कोरोनाका शंकास्पद व्यक्तिको नमुना परीक्षण अब विराटनगरबाट पनि

 न्यूज विराट
कोरोनाका शंकास्पद व्यक्तिको नमुना परीक्षण अब विराटनगरबाट पनि

कोरोना भाइरस (कोभिड-१९) को शंकास्पद बिरामीको नमुना परीक्षण विराटनगरबाट पनि गरिने भएको छ । कोसी अस्पताल विराटनगरबाट शंकास्पद व्यक्तिको नमुना परीक्षण गरिने भएको हो ।

विराटनगरबाट कोरोना परीक्षणका लागि आवश्यक तयारी गरिएको प्रदेश-१ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले बताए । परीक्षणका लागि आवश्यक उपकरणहरू र केमिकलहरू आज हेलिकोप्टरबाट विराटनगर आइपुगेको मन्त्री घिमिरेले बताए । उनले भने, ‘सम्भवत भोलिदेखि परीक्षणको तयारी गरिएको छ ।’ कोसी अस्पतालबाट नमुना परीक्षण सुरु भएपछि दैनिक करिब ९६ जनाको नमुना संकलन गर्न सकिने मन्त्री घिमिरेले बताए ।

सुनसरीको धरानबाट दैनिक करिब २० जनासम्म नमुना संकलन भइरहेको उनले बताए । नमुना संकलन गर्नुपर्ने संख्या बढेसँगै विराटनगरबाट पनि परीक्षण सुरु गर्न लागिएको सामाजिक विकासमन्त्री घिमिरेले बताए । उनले भने, ‘प्रदेश-१ का १४ जिल्लाबाट नमुना संकलन गरी धरान र विराटनगरमा परीक्षण गरिनेछ ।’ विराटनगरबाट गरिने कोरोना परीक्षणका लागि पहिलो चरणमा ६ सय जनाको नमुना संकलन गर्न पुग्ने केमिकल ल्याइएको वीर अस्पतालका जेनेटिक साइन्टिस्ट तथा कोरोना परीक्षण विज्ञ समूहका बलराम गौतमले बताए ।

यसैबीच, भोलिदेखि प्रदेश-१ का क्वारेन्टाइनबाट र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) गरिने भएको छ । भोलि झापाको मेचीनगर र भद्रपुरमा नेपाली सेनाको क्वारेन्टाइनमा रहेकाहरूको आरडीटी सुरु हुने प्रदेश १ जनस्वास्थ्य प्रयोगशालाका निर्देशक जयवेन्द्र यादवले जानकारी दिए । उनले आरडीटीका लागि प्राविधिकहरूलाई तालिम दिइसकिएको बताए । उनका अनुसार पहिलो चरणमा ५ हजारको काेराेना टेस्ट गरिनेछ ।

सम्बन्धित समाचार

‘भारतीय च्यानलमाथिको बन्देज तत्काल खोल्न सकिँदैन’

काठमाडौं, २८ असार-भारतीय न्यूज च्यानलहरूमाथि लागेको बन्देज तत्काल खोल्न नसकिने सरकारले स्पष्ट पारेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको विषयमा आपत्तिजनक सामग्री प्रसारण गरिरहेका भारतीय न्यूज च्यानलमाथिको बन्देज परिस्थिति अनुकूल नहुँदासम्म कायम रहने...

६८औं राष्ट्रिय सहकारी दिवस दीप प्रज्वलन कार्यक्रमको आयोजना भव्य रुपमा सम्पन्न

विराटनगर, चैत १९ – "मर्यादित सहकारीः समुन्नत समाज" नाराका साथ ६८औं राष्ट्रिय सहकारी दिवस दीप प्रज्वलन कार्यक्रमको आयोजना भव्य रुपमा सम्पन्न भएको छ। दिवसको पूर्वसन्ध्यामा चैत १९ गते साँझ विराटनगर महानगरपालिका, महेन्द्रचोकमा दीप प्रज्वलन कार्यक्रमको...

भव्य भयो समाजसेवी दीनबन्धु गोयलको नागरिक अभिनन्दन

विराटनगर । समाजसेवी दीनबन्धु गोयललाई नागरिक अभिनन्दन गरिएको छ । विराटनगरमा शुक्रवार एक भव्य कार्यक्रम आयोजना गरी नागरिक अभिनन्दन गरिएको हो । गोयललाई पूर्व राष्ट्रपति डा।रामवरण यादवले कदर पत्र प्रदान गरी नागरिक अभिनन्दन गरिएको छ...

पार्किङ व्यवस्थापनको निर्णयबाट महानगर पछि हट्दैन: कोइराला

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले पार्किङ व्यवस्थापनको निर्णयबाट महानगर पछि नहट्ने बताएका छन् । व्यापारीहरूको ध्यानाकर्षणपत्र बुझ्दै मेयर कोइरालाले विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानबाट महानगर एक इञ्च पनि पछि नहट्ने...

नेपाल उत्पीडित जातीय मुक्ति समाजको संगठन सुदृढीकरण अधियान तीब्र, रंगेलीमा ५१ सदस्यीय नगर कमिटी गठन

विराटनगर ६ असोज । नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज मोरङले संगठन सुदृढीकरण अभियानलाई तीब्र पारेको छ । मुक्ति समाजले मोरङका १७ वटै स्थानीय तहका सबै वडामा संगठन सुदृढीकरण अभियान तीब्र...

प्रदेश १ प्रदेशसभाको बैठकः नीति तथा कार्यक्रममाथि छलफल सुरु

विराटनगर, २८ जेठ । प्रदेश १ को आठौ तथा बजेट अधिवेशनको पाचौँ बैठक सुरु भएको छ । शुक्रबारको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको हो । बिहिबार सरकारका तर्फबाट प्रदेश प्रमुख...

खोप परीक्षणका लागि स्वयंसेवकलाई सक्रिय कोरोना भाइरस 

एजेन्सी, ९ असोज-कोभिड–१९ विरुद्ध खोप परीक्षण गर्न स्वस्थ स्वयंसेवकहरूलाई सक्रिय कोरोना भाइरस दिने तयारी गरिएको छ । बेलायत स्वस्थ व्यक्तिलाई संक्रमित बनाउने पहिलो मुलुक बन्न सक्ने बताइएको हो । ‘च्यालेन्ज ट्रायल’ भनिने सो परीक्षण लन्डनमा...

भारतबाट छाड्नेवित्तिकै उहाँलाई म घर पुर्‍याइदिन्छुः प्रजिअ पौडेल

काठमाडौं, ६ वैशाख-भारत धार्चुलाको बालुवाकोटमा क्वारेन्टाइन बसेको अवस्थामा दार्चुला घरमा आमा बितेपछि वासुदेव भट्ट क्वारेन्टाइनमा नै किरिया बसेका छन् । क्वारेन्टाइनमा नै किरिया बसेको तस्विर सामाजिक सञ्जालमा फैलिएपछि दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले भारतीय...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्