गर्ने असफल प्रयासमा संलग्न पक्राउ गर्न सफल भए । यसै गरी मोरङको धनपालथान गाउँपालिका ७ स्थित उखुबारीमा दुई जना र ललितपुरका एक जना व्यवसायीको हत्यापछि खाडल खनेर गाढेको घटनाको सफल अनुसन्धान गरी घटनामा संलग्न अभियुक्तहरू पक्राउ गर्न सफल भए । २०७८ साल माघ १२ गते सप्तरी शम्भुनाथ नगरपालिका वडा नं।–४ बस्ने वर्ष ३२ को शम्भु कुमार चौधरी र सोही स्थानमा मिति २०७८ माघ १३ गते जिल्ला सुनसरी धरान उप–महानगरपालिका वडा नं।–३ स्थायी घर भई हाल भक्तपुर लोकन्थली बस्ने वर्ष ४८ को राजेन्द्र कुमार श्रेष्ठ समेतको हत्या गरी खाल्डो खनी गाडेको अवस्थामा लास फेला परेको, अनुसन्धानको क्रममा घटनामा संलग्न ३ जना अभियुक्तहरूलाई पक्राउ गर्न सफल भएका थिए ।
यसै गरी २०७८ साल मङ्सिर २६ गते रङेली नगरपालिका २ नहर टोल बस्ने चन्द्र उराउको २१ महिना की छोरी निशा उराउ घरबाटै हराई बेपत्ता भएको र मङ्सिर २८ गते खोजतलासको क्रममा घर पछाडि पैनीमा गाडेको अवस्थामा उक्त बच्चीको लास फेला परेको थियो । उक्त घटनाको अनुसन्धान पश्चात् घटनाको सफल अनुसन्धान गर्दै घटनामा संलग्न २ अभियुक्तहरूलाई पक्राउ गरी कानुनी कार बाईँको दायरामा ल्याउन सफल भए । यस्तै २०७९ साल साउन २ गते बुढीगंगा गाउँपालिका १ बस्ने दिपेन यादवको छोरी वर्ष १ की मिसुका यादवलाई अपहरणकारीको हातबाट सकुशल उद्धार गरी घटनामा संलग्न दुई जनालाई पक्राउ गर्न सफल भए । बालिकालाई अपहरण गरी भारतको दरबंगा स्थितमा लुकाई छिपाई राखेको अवस्थामा प्रहरी निरीक्षक नायकसहितको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा भारतीय प्रहरीसँग समन्वय गरी यादवलाई सकुशल उद्धार गरी आफन्तलाई जिम्मा लगाएको साथै अपहरण गर्ने प्रतिवादीहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन सफल भएका थिए ।
को हुन प्रहरी निरीक्षक पप्पु नायक ? सानैबाट निडर स्वभाव रहेका पप्पु प्रहरी सेवामा २०७१ साल ज्येष्ठ ८ गते सहायक प्रहरी निरीक्षक ९असई० मा भर्ना भएका थिए । असईको रूपमा उनले सुरुमा चितवन त्यसपछि सङ्खुवासभामा काम गरे । बि।स। २०७४ ज्येष्ठ ७ गते पप्पु प्रहरी निरीक्षकमा नियुक्त भए । २०७५ साल फाल्गुन २८ गते रौतहटमा सरुवा भएर पुगेका हुन् । रौतहट गए लगत्तै तस्करी नियन्त्रणसँगै अपराधमा संलग्न रहेर फरार व्यक्ति पक्राउ गर्न सफल भएका थिए । त्यसले उनी पप्पुलाई आम नागरिकले साथ दिएका थिए । रौतहटमा शान्ति सुरक्षा कायम गर्न ठुलो भूमिका खेलेर ‘सिंघम’ नामले चर्चा कमाए । तत्कालीन तोपगाछी गाउँपालिका २ ९हालको कमल गाउँपालिका १० मा बि।स। २०४९ साल वैशाख ९ गते जन्मिएका पप्पुले झापामा नै स्कुल लेबल अध्ययन गरेका थिए भने ं२ विराटनगरको स्टार कलेजमा पढेका थिए । विराटनगरमा १२ कक्षा सकाएर उनले दमक मोडल कलेजबाट स्नातक अध्ययन गरेका थिए । हाल उनी डिग्री अध्ययन गरिरहेका छन् । उनी आलम केशको अनुसन्धान अधिकृतमा वि।स २०७६ जेठ ८ गते नियुक्त भएका थिए ।
कोरोना भाइरस (कोभिड-१९) को शंकास्पद बिरामीको नमुना परीक्षण विराटनगरबाट पनि गरिने भएको छ । कोसी अस्पताल विराटनगरबाट शंकास्पद व्यक्तिको नमुना परीक्षण गरिने भएको हो । विराटनगरबाट कोरोना परीक्षणका लागि आवश्यक तयारी गरिएको प्रदेश-१ का सामाजिक...
पर्सा, पुस ८ । पर्साको जगरनाथपुर गाउँपालिका अध्यक्ष जालिम मियाँसहित सत्तारुढ कांग्रेस, माओवादी र मधेसवादी दलका ५ हजार भन्दा बढी नेता–कार्यकर्ता एमाले पवेश गरेका छन । जगरनाथपुरमा आज आयोजित बिशाल सभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले...
काठमाडौं, २१ असोज-गत २४ घण्टामा नेपालमा ३ हजार ४ सय ३९ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । यो संख्या अहिलेसम्मकै दैनिक उच्च हो । आज १४ हजार २ सय ९ जनाको पीसीआर गर्दा...
विराटनगर, १५ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३९७ जनामा कोरोना संक्रमण भएको छ । ३९४ जनाको पीसीआर परीक्षण गर्दा १४५ र ७८९ जनाको एन्टिजेन परीक्षण गर्दा २५२ जनामा संक्रमण देखिएको सामाजिक विकास...
काठमाडौं, २५ कात्तिक-सामान बोकेका कन्टेनर १० महिनादेखि चिनियाँ नाकामा रोकिए पनि खुलाउन सरकारले पहल नगरेको भन्दै व्यवसायीले नाकामै धर्ना बस्ने चेतावनी दिएका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघले विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो ।...
एजेन्सी, २६ कात्तिक-अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडनले डोनाल्ड ट्रम्पले राष्ट्रपतीय निर्वाचनमा भोगेको हार स्वीकार गर्न नमान्नु राष्ट्रपतिको बिरासत विपरीत भएको बताएका छन् । राष्ट्रपति निर्वाचित भएपछिको एउटा सम्बोधन पछि उनलाई ट्रम्पले हार स्वीकार नगरेर कस्तो...
विराटनगर । पूर्वराजा ज्ञानेन्द्र शाह पक्षले शनिबार झापामा अघोषित रुपमा शक्ति प्रदर्शन गर्ने भएको छ । पूर्व राजा ज्ञानेन्द्र शाह शनिबार झापाको विर्तामोडमा एउटा कलेजको उद्घाटन कार्यक्रममा सहभागि हुँदैछन् । उनी झापा आएको समयमा राजावादीले...
विराटनगर । उपभोक्ताले खाजाको रूपमा खाने चनामा व्यापारीले बदमासी गरेको भेटिएको छ । झापाको मेचीनगरपालिका – ११ धाई जनस्थित सूर्य प्लस एन्ड प्रोसेसिङ्ग प्रालिले उत्पादन गरेको ‘जुनेली’ नामको चनाको बोरामा ढुङ्गा र माटो भेटिएको छ...